Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- भारतबाट फेरि पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची हेरफेर भएर आएको छ । बुधबार नेपाल आयल निगमले विज्ञप्तिमार्फत भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ मूल्य सूची हेरफेर गरेर पठाएको जनाएको हो । निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेल, खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनमा घटेर आएको छ । पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेर आएको छ भने डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा, खाना पकाउने ग्यासँमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ, हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ । निगमले मासिक अझैँ पनि ६ अर्ब १५ करोड रुपैयाँ…

Read More

बैतडी- बैतडी सरकारले आइतबार पनि सार्वजनिक बिदा दिन थालेपछि जिल्ला प्रशासन कार्यालय बैतडीमा सेवाग्राहीको भीड बढ्न थालेको छ । प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले सेवाग्राहीको भीड बढ्दै गएको बताए । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने, राष्ट्रिय परिचय पत्र बनाउने, नाबालिग परिचय पत्र बनाउने देखि लिएर अन्य सेवाका लागि पुग्नेहरुको भीड बढेपछि रातिको समयमा समेत सेवा दिने गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले बताए । उनका अनुसार सोमबार राति १० बजेसम्म सेवा दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा सेवाका लागि पुगेका नागरिकहरुले सेवा प्राप्त गरेर मात्रै फर्किउन भन्ने उद्देश्यले रातिको समयमा समेत सेवा दिन थालिएको सूचना अधिकारी भारतीले बताए…

Read More

अछाम- अछाममा नेकपा (एकीकृत समाजवादी)ले जिल्ला समन्वय समितिमा कांग्रेसले एकलौटी गरेको आरोप लगाएको छ। एकीकृत समाजवादीका केन्द्रीय सदस्य शंकर भण्डारीले समन्वय समिति गठनमा कांग्रेसले धोका दिएको आरोप लगाए । उनले स्थानीय निर्वाचनको हिसाब किताब प्रदेश र संघको निर्वाचनमा गर्ने चेतावनीसमेत दिए । ‘हाम्रो भोटले कांग्रेसले अछाममा धेरै ठाउँमा जित्यो । कमलबजारको मेयर, रामारोशन गाउँपालिका अध्यक्ष हाम्रो सहयोगमा कांग्रेसले जितेको थियो,’ उनले भने, ‘हामीले सहयोग नगरेको भए कुनै हालतमा कांग्रेसको उम्मेदवारको जित हुने थिएन ।’ कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाहले आफूले गरेको सहमतिलाई उल्लंघन गरेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य शंकर भण्डारीले बताए। तुर्माखाद गाउँपालिका र मंगलसेन नगरपालिकामा कांग्रेसलाई सहयोग गरेबापत जिल्ला…

Read More

काठमाडौं- प्रतिनिधिसभा सदस्य दीपकप्रसाद भट्टले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रको विकासका लागि भए पनि गेटा मेडिकल कलेजलाई प्रतिष्ठान होइन राष्ट्रिय चिकित्सा शिक्षा विश्वविद्यालय बनाउनुपर्ने बताए। ‘देशमा चार दर्जन मेडिकल कलेज र सातवटा प्रतिष्ठान छन्,’ उनले भने, ‘अब सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रको विकासका लागि गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाऔं ।’ धनगढीमा मेडिकल कलेज खोल्नुभन्दा गेटालाई विश्वविद्यालय बनाउनु उचित हुने उनको भनाइ छ।

Read More

कञ्चनपुर- कञ्चनपुरमा अखिल नेपाल किसान महासंघले मूल्य बृद्धि फिर्ता लिन र मलखादको ब्यवस्था मिलाउन माग गरेको छ। नेकपा एमाले निकट अखिल अखिल नेपाल किसान महासंघले बुधबार कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो। प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले महंगी र भ्रष्टाचार नियन्त्रण, पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता तथा किसानहरुलाई तत्काल मलखादको ब्यवस्था गर्नुपर्नेलगायतका माग राखिएको छ । यस्तै कृषि ब्यवसायका लागि तत्काल मलखाद, बिउ बिजन, कृर्षी उपकरणहरुको ब्यव्स्थापन गरी सम्बन्धित संस्थाहरुमा स्टक राख्नुपर्ने माग महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको महासंघका राष्ट्रिय समिति सचिवालय सदस्य खेम सुबेदीले…

Read More

कैलाली- जिल्ला निर्वाचन कार्यालय कैलालीले जिल्ला समन्वय समितिको निर्वाचन यहि जेठ ३० गते हुने जनाएको छ। २० गते मतदाता नामावली प्रकाशनबाट सुरु हुने निर्वाचन प्रक्रिया ३० गते मतदान हुँदा सम्पन्न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार २२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। यस्तै २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ। यस्तै ३० गते जिसस कैलालीमा विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। १३ पालिका भएको कैलालीमा २६ जनाले मतदाता गर्न पाउने छन्। जसमा एक जना स्वतन्त्र रुपमा विजयी…

Read More

कैलाली- कैलालीको कैलारी गाँउपालिकाले पहिलो निर्णय सार्वजनिक गरेको छ । गाउँ कार्यपालकाको पहिलो बैठकले मालपोत कर ५० प्रतिशत छुट र नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ । कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बुधबार बसेको कार्यसमितिको पहिलो बैठकले मालपोतमा लाग्ने करमा ५० प्रतिशत छुट गर्ने, नवजात शिशु जन्मेको ३५ दिन भित्र जन्मदर्ता गरेमा दुई पोका आयोडिन नून र तीन पिस साबुन दिने, गाउँपालिकाका कुनैपनि सुत्केरी महिलालाई कैलाली जिल्लाभित्र सुत्केरीको समयमा विरामी भएर बाहिर लैजानु परेका निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय पनि भएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बहादुर बमले जानकारी दिए । बैठकबाट…

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगर क्षेत्रभित्र विद्युत् प्राधिकरणले अघोषित लोटसेडिङ गर्ने गरेको भन्दै नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेको छ । धनगढीमा विद्युत् कार्यालयले देखाइरहेको लापरबाही ग्राहक सेवाको नम्बर होल्डमा राख्नेलगातका समस्याको समाधानको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले धनगढी चौराहादेखि विद्युत कार्यालय धनगढी वितरण केन्द्र अगाडि, ‘दलाल प्राधिकरण मुर्दावाद, अन्धकारमा राख्न पाइँदैन, अघोषित लोटसेडिङ गर्न पाइँदैन, व्यापारीसँग साँटघाट गर्न पाइँदैनलगायतका नारा लगाएका थए । युवाहरुले अघोषित लोटसेडङ दोहोरिए कार्यालय प्रमुखलाई कारबाही गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

Read More

डडेल्धुरा- जिल्ला समन्वय समिति डडेल्धुराको निर्वाचन यहीँ जेठ २२ गते हुने भएको छ। जिसस निर्वाचन प्रक्रियाअनुसार डडेल्धुरामा बुधबार मतदाता नामावली प्रकाशन गरिएको छ। बिहीबार अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार २० गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ। २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र सोही दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्यले जानकारी दिए। २२ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। डडेल्धुरामा दुई नगरपालिका र पाँच गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेका छन्। जिल्लामा रहेका स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षले जिल्ला समन्वय…

Read More

सुर्खेत- यार्सा संकलन सुरक्षामा खटिएका सहायक प्रहरी हवल्दारको लेक लागेर मृत्यु भएको छ। दैलेखको महाबु गाउँपालिका–४ स्थायी ठेगाना भई हाल कोहलपुर नगरपालिका–११ बाँके घर भएका सहायक प्रहरी हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो। मृतक सिंह मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ ठूलिकोशी रिमारस्थित यार्सा संकलन सुरक्षामा खटिएका थिए।​ ड्युटीका क्रममा मंगलबार बिहानदेखि टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या भएपछि आज हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारको क्रममा दिउँसो २ बजे मृत घोषणा भएको प्रहरीले जनाएको छ। मृतक सिंह २०६७ सालमा प्रहरी जवान पदमा भर्ना भई जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत थिए।

Read More