Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: संयुक्त राष्ट्रसंघको महासभामा इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीचको युद्ध रोक्ने प्रस्ताव पारित भएको छ। नेपालसहित १२० राष्ट्र प्रस्तावको पक्षमा उभिए भने इजरायल, अमेरिका, अष्ट्रिया, हंगेरीलगायत १४ देशले विपक्षमा मतदान गरे। यस्तै, भारतसहित ४५ देश मतदानमा सहभागी नभइ तटस्थ बसेका छन्। इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएसँगै शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान समेत गरिएको छ। राष्ट्रसंघीय महासभाको विशेष सत्रमा जोर्डनले युद्धविरामसम्बन्धी प्रस्ताव ल्याएको थियो।  न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने बताएका थिए। 

Read More

धनगढी : युरोपियन लिगहरू खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व रक्षक फलू डियाग्नेलाई दोस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) का लागि धनगढी एफसीले विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ। ‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले एक विज्ञप्ति जारी गर्दै दोस्रो विदेशी खेलाडीका रूपमा सेनेगल डियाग्नेलाई अनुबन्धित गरेकाे जनाएको हो। यसअघि धनगढी एफसीले नेपाली फुटबलमा सफल देखिएका विदेशी खेलाडी ओलाआले अफिजलाई अनुबन्ध गरिसकेको छ। यूरोपको विभिन्न चर्चित क्लबहरूबाट खेलिसकेका ३४ वर्षीय डियाग्नेले गत वर्ष चेन्नाईन एफसीबाट भारतको पहिलो श्रेणीको लिग इन्डियन सुपर लिगसमेत खेलेका थिए। सन् २०१६ मा केप भर्डविरुद्धको खेलमा सेनेगल राष्ट्रिय टिमका लागि डेब्यु गरेका डियाग्नेले ४…

Read More

धनगढी : मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी तीन छोराछोरी र आमाको हत्याको अनुसन्धानका लागि विशेष अनुसन्धान टोली घटनास्थलमा पुगेको छ।  मुगु प्रहरीले शुक्रबारदेखि सिल गरेर राखेको घटनास्थलमा प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र कोहलपुरबाट मुगुका लागि हिडेको कुकुरसहितको टोली घटनास्थलमा पु्गिसकेको हो। अहिले अनुसन्धान भइरहेको मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।  २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो। उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको बताइएको छ। घटनास्थल रक्ताम्य रहेको हुनाले हत्या नै भएको दाबी प्रहरीको छ…

Read More

काठमाडौं : जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई निलम्बनमा परेका छ्न्। रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो। उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए। भट्टराईको ठाउँमा हुम्ला प्रहरी प्रमुखको रुपमा रवीन्द्र खनाललाई पठाइएको छ। डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका अधिकृत हुन्। २०७७ वैशाखमा इप्रका बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो।

Read More

काठमाडौं : दक्षिण कोरियास्थित नेपाली दूतावासले सांस्कृतिक कार्यक्रमका लागि त्यहाँ रहेका नेपाली समुदायसँग आर्थिक सहयोग मागेको छ। आज दक्षिण कोरियाको राजधानी सिओलमा हुने ‘नेपाल–कोरिया कल्चरल इभेन्ट’ का लागि निम्तासहित दूतावासले त्यहाँ रहेका ९ वटा नेपाली समुदायका संगठनसँग सहयोग रकम मागेको हो । दूतावासका मिनिष्टर काउन्सेलर पुष्पराज भट्टराईका अनुसार, कार्यक्रम सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। दूतावासले आर्थिक सहयोग मागेको विषयमा कतिपयले आलोचनासमेत गरेका छन्। दूतावासको आधिकारिक लेटर हेडमा गरिएको निम्तामै सहयोग मागेकोप्रति धेरैले रोष प्रकट गरेका छन्।

Read More

काठमाडौं: टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो। टोलीमा पूर्व कप्तान सन्दीप लामिछाने फर्किएका छन्। यस्तै क्यानले विनोद भण्डारीलाई पनि समावेश गरेको छ। एसिया क्षेत्र छनोट ३० अक्टोबरदेखि काठमाडौंमा सुरु हुँदैछ। टोलीमा कप्तान रोहित पौडेल, ओपनर तथा विकेट किपर आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतीश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन्।

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा जुवाखालबाट १२ जना पक्राउ परेका छन्। हिजो शुक्रबार राति धनगढी–१३ राजपुरस्थित एक टहराबाट उनीहरुलाई एक लाख एक हजार २६५ नगद र ३ गड्डी ताससहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धनगढी–१३ बस्ने वर्ष ३१ का कमल बडायक, वर्ष ३३ का सुवा राना, वर्ष ३३ का राधेश्याम राना, वर्ष २६ का भरत राना, वर्ष ४९ का भरत राना, वर्ष ४३ का राम नन्द राना, वर्ष ३२ का रुपेन्द्र ओझा, वर्ष २९ का शिब कुमार राना।, वर्ष २३ का सुरेश राना, वर्ष ४२ का पिरागी राना, वर्ष ४० का नबोध झा र वर्ष २८ का योगेन्द्र महरा रहेका छन्।…

Read More

धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा करार समूहतर्फ कार्यरत डा. अमृत जैशीको अवैध डेन्टल रहेको पाइएको छ। धनगढीमै जैशीले अवैध रुपमा डेन्टल खोलेर सञ्चालन गरेको पाइएको हो। धनगढीको राष्ट्र बैंक चोक नजिकै संजिवनी अस्पतालसँगै जैशीको डेन्टल केयर छ। उनले केही समय अवैध रुपमा सो डेन्टल चलाएर अहिले बन्द अवस्थामा राखेका छन्। डेन्टल सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ। तर, जैशीले अनुमति बिना डेन्टल चलाएको खुलेको हो। जैसीले आफूहरु दर्ता र अनुमति लिने प्रक्रियामै रहेको र स्वास्थ्य कार्यालयले अनुमती दिन ढिलाइ गरेको बताए। उनका अनुसार अनुमतिका लागि १ वर्ष कुर्दा पनि फाइल कार्यालयमा थन्किएको छ। उता स्वास्थ्य कार्यालय कैलालीले भने…

Read More

कञ्चनपुरः वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालगौँडीका धन्नुबहादुर रानाले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन्। छ वर्षदेखि उखु खेती गर्दै आएका रानाले वार्षिक रुपमा रु छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। टे«न्च प्रविधिमा रानाले उखु खेती गर्दै आएका छन्।चार बिघा जग्गामा रानाले उखु खेती गरेका छन्। ‘पाँच बिघा जग्गामध्ये एक बिघा जग्गा मेरो स्वामित्वको हो, उनले ‘एक बिघा जग्गामा धान र गहुँ लगायतका बाली लगाउँछु, चार बिघा जग्गा लिजमा लिएर उखु खेती गरेको छु।’ चार बिघा जग्गामा एक हजारदेखि एक हजार सात सय क्विन्टलभन्दा बढी उखु उत्पादन हुने गरेको छ।‘उत्पादित उखु चिनी मिलले…

Read More