Author: महेन्द्रनगर पोष्ट

धनगढी: अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशनमा विदेशी नागरिकको घुँइचो लागेको छ। रामारोशनमा एकै पटक विभिन्न १२ बढी देशका नागरिक आएका हुन्। एकाएक ठूलो संस्यामा विदेशी नागरिक रामारोशन आउन थालेपछि स्थानीय अचम्मित बनेका छन्। ठूलो संख्यामा सरकारको इजाजत बिना आएका ३९ जना विदेशी नागरिकलाई ताल प्रबेशमा रोक लगायको र अन्य २२ जनालाई अछामका सिमा क्षेत्र बेलखेत र चौखुट्टेमा रोकेको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए। हाल रामारोशन आउने विदेशी नागरिकमा भारत अमेरिकी, क्यानडा, पोल्यान्ड, इटाली, रसियन, सुइडेन, इजरायल, फ्रान्स,स्पेन, जर्मन र थाइल्यान्ड लगायतका देशका नागरिक रहेको र बाँकी अनुसन्धान भैरहेको डीएसपी पाठकले बताए। विदेशी नागरिकहरू भारतीय सिमानाका प्रयोग गर्दै अछाम…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले भोलि (भदौ ३१ गते) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ। तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ। पर्वको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन्।

Read More

अछाम: अछाममा भिरबाट लडेर एकजनाको ज्यान गएको छ। जिल्लाको साँफेबगर नगरपालिका-१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ।

Read More

बैतडीः बैतडीमा सर्पको टोकाइबाट एक किशोर घाइते भएका छन्। जिल्लाको मेलौली नगरपालिका-१ बगजेबलाका १७ वर्षीय सुजल दयाल सर्पको टोकाइबाट घाइते भएका हुन्। सुजललाई शुक्रबार बेलुका घरनजिकै बाटोमा हिंडिरहेका बेला सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीले जानकारी दिए। घाइते सुजलको खुट्टामा टोकेको र उनको  डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बताइएको छ।

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज अमेरिका जाँदै छन्। साँझ ६ बजे उनी महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्न लागेका हुन्। प्रधानमन्त्री प्रचण्डले बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। अमेरिकामा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंगकाह महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

Read More

काठमाडौँ: काठमाडौंको तीनकुने गैह्रीगाउँ स्थित एक स–मिलमा गए राति खुकुरी प्रहार गरी चार जनाको हत्या गरिएको छ। हत्या अभियोगमा एकजना शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले बताएको छ। ती शंकास्पद व्यक्ति ट्याक्सी चढेर हत्याको खबर गर्न तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए। हत्या गरिएकामा एकै परिवारका ३ सहित ४ जना छन्। हत्या गरिएकामा दोलखाको कालिञ्चोक गाउँपालिका–८ का करिब ५५ वर्षीय कुमार भुजेल, उनकी आमा ७० वर्षीय सुभद्रा भुजेल र श्रीमती अम्बिका भुजेल छन्। मोरङका १९ वर्षीय नवीन राईको पनि सोही स मिलभित्र हत्या गरिएको छ। हत्या भएको खबर गर्न प्रहरी कार्यालय पुगेका दिपेन्द्र राईका बुवाले सो काठमिलमा केही अघि काम छाडेको बताइएको…

Read More

काठमाडौं: चर्चित गजल/गीत ‘के लत बस्यो’ का गायक तथा संगीतकार तिलकसिंह पेलाको आवाजमा अर्को नयाँ गीत आउने भएको छ। गीतकार हेमन्त विवशको रचना र पेलाको आवाजमा ‘देउसरा आईगै’ बोलको गीत ४ असोजमा सार्वजनिक गरिने भएको हो।  गीतको भिडियोमा मानसखण्डीय भाषा, संस्कृति, परम्परा एवम् सभ्यतासम्बन्धी विभिन्न दृष्य (हुड्केली, ठाडोखेल, छलिया नृत्य, होली, धामी कामेको आदि) समावेश गरिएको गायक पेलाले जानकारी दिए। म्युजिक भिडियो तिलकसिंह पेलाको आफ्नै युट्युब च्यानलमा २१ सेप्टेम्बरमा रिलिज हुने छ।

Read More

काठमाडौं: भारतीय टिम जारी एसिया कप क्रिकेटमा पहिलो पटक पराजित भएको छ। सुपर-४ अन्तर्गत अन्तिम खेलमा फाइनलमा पुगिसकेको भारत प्रतियोगिताबाट बाहिरिसकेको बंगलादेशसँग ६ रनले पराजित भएको हो। बंगलादेशले २०१२ पछि भारतविरुद्ध जित निकाल्न सफल भयो। जितका लागि २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ५ बलमा २ सय ५९ रनमा अलआउट भयो। उसका शुभमन गिलले सर्वाधिक एक सय २१ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्। बङ्लादेशका मुश्ताफिजुर रहमानले ३ विकेट लिए। त्यस्तै, तान्जिम हसन सकिब र मेहेदी हसनले समान २/२ विकेट लिए । त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्लादेशले निर्धारित ५० ओभरमा ८ विकेट…

Read More

डडेल्धुरा :नेपाल विद्यार्थी संघले डडेल्धुराको एक विद्यालयलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। नेविसंघले शुक्रबार ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा अमरगढी नगरपालिका-८ स्थित भूमिराज प्रावि बागचाैरमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो। विद्यालयमा अध्ययनरत १६ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए।विद्यार्थीलाई कापी, कलम, ज्यामेट्रि बक्स लगाएतका सामग्री दिएको उनको भनाइ छ।

Read More

काठमाडौं: काठमाडौंको तिनकुनेस्थित गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ। गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ। हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी  श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए। गए राति १२ बजेतिर घटना भएको बताइएको छ। घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन्।

Read More