Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले भन्सार छलीका सामान फेला पारी बरामद गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ चौकीसत्ता भाइरल रोडबाट करिब १७ हजार मूल्यका अवैैध मटर प्रहरीले बरामद गरेको हो । त्यस्तै, बेलौरी नगरपालिका–६ काठेपुलबाट पनि करिब ४६ हजार एक सय मूल्यका चिनी, मैदा, डिउ, तेल लगायतका खुद्रा सामानहरु बरामद गरेको छ । ती सामान आइतवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको बताइएको छ ।

Read More

एजेन्सी: भूकम्प प्रभावित मोरक्कोमा उद्धारकर्मीले हातैले भग्नावशेष पन्छाएर खोजी तथा उद्धारको काम गरिरहेका छन् । त्यहाँको मूले ब्रहिम नगरमा उद्धारकर्ताहरूले एक व्यक्तिलाई भूकम्पबाट भत्किएको एउटा भवनको भग्नावशेषबाट जीवितै उद्धार गरेका बीबीसीले जनाएको छ । भग्नावशेषमा पुरिएकाहरुको उद्धारका लागि प्रभावित क्षेत्रमा विशेष उपकरण पठाउन कठिनाइ छ । तर, विशेष उपकरण नहुँदा पनि उद्धारकर्ताहरूले जीवित मानिसहरू फेला पर्ने आशामा खाली हातले नै उद्धार तथा खोजी अभियान चलाइरहेका खबरमा उल्लेख छ । भूकम्पको केन्द्रबिन्दुनजिकै रहेका केही पहाडी गाउँहरूमा ठूलो विनाश भएको छ। त्यहाँका मानिसहरू व्यग्रतापूर्वक राहत कुरिरहेका छन्। मोरक्को सरकारले अहिलेसम्म बेलायत, स्पेन, कतार र यूएईबाट सहायता स्वीकार गरेकोे जनाएको छ । एट्लस…

Read More

बझाङ: बझाङकी एक महिला बेपत्ता भएकी छिन् । जिल्लाको मष्टा गाउँपालिका–५ घर भएकी मिना बुढा बेपत्ता भएकी हुन् । यही भदौ ७ गते बिहान माइतीघर जान्छु भनेर घरबाट हिँडेकी उनी आजसम्म पनि सम्पर्कमा नआएकी उनको पारिवारिक स्रोतले बताएको छ । उनी आफ्नो माइतमा पनि नभएकाले कसैले देखे नजिकैको प्रहरी वा ९८४३३३२७८५ र ९८२२११०६३६ मा सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन् । मिनाका दुई छोरा र दुई छोरी छन् ।

Read More

काठमाडौँः प्रहरीले नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक जना सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । बाँके प्रहरीका अनुसार आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई नियन्त्रणमा लिइएको हो । उनी सोमवार बिहान ८ः४५ बजेको श्री एयरको उडानमा नेपालगञ्जबाट काठमाडौँ आउने तयारीमा थिए । सोही क्रममा चेकजाँच गर्दा अधिकृत सापकोटा र दीपक पौडेलसँग नेपाली २६ लाख रुपैयाँ बरामद भएको हो । अर्का अधिकृत पौडेल फरार भएका र व्यापक मात्रामा प्रहरी परिचालन गरी खोजी कार्य भइरहेको बाँके प्रहरीले जनाएको छ । बरामद रकमको स्रोतबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

डोटीः डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको बडीकेदार गाउँपालिका–३ विछराकी अन्दाजी ५५ वर्षीया कस्तुरी देवी जेठाराको मृत्यु भएको हो । आइतवार राति बडीकेदार–१ रुमाइल भन्ने ठाउँमा सुपप्र ०१००१ ह ५४०६ नम्बरको अटो दुर्घटना हुँदा जेठाराको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । अटो चालक बडीकेदार-१ का उत्तम बोहरा सामान्य घाइते भएका र उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

Read More

बैतडी: आइतवार दिउँसोदेखि अवरुद्ध बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग खुलेको छ । अविरल वर्षापछि ठुलो ढुंगा खसेर अवरुद्ध बनेको राजमार्ग आज बिहान १०:३० बजेबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । पाटन नगरपालिका-८ को झौलेक मोड नजिक सडकमाथिबाट ढुंगा खस्दा राजमार्ग अवरुद्ध भएको थियो । दुई वटा जेसीबी लगाएर पनि ढुंगा फाल्न नसकिएपछि बझाङको झोताबाट लोडर मगाएर राजमार्ग सुचारु गरिएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: बाजुरामा दुई युवकमाथि सामूहिक कुटपिट भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका-६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको हो । खप्तड छेडेदह गाउँपालिकास्थित छेडेदह तालमा उनीहरुमाथि कुटपिट भएको बताइएको छ । उनीहरुलाई कुटपिट गर्ने समूहले खुकुरी, नक, काठले हानेको आफन्तले बताएका छन् । घाइते दुबै जनाको अहिले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले कुटपिटको घटनालाई अभद्र व्यवहार भन्दै मुद्दा कमजोर बनाएको पनि आफन्तको आरोप छ । अहिलेसम्म कुटपिट गर्ने मान्छेहरु नसमातेको र कुटपिटको मुद्दालाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरेकाले आफन्तले प्रहरीकै भूमिका पनि शंकास्पद रहेको बताएका छन् । यता, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख…

Read More

बैतडी: बैतडीको दशरथचन्द राजमार्ग खुलेको छ । लगातारको वर्षाले गएराति सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख ढलेर रामजमार्ग अवरुद्ध भएको थियो । जेसिबीले रुख हटाएपछि रातिदेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read More

मकवानपुर: मकवानपुर प्रहरीले ७१ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्ला, कैलाश गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीय गणेश थापा रहेका छन्। उनलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका ९ रजैयाबाट प्रहरीले नियन्त्रणमा लिएको हो। थापाले प्रयोग गर्ने बा ६ च १८४७ नम्बरको कारको डिक्कीका लुकाई राखेको अवस्थामा ७१ किलो ११५ ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय दीपायलले डेङ्गु रोगबाट मृत्यु भएकाहरूको तथ्याङ्क समेट्नमा लापरबाही गरेको देखिएको छ। पछिल्लो महिनामा प्रदेशमा डेङ्गुबाट पीडित ३ जनाको मृत्यु भइसकेको पुष्टि हुँदासम्म निर्देशनालयले अहिलेसम्म यो रोगबाट कसैको मृत्यु भएको जानकारी नआएको तथ्याङ्कमा उल्लेख गर्ने गरेको छ। निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले भने सम्बन्धित स्वास्थ्यका निकाय तथा अस्पतालले समयमै तथ्याङ्क उपलब्ध नगराउँदा डेङ्गुबाट मृत्यु हुनेको तथ्याङ्क समेट्न नसकिएको बताए। सुदूरपश्चिम प्रदेशमा यो रोगबाट पीडित हुने बिरामीको सङ्ख्या पछिल्ला दिनमा ह्वात्तै बढेका छन्। निर्देशनालयको तथ्याङ्कमा पछिल्लो नौ दिन (सेप्टेम्बर) मा मात्रै डेङ्गुका ९७ नयाँ रोगी फेला परेका छन्। नयाँ बिरामीमध्ये कैलालीमा ८१ र कञ्चनपुरमा १६ बिरामी…

Read More