Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेकपा (एमाले)ले संविधानसभा अध्यक्ष स्व. सुवास नेम्वाङको स्मृतिमा असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा विचार गोष्ठी गर्ने निर्णय गरेको एमालेको केन्द्रीय प्रचार विभागले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई सम्बोधन गर्नेछन् । त्यस्तै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेश, उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुदूरपश्चिम प्रदेश, उपाध्यक्ष रामबहादुर थापा कोशी, उपाध्यक्ष युवराज ज्ञवाली लुम्बिनी, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य गण्डकी र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाने बताइएको छ…

Read More

काठमाडौँ: न्याय परिषद् बैठकले उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि २७ जना न्यायाधीश सिफारिस गरेको छ । शुक्रबारको परिषद् बैठकले २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो ।

Read More

काठमाडौँ: आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भगवत् र एक गीता तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन् । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले चलचित्र एक भगवत् र एक गीतामा ‘कमलामाई’को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् । “एउटा कलाकारले यस किसिमको भूमिकामार्फत आफूले फरक जीवन बाँच्नुका साथै दर्शकलाई पनि त्यो महसुस गराउन सक्छ । अभिनयमा विविधता खोजिरहँदा यस्ता भूमिका अवसर र चुनौती दुवै हुन्”, उनले…

Read More

धनगढी: नेपाल-भारतमैत्री बस खोलामा फसेको छ। आज (शुक्रवार) हरिद्वार-बिजनौर सीमाको एक खोलामा बस फसेको हो। सो क्षेत्रमा लगातारको अविरल वर्षाका कारण बस खोलामा फसेको बताइएको छ। बस फसेको जानकारी पाएलगत्तै प्रहरी र एसडीआरएफ टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। प्रहरीका अनुसार सबै यात्रुको उद्धार गरिएको छ। बसमा ५३ जना यात्रु सवार थिए। हरिद्वार–बिजनौर सीमामा रहेको कोतवाली नदीको पुलमा क्षति पुगेको बताइएको छ। राप्ताबाट शुक्रबार बिहान भारत-नेपाल मैत्री बस छुटेको थियो। त्यसपछि खोलाको पानी बढ्यो र बस नदीमा फसेको थियो। हालै सोही खोलामा अर्को बस फसेको थियो। त्यसमा पनि नेपालका यात्रु थिए।

Read More

काठमाडौँ: राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन लगत सङ्कलन थालेको छ । आयोगले विभिन्न जिल्लाका २४ वटा पालिकामा लगत सङ्कलन थालेको हो । आयोगले सूचना निकालेर सम्बन्धित पालिकाका वडामा तोकिएका ठाउँमा खटिएका लगत सङ्कलकमार्फत् निवेदन आह्वान गरेको छ । जसअनुसार सुदूरपश्चिम प्रदेशमा बझाङको तलकोट गाउँपालिकाबाट निवेदन दिन सकिनेछ । यसैगरी कोशी, मधेस, बाग्मती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पालिका तोकी निवेदन दिन आयोगले आग्रह गरेको छ । सूचनाअनुसार आजदेखि ३५ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ । यस्तै, यसअघि लगत सङ्कलनमा छुटेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले पनि ३५ दिनभित्र निवेदन दिन सक्ने आयोगले…

Read More

दाङ: मादक पदार्थ खाएका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए । उनका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ । रासस

Read More

बझाङ: बझाङको मष्टामा दुई बालिकामाथि बलात्कार भएको छ । मष्टा गाउँपालिका-१ रनाडा रुपदेउली टोलमा दुई बालिकालाई तीन जना किशोरले जबरजस्ती करणी गरेको बताइएको छ । प्रहरीका अनुसार आरोपित तीनै जना फरार छन् । पीडित बालिकाहरुलाई भने जिल्ला प्रहरी कार्यालयको महिला सेलमा राखिएको छ । यही भाद्र १४ गते साँझ ६ बजे कापी किन्न हिँडेकी बालिकालाई सरस्वति मावि हातामा बोलाई कक्षा कोठामा जबरजस्ती करणी गरेको पीडित बालिकाका आफन्तले बताएका छन् । दुई बालिकालाई कक्षा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरी फरार भएको उनीहरुको आरोप छ । प्रहरीले आरोपितहरुलाई खोज्न तदारुकता नदेखाएको बताउँदै उनीहरुले किशोरहरुलाई लुकाउनमा प्रहरीसमेत संलग्न रहेको आरोप लगाएका छन्…

Read More

धनगढी: सुदूरपश्चिमका संस्कृतीविद्, ज्योतिषी तथा सनातन अभियन्ता कृष्णदत्त पन्तको निधन भएको छ। आज (शुक्रबार) १०२ वर्षीय पन्तको निधन भएको हो। डडेल्धुरा पुर्ख्यौली घर भएका पन्त हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बस्दै आएका थिए। जनैपूणिर्माको दिनबाट शास्त्रीय देहत्यागका लागि अन्न र जल त्याग गरेका पन्तको आज निधन भएको हो।

Read More

धनगढीः हेटौँडामा डाक्टरमाथि भएको कुटपिटको विरोधमा चिकित्सक संघ धनगढीले विज्ञप्ति निकालेको छ । नेपाल सिकित्सक संघ सुदूरपश्चिम प्रदेश शाखा धनगढीले विज्ञप्ति नै जारी गरेर विभिन्न ७ बुँदे मागसहित विरोधमा उत्रिएको हो । धवार हेटौँडा–१ स्थित सञ्चो अस्पतालका डाक्टर विकास थापा र डाक्टर प्रशान्त बिडारीमाथि एक समूहले कुटपिट गरेको थियो ।

Read More

धनगढी: नेपालमा विद्युतीय सवारी प्रयोग सुरु भएको झण्डै एक दशक भयो । अहिले विद्युतीय सवारी साधनको प्रयोग नीजि, सार्वजनिक सवारी तथा ढुवानीको लागि समेत प्रयोग भएको पाइन्छ । पेशाले चिकित्सक रहेका निरज अर्याल विगत २ वर्षदेखि विद्युतीय सवारी प्रयोग गर्छन् । प्रदुषणमुक्त, वातावरणमैत्री रहेको विद्युतीय सवारी मर्मत खर्च पनि नहुने गरेको उनी बताउँछन् । धनगढीमा २०७८ बाट विद्युतीय गाडी बिक्री सुरु गरेको नवदुर्गा टेक्नोलोजिले हालसम्म ३५ गाडी बिक्री गरेको प्रबन्धक प्रदीप जोशीले बताए । अहिले गाडी किन्न आउने ग्राहकहरु ९५ प्रतिशतले विद्युतीय सवारी नै रोज्ने गरेको उनले बताए । निजी प्रयोग सँगै सार्वजनिक सवारीको रुपमा प्रयोग हुने सवारी प्रयोग गर्न…

Read More