Author: महेन्द्रनगर पोष्ट

धनगढीः इजरायलस्थित नेपाली राजदूतावासले नेपाल फर्किन बाँकी रहेका नेपाली नागरिकहरुलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले इजरायलमा बाँकी रहेका नेपालीलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिएको हो। दूतवासले अनलाइन रजिष्ट्रेशन विवरण प्राप्त हुने क्रम जारी रहेको बताउँदै नेपाल फर्काइ सकिएका बाहेक फर्कन चाहने २०० जनाभन्दा बढीको विवरण प्राप्त भएको जनाएको छ। त्यस्तै निधन भएका १० नेपाली विद्यार्थीहरुको शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृयाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भैरहेको समेत दूतावासले जनाएको छ । हमास समूहको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका ४ जनामध्ये २ दिनअघि डिस्चार्ज भएका १…

Read More

धनगढीः लगानीहरुको समूहले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दर्ता गराएका छन्। शुक्रबार लगानीकर्ताको एक समूहले नियमित विपरीत बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीआ निष्कासनको अनुमति दिएको भन्दै कारबाहि माग गरका हुन्। उनीहरुले बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल विरुद्ध बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्न दिएर भ्रष्टाचार गरेको भन्दै छानविन र कारबाही गर्न माग गर्दै लिखित उजुरी दिएका हुन्। सर्वसाधारण लगानीकर्ताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भाटभटेनी, काठमाडौलाई ज्ञापन पत्र बुझाउँदै सो घटनाको छानविन गरी संलग्न दोषी उपर कारबाही गर्न माग…

Read More

धनगढी : नेकपा एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा शोकसभा गरेको छ। शोकसभामा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दिवंगत विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गतको ‘लर्न एन्ड अर्न प्रोग्राम’ अनुसार त्यहाँ अध्ययन गर्न गएका विद्यार्थीको निधनले पार्टी दुःखी भएको र अब यसरी विदेश जाने परिस्थितिको अन्त्य गर्न लागि पर्ने उनले प्रतिबद्धता जनाए।

Read More

धनगढीः सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङमा सेवा दिन्छु भनेर बझाङ पुगेका डा. नवराज जोशीको स्वास्थ्य मन्त्रालयले काज फिर्ता गरेको छ। मन्त्रालयको सचिवस्तरको निर्णय अनुसार २४ गते मन्त्रालयमै काज फिर्ता गरिएको हो। डा जोशी जिल्ला अस्पताल बझाङमा कार्यरत थिए। उनी स्त्रीरोग विशेषज्ञ चिकित्सक हुन्। १५ महिना अघि डा जोशीलाई बझाङ पठाइएको थियो। उनलाई मन्त्रालय तानेपछि बझाङ अस्पतालको प्रसूति सेवा प्रभावित बनेको छ। एक मात्र विशेषज्ञ चिकित्सक रहेको सो अस्पतालका डाक्टर जोशीलाई तान्दा प्रसूति शल्यक्रिया सेवाहरू बन्द भएका छन्। यस्तै सुत्केरीका जटिल अपरेसनहरू पनि बन्द भएका छन्। मेडिकल आपूर्तिकर्ताहरूलाई गुणस्तरीय उपकरण तथा सामाग्री माग गर्दा भुक्तानीमा कडाइ गर्दा काज फिर्ता पावर लगाएर गराइएको…

Read More

काठमाडौं सशस्त्र प्रहरी बल नेपालले युनिट सरुवाको सुरुवात गरेको छ। पहिलो पटक सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेको ‘क’ गुल्म र नं. ७ गण सिरहाको ‘क’ गुल्मको गुल्म फर्मेशनमा परस्परमा सरुवा गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई वाहिनी मुख्यालय मकवानपुरअन्तर्गत काभ्रे जिल्लामा तैनाथ रहेको नं. १५ गणको ‘क’ गुल्म आश्रीत गुल्मको रूपमा सिन्धुली जिल्लामा तैनाथ थियो भने नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी अन्तर्गत सिरहा जिल्लाको नं. ७ गणको ‘क’ गुल्म मार्डरमा रही प्रस्तावित सीमा सुरक्षा गुल्मको रुपमा मातहत ३ वटा बिओपी सहित तैनाथ थियो। एपीएफभित्र बाहिनी, गण, गुल्म र प्लाटुन लगायतका संरचना रहेको छ।…

Read More

तनहुँ : डेंगी संक्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ। उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज मृत्यु भएको हो। दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ। ६ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेंगीबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।

Read More

धनगढी : एकदिवसीय विश्वकप क्रिकेटमा आज बंगलादेश र न्युजिल्याण्ड भिड्दैछन्। यी दुई टोलीबीचको खेल भारतको चेन्नेईमा दिउँसो सवा २ बजे शुरु हुनेछ। जारी प्रतियोगितामा न्युजिल्याण्ड लगातार २ खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानमा छ। एकमा जित र एकमा हारको नतिजा निकालेको बंगलादेश छैटौँ स्थानमा छ। न्युजिल्याण्ड आज लगातार तेस्रो जितको खोजीमा रहँदा बंगलादेश भने दोस्रो जित निकाल्ने ध्याउन्नमा हुनेछ। यी दुई टोलीबीचका पछिल्ला ५ खेलमा ४ खेल न्यूजिल्याण्डले जित्दा एक खेल नतिजाविहीन भएको छ। यसअघि गएराति सकिएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियाविरुद्ध कीर्तिमानी जित निकालेको थियो।

Read More

धनगढी : गत भदौमा कैलालीका धनबहादुर चौधरी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्र्तगत इजरायल गएका थिए। उनी किबुजस्थित एक कृषि फार्ममा आफ्ना १६ जना नेपाली विद्यार्थी साथीहरूसँगै काम गर्दै आएका थिए। शनिबार बिहान साथीहरू सँग बसिरहेको समयमा बिहान करिब ८ बजे हमासले आक्रमण गर्यो। आक्रमणमा परेर धनबहादुर घाइते भए। साथीहरू नारायणप्रसाद न्यौपाने, आशीष चौधरी, दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, आनन्द साह, राजेशकुमार स्वर्णकार, राजन फुलासा, पदम थापा र प्रवेश भण्डारीको ज्यान गयो। अन्य तीन जना घाइते भए। दुई जना भने सकुशल छन्। बंकर भित्र लुकीरहेको अवस्थामा उनीहरू माथि हमासले आक्रमण गरेको थियो। हमासको अप्रत्याशित आक्रमणपछि अटोमेटिक बजेको इजरायलको साइरनपछि नेपाली…

Read More

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिका–६ सिम दोगडामा अवस्थित गंगेश्वर देवताको जाँत (गंगास्नान) मेला भोलि अर्थात् असोज २७ गते लाग्ने भएको छ। गंगेश्वर धाममा लाग्ने स्थानयी भाषामा गंगानान भनेर चिनिने मेला असोज २७ को राति लाग्ने भएको हो। दशैंको पूर्वसन्ध्या तथा पितृ बिसर्जन औंसीको राति रतेडि र घटस्थापनाको बिहान दिउसेडी मेला लाग्ने गंगेश्वर मन्दिरका पुजारी प्रेमराज पन्तले बताए। डोटेली नदी र सोर्नया नदीको मिलन हुने स्थल (दोभान)मा रहेको गंगेश्वर मन्दिरको धाममा मेला लाग्ने उनले बताए। मेलामा अजयमेरु गाँउपालिकाको राजुलगाँउ, भण्डारीगाँउ, भागेश्वर गाउँपालिकाको बोगटागाँउ र मेलौली नगरपालिकाको कोटीगाँउबाट देउरा जाने गर्दछन्। गंगेश्वर मन्दिरको धाममा लाग्ने गंगास्नान मेला वर्षको दुईचोटि लाग्ने गर्दछ। असोज औंसीको…

Read More

काठमाडौं: सरकारले बिहीबार राति इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको छ । उद्धारपछि परराष्ट्र मन्त्री एनपी साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका ५ सय ३ जनामध्ये २ सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिएका छन् । उद्धार गरि ल्याइएको भिडमा कञ्चनपुरको महेन्द्रनगरकी श्वेता भट्ट पनि थिइन् । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेपछि उनले इजरायलको लडाइँ प्रत्यक्ष हेरेको बताइन् । उनले भनिन्, ‘एकदमै खुसी छौं । म त यो प्रक्रिया एकदमै लामो हुन्छ, हामीलाई एकदमै गाह्रो हुन्छ नै सोचिराको थिए । किनभने अझ धेरै देशहरुले आफ्ना नागरिकहरुलाई उद्धार गरिसकेको छैन । तर,…

Read More