Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाल-भारतमैत्री बस खोलामा फसेको छ। आज (शुक्रवार) हरिद्वार-बिजनौर सीमाको एक खोलामा बस फसेको हो। सो क्षेत्रमा लगातारको अविरल वर्षाका कारण बस खोलामा फसेको बताइएको छ। बस फसेको जानकारी पाएलगत्तै प्रहरी र एसडीआरएफ टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। प्रहरीका अनुसार सबै यात्रुको उद्धार गरिएको छ। बसमा ५३ जना यात्रु सवार थिए। हरिद्वार–बिजनौर सीमामा रहेको कोतवाली नदीको पुलमा क्षति पुगेको बताइएको छ। राप्ताबाट शुक्रबार बिहान भारत-नेपाल मैत्री बस छुटेको थियो। त्यसपछि खोलाको पानी बढ्यो र बस नदीमा फसेको थियो। हालै सोही खोलामा अर्को बस फसेको थियो। त्यसमा पनि नेपालका यात्रु थिए।

Read More

काठमाडौँ: राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन लगत सङ्कलन थालेको छ । आयोगले विभिन्न जिल्लाका २४ वटा पालिकामा लगत सङ्कलन थालेको हो । आयोगले सूचना निकालेर सम्बन्धित पालिकाका वडामा तोकिएका ठाउँमा खटिएका लगत सङ्कलकमार्फत् निवेदन आह्वान गरेको छ । जसअनुसार सुदूरपश्चिम प्रदेशमा बझाङको तलकोट गाउँपालिकाबाट निवेदन दिन सकिनेछ । यसैगरी कोशी, मधेस, बाग्मती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पालिका तोकी निवेदन दिन आयोगले आग्रह गरेको छ । सूचनाअनुसार आजदेखि ३५ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ । यस्तै, यसअघि लगत सङ्कलनमा छुटेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले पनि ३५ दिनभित्र निवेदन दिन सक्ने आयोगले…

Read More

दाङ: मादक पदार्थ खाएका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए । उनका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ । रासस

Read More

बझाङ: बझाङको मष्टामा दुई बालिकामाथि बलात्कार भएको छ । मष्टा गाउँपालिका-१ रनाडा रुपदेउली टोलमा दुई बालिकालाई तीन जना किशोरले जबरजस्ती करणी गरेको बताइएको छ । प्रहरीका अनुसार आरोपित तीनै जना फरार छन् । पीडित बालिकाहरुलाई भने जिल्ला प्रहरी कार्यालयको महिला सेलमा राखिएको छ । यही भाद्र १४ गते साँझ ६ बजे कापी किन्न हिँडेकी बालिकालाई सरस्वति मावि हातामा बोलाई कक्षा कोठामा जबरजस्ती करणी गरेको पीडित बालिकाका आफन्तले बताएका छन् । दुई बालिकालाई कक्षा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरी फरार भएको उनीहरुको आरोप छ । प्रहरीले आरोपितहरुलाई खोज्न तदारुकता नदेखाएको बताउँदै उनीहरुले किशोरहरुलाई लुकाउनमा प्रहरीसमेत संलग्न रहेको आरोप लगाएका छन्…

Read More

धनगढी: सुदूरपश्चिमका संस्कृतीविद्, ज्योतिषी तथा सनातन अभियन्ता कृष्णदत्त पन्तको निधन भएको छ। आज (शुक्रबार) १०२ वर्षीय पन्तको निधन भएको हो। डडेल्धुरा पुर्ख्यौली घर भएका पन्त हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बस्दै आएका थिए। जनैपूणिर्माको दिनबाट शास्त्रीय देहत्यागका लागि अन्न र जल त्याग गरेका पन्तको आज निधन भएको हो।

Read More

धनगढीः हेटौँडामा डाक्टरमाथि भएको कुटपिटको विरोधमा चिकित्सक संघ धनगढीले विज्ञप्ति निकालेको छ । नेपाल सिकित्सक संघ सुदूरपश्चिम प्रदेश शाखा धनगढीले विज्ञप्ति नै जारी गरेर विभिन्न ७ बुँदे मागसहित विरोधमा उत्रिएको हो । धवार हेटौँडा–१ स्थित सञ्चो अस्पतालका डाक्टर विकास थापा र डाक्टर प्रशान्त बिडारीमाथि एक समूहले कुटपिट गरेको थियो ।

Read More

धनगढी: नेपालमा विद्युतीय सवारी प्रयोग सुरु भएको झण्डै एक दशक भयो । अहिले विद्युतीय सवारी साधनको प्रयोग नीजि, सार्वजनिक सवारी तथा ढुवानीको लागि समेत प्रयोग भएको पाइन्छ । पेशाले चिकित्सक रहेका निरज अर्याल विगत २ वर्षदेखि विद्युतीय सवारी प्रयोग गर्छन् । प्रदुषणमुक्त, वातावरणमैत्री रहेको विद्युतीय सवारी मर्मत खर्च पनि नहुने गरेको उनी बताउँछन् । धनगढीमा २०७८ बाट विद्युतीय गाडी बिक्री सुरु गरेको नवदुर्गा टेक्नोलोजिले हालसम्म ३५ गाडी बिक्री गरेको प्रबन्धक प्रदीप जोशीले बताए । अहिले गाडी किन्न आउने ग्राहकहरु ९५ प्रतिशतले विद्युतीय सवारी नै रोज्ने गरेको उनले बताए । निजी प्रयोग सँगै सार्वजनिक सवारीको रुपमा प्रयोग हुने सवारी प्रयोग गर्न…

Read More

कञ्चनपुर: कञ्चनपुरमा गैडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। च्याउँ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गएकी बेलडाँडी गाउँपालिका–२ गुन्डी टोलकी ४२ वर्षीय बेलमती बुढाको गैडाको आक्रमणबाट शुक्रबार बिहान मृत्यु भएको हो। उनीसँगै गएका अन्य दुई जना महिलाले भने भागेर ज्यान जोगाएकी छिन्।

Read More

काठमाडौं: नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले यौन शोषणको आरोप लागेको छ। विभिन्न प्रलोभन देखाएर उनले एक महिलामाथि विगत ३ वर्षदेखि यौन शोषण गर्दै आएका पीडित महिलाले बताएकी छन्। चिनजानकी एक दिदीमार्फत सन् २०१९ मा कृष्णमान प्रधानसँग परिचय भएको ती महिलाले बताइन्। उनले आईएनजीओमा जागिर लगाइदिने तथा सबै गरिदिन्छु भन्दै जिन्दगीभर श्रीमती जस्तै बनाएर राख्ने प्रलोभन देखाएको महिलाले बताइन्। प्रधानले यसरी निरन्तर आफूलाई यौन शोषण गरिरहने महिलाको भनाई छ। कृष्णमानले नेपाल कानून समाजकै कार्यालयमा जागिर लगाएर त्यहाँ पनि ५ महिनासम्म यौन शोषण गरेको महिला बताउँछिन्। तर, विभिन्न जालझेल गरेर कृष्णले आफूमाथि गरेको शोषणका प्रमाण मेटाइएको उनको दाबी छ। मोबाइलमा…

Read More

कैलाली: कैलालीमा पछिल्लो तीन वर्षयता साना तथा घरेलु उद्योग दर्ता हुने क्रम घट्दै गएको छ । कञ्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रिया, भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायत कारणले उद्योग दर्ता हुने क्रम घट्दै गएको हो । हालसम्म कैलालीमा साना तथा घरेलु उद्योग दर्ताको सङ्ख्या १५ हजार ९१ पुगेको छ । जिल्लामा दर्ता भएका उद्योगमा उत्पादनमूलक, कृषिमूलक, निर्माणमूलक, पर्यटनमूलक, सूचना प्रविधि र सेवामूलक गरी सो सङ्ख्यामा उद्योग रहेका छन् । बर्सेनि उद्योग नवीकरण भइरहे पनि अधिकांश उद्योग सञ्चालनमा आउन भने सकेका छैनन् । कञ्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रियालगायतका कारणले जिल्लाभित्र दर्ता भएका उद्योग सञ्चालन गर्न कठिनाइ…

Read More