Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: हिजो(बुधबार) साँझबाट महाकाली नदीमा बनेको शारदा ब्यारेजमा चारपांग्रे साधनको आवतजावत खुलेको छ। नदीको जलस्तर घटेपछि चारपांग्रे सवारीसाधनलाई आवागमन गर्न खुला गरिएको हो। नदीमा बहाव बढेपछि सोमबार बिहानैदेखि सवारी आवागमनमा रोक लगाइएको थियो। उक्त दिन महाकालीको जलस्तर १ लाख ९६ हजार क्युसेक पुगेको थियो। बुधबार १ लाख क्युसेकभन्दा तल आएपछि पुलमा आवागमन खुला गरिएको हो।

Read More

काठमाडौँ: मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशको धेरै स्थानहरूमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागको केहि स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति कोशी, मधेस र गण्डकी प्रदेशको…

Read More

काठमाडौँ : सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनामाथि सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। आठ वर्षअघि तराई-मधेस थरुहट आन्दोलनका क्रममा एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे गएको जेठ २ गते न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले फैसला गरेको थियो। उक्त घटनामा मुख्य योजनाकार भनिएका रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन सरकारले बेला बेला गरेका प्रयासहरूबारे असन्तुष्टि फैसलाको पूर्णपाठमा देखिन्छ। फौजदारी कानुन उल्लङ्घन भएर निहत्था मानिसको ज्यान गएको घटनालाई राजनीतिकरण गरिन नहुने धारणा फैसलामा व्यक्त गरिएको छ। ‘फौजदारी कानुनको उल्लङ्घनको विषयलाई राजनीतिक सहमति वा राजनीतिक स्वार्थ वा राजनीतिक प्रकृतिको अपराधको नाममा मुद्दा चलाउनै नमिल्ने भन्नु वा…

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालयले नयाँ सरुवा, बढुवा र पदस्थापन सम्बन्धी मापदण्ड लागू गरेको छ । “प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९” अनुसार ठूलो संख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको हो । नयाँ मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको संख्या, भौगोलिक अवस्थिति लगायतका आधारमा ‘क’ ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ । त्यसमध्ये ‘क’ र ‘ख’ श्रेणीका कार्यालयमा ज्येष्ठता एवम् कार्यसम्पादन स्तर समेतको आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको छ । पहिलो पटक कार्यालय प्रमुखको अवसर प्रदान गर्दा भने अनिवार्य रुपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र…

Read More

काठमाडौं : क्याप्टेन रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले २४ घन्टे स्पष्टीकरण सोधेको छ। अन्नपूर्ण मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका थापाले प्राधिकरणका नियमनसम्बन्धी प्रावधानहरूको नकारात्मक अतिरञ्जना सिर्जना गरी पूर्वाग्रहपूर्ण तरिकाले विज्ञप्ति, समाचार, विश्लेषण, टिप्पणीका नाममा पटक–पटक प्रकाशनरप्रसारण गरेको प्राधिकरणको आरोप छ। थापाले सरकारको प्रचलित कानुन तथा नेपाल नागरिक प्राधिकरण ऐन हुबहु परिपालना गर्ने प्रतिबद्धता जनाइ सिम्रिक एयर प्रालिको अध्यक्षको हैसियतमा रहेको प्राधिकरणले स्मरण गराएको छ। थापाले अन्नपूर्ण मिडिया नेटवर्कमार्फत प्राधिकरणले नागरिक उड्डयन नियमावली, २०५८ को नियम ५६ (क) को महानिर्देशकले उडान सुरक्षाका दृष्टिले भौगलिक विकटताका आधारमा विमानस्थलमा वायुयान सञ्चालनका लागि विशेष शर्तहरू तोक्नसक्ने प्रावधानबमोजिम नेपाली आकाशमा बढोत्तरी हुदै गएको हवाई घटना/दुर्घटना…

Read More

दाङ : दाङको घोराहीमा कुलोले बगाएर एक बालकको ज्यान गएको छ। आज घोराही उपमहानगरपालिका–१२ देवीस्थान नजिकको कुलोले बगाउँदा पाँच वर्षीय आकाश बिसीको ज्यान गएको प्रहरीले जनाएको छ। आकाशलाई घर नजिकैको कुलोले बगाएर झन्डै चार किलोमिटर तल निघुवारमा पुर्‍याएको थियो।

Read More

काठमाडौं : पूर्वस्वीकृतिबिनै अन्नपूर्ण टावर निर्माण गरेको पाइएकोले नेपाल नागरिक उड्डयन प्राधिकरणले भत्काउने तयारी गरेको छ। प्राधिकरणले केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा निर्माण भएका अग्ला संरचनाबारे अध्ययन गरेको थियो। प्राधिकरणका निर्देशक बाबुराम पौडेलले विमानस्थल आसपास कुनै पनि भौतिक संरचना निर्माण गर्नुअघि प्राधिकरणबाट पूर्वस्वीकृति नलिएको पाइकाले प्राधिकरण ऐन २०५३ को दफा ७ को (घ) बमोजिम कारबाही किन नगर्ने भनेर तीन दिनभित्र प्राधिकरणमा जवाफ पेस गर्नसमेत निर्देशन दिएको बताए। प्राधिकरणको दफा ७ मा खण्ड (ग) बमोजिम तोकिएको सर्त बन्देजमा उल्लेखित उचाइभन्दा बढीका भवन, टावर, लठ्ठा, रुख वा अन्य कुनै कुरा निर्माण गर्न वा खडा गर्न, उचाइ बढाउन, उखेल्न वा काट्न प्रतिबन्ध…

Read More

डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिका-२ मा किसानले लगाएको मकै बाली जंगली जनावर बँदेल, बाँदर तथा दुम्सीले नष्ट पारेको छ। बुधबार जंगली जनावरले नष्ट पारेको मकै बालीको अनुगमन गर्न खेतमै पुगेका वडा नं २ का अध्यक्ष दिलबहादुर विष्टले बगाल र बेडपानीमा बढी क्षति पुर्‍याएको बताए। बर्सेनि जनावरका कारण किसानले हैरानी खेप्नु परिरहेको जनप्रतिनिधि बताउँछन्। जंगली जनावरले मकै, भटमास र धानबारीमा र मार्सीमा व्यापक क्षति पुर्‍याएको छ। वडा कार्यालयका अनुसार करिब ५० लाख बराबर क्षति भएको छ। स्थानीय दानबहादुर साउदले हराभरा भएको खेतीपाती सखाप भएको देख्दा दुःख लागेको बताए। उनले भने, ‘जंगली जनावर मारे कारबाही हुन्छ, नमारे हुलका हुल बारीमा आउँछन्, सखाप पारेर…

Read More

धनगढी: सुदुरपश्चिम प्रदेशका तत्कालीन निमित्त वन निर्देशक कृष्णदत्त भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीलाई तथानाम गाली गरेको अडियो सार्वजनिक भएको छ। निमित्त निर्देशक भट्टले मन्त्री धामीले आफूलाई सरुवा गर्न खोजेको भन्दै अश्लील शब्द प्रयोग गर्दै गाली गरेको अडियो बाहिरिएको हो। उनले मन्त्री धामीमाथि तथानाम अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेका छन्। भट्टले निर्देशनालयमा बस्दा काम पनि राम्रो नगरेको र विवादित भएको भन्दै वन मन्त्रालयले उनको सरुवा गर्न खोजेको स्रोतको दाबी छ। भ्रष्टाचार मुद्दामा सफाई पाएपछि तत्कालीन समयमा वन निर्देशक रहेका हेमराज बिष्टले जिम्मेवारी सम्हालेपछि आक्रोशित भएका भट्टले मन्त्रालयकै एक कर्मचारीलाई टेलिफोन गरेर धामीमाथि खनिएका हुन्। तर ती…

Read More

काठमाडौँ: कोसी प्रदेश सरकारले भदौ १ गते बस्ने प्रदेश सभा बैठकमा निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने भएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभामा सो विधेयक पेस गर्ने भएको हो। बैठकपछि सरकारका प्रवक्ता तथा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री प्रदीप सुनुवारले स्थानीय सेवाको गठन सञ्चालन सेवा शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस हुने जानकारी दिए। मन्त्री सुनुवारले भने, ‘लोकसेवा आयोगबाट नियुक्ति सिफारिस भएर टुङ्गो नलागुञ्जेलसम्म साविक बमोजिम सालबसाली स्वीकृत भई सञ्चालनमा रहेको प्रदेश सरकार, मन्त्रालय, आयोग तथा निकायका ०८०-८१को अस्थायी सङ्गठन संरचना, दरबन्दी स्वीकृत सम्बन्धमा निर्णय गरेको हो।’

Read More