Author: टेकसिंह धामी

धनगढीमा रहेर पत्रकारिता गर्दै आएका धामी महेन्द्रनगर पोष्ट डटकमका सम्पादक हुन् । उनीसँग रेडियो अन्नपूर्ण, नेपाल समाचारपत्र, थाहा खबर लगायतका सञ्चारमाध्यमसँग काम गरेको अनुभव छ ।

धनगढी: नेपाल प्रहरीको प्रधान कार्यालयले मातहत कार्यरत सादा पोशाकका (घुमुवा) प्रहरीलाई हटाउन परिपत्र गरेको छ। हिजो (बुधबार) प्रहरी प्रधान कार्यालयका प्रमुख (आइजिपी) वसन्त कुँवरको सचिवालयले मातहत सबै कार्यालयहरुलाई परिपत्र गरेको हो प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता डीआइजी भीम ढकालले पनि हालका सादा पोशाकमा कार्यरत प्रहरीलाई हटाउन परिपत्र गरिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार सबै प्रदेश प्रहरी कार्यालयसहित जिल्ला प्रहरी कार्यालयसमेतलाई परिपत्र गएको छ। आवश्यक विषेश कामका लागि भने पछि सादा पोशाकमा असल, इमानदार छविका प्रहरी कर्मचारीलाई खटाउने मिल्ने छ। हाल प्रदेश प्रहरी कार्यालय लगायतका प्रहरी कार्यालयहरुले घुमुवा खटाउदै आएका छन्। उनीहरूले अपराध अनुसन्धान लगायत लागुऔषध नियन्त्रणमा काम गर्दै आएका छन्।

Read More

धनगढी: सुदूरपश्चिममा कार्यरत ७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको बुधबारको निर्णयअनुसार डीएसपीहरुको सरुवा भएको हो। देशैभर १४१ जना डीएसपीको सरुवा भएकोमा सुदूरपश्चिमका ७ जनाको सरुवा भएको छ। जसमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डीएसपी कुलदिप चन्द, कञ्चनपुरमा कार्यरत प्रकाश डाँगी, इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा कार्यरत गणेशबहादुर बराल, जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत कबिन्द्र बोहरा, ईलाका प्रहरी कार्यालय सुक्खड कैलालीमा कार्यरत वीरेन्द्र वीर विश्वकर्मा, सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र दिपायल डोटीमा कार्यरत सागर बोहरा र जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत निशान्त श्रीवास्तव रहेका छन्। उनीहरूमध्ये डीएसपी कुलदिप चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयमा…

Read More

धनगढी: सुदूरपश्चिमको कञ्चनपुरस्थित दोधाराचाँदनी हुँदै भारतको दिल्लीतिर चिनियाँ लाइटरको तस्करी हुने गरेको पाइएको छ। भारत सरकारले प्रतिबन्ध लगाएको चिनियाँ लाइटर नेपालबाट तस्करी हुने गरेको पाइएको हो। चीनबाट आयात हुने लाइटर सुदूरपश्चिमसहित नेपालका विभिन्न नाकाको चोरबाटो हुँदै अवैध रूपमा भारत निकासी हुँदै आएको छ। सुदूरपश्चिमको हकमा भने चीनबाट आयातित लाइटर महेन्द्रनगरलाई ‘ट्रान्जिट’ बनाएर खुलेआम भारत तस्करी भइरहेको हो। नेपाल–भारत द्विपक्षीय व्यापार सन्धिअनुसार एक देशबाट आयातित सामान सोझै अर्को देश निर्यात गर्न मिल्दैन। तर, केही तस्कर र व्यवसायीहरूले भने चीनबाट आयात गरेको लाइटर सुदूरपश्चिम हुँदै सुरक्षाकर्मीकै सेटिङमा भारत पठाइरहेको खुलेको छ। भारत सरकारले गत जुन २९ (असार १४) मा ‘प्लास्टिकबाट निर्मित अनि…

Read More

धनगढी: सुदूरपश्चिममा आरआइटीलाई परिमार्जित गर्दै पीआइटी गठन गरिएको छ। आज (बिहीबार) सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख (डीआईजी) रबिन्द्र केसीले पीआइटी (प्रोभिन्स इन्टेलिजेन्स टीम) गठन गरेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरीको तत्कालीन अपराध अनुसन्धान समूह (आरआइटी) खारेज गरिएको थियो। सो समूह खारेज भएपछि पीआइटी गठन भएको हो डीआइजी केसीले यो समूह पहिलाको आरआइटीजस्तो नभएर फरक हुने दाबी गरेका छन्। उनले हाल आफूले निर्माण गरेको टोलीले सूचना संकलन, अपराध अनुसन्धान र प्राविधिक विश्लेषणको पाटोसहित लागुऔषध नियन्त्रणमा विषेश काम गर्ने महेन्द्रनगरपोष्टलाई बताए। यस्तै उनले अहिले पहिलाजस्तो जम्बो टोली नभएर सबैखाले क्षमता भएका जनशक्ति मिलाएर सानो टोली गठन गरिएको बताए। स्रोतका अनुसार सईको नेतृत्वमा एकजना असई,…

Read More

धनगढी: बैतडीको पाटन नगरपालिका-६ मा २०३० साल कात्तिक २० गते जन्मिएका थिए, दामोदर भण्डारी। बुबा उदयसिंह भण्डारी र आमा कमला भण्डारीका पुत्र दामोदरले २०४६ सालबाट राजनीति गर्न थाले। भण्डारी २०४६ सालको जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा होमिएका थिए। २०४८ सालमा अनेरास्ववियू बैतडीको जिल्ला कमिटी अध्यक्ष भएका भण्डारी २०५० सालमा नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बने। त्यसपछि भण्डारी २०५४ सालमा जिल्ला कमिटी उपसचिव भए। २०५६ देखि २०६४ सम्म नेकपा एमाले बैतडीको पार्टी प्रमुख (सचिव) हुँदै एमाले बैतडीका अध्यक्ष बने। २०७५ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भएर प्रदेश अध्यक्षसमेत भएका भण्डारी हाल एमालेको केन्द्रिय सदस्यको जिम्मेवारीमा…

Read More

धनगढी : सुदूरपश्चिममा नेपाली काँग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकार ढल्ने भएको छ। केन्द्रमा सत्ता समीकरण फेरिएर प्रदेशमा पनि राजनीति परिवर्तन भएर सुदूरपश्चिमको कमलबहादुर शाह नेतृत्वको सरकार ढल्ने भएको हो। केन्द्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको सरकार बनेपछि त्यसको असर प्रदेशमा पनि परेको हो। जसअनुसार सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले हिजो आफ्ना मन्त्रीहरु बर्खास्त भएकोमा आज सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। यस्तै अब समाजवादीले पनि समर्थन फिर्ता लिने छ। समाजवादीले पनि समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमको शाह सरकार ढल्ने छ। किनकी यहाँ कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद…

Read More

कैलाली: धादिङ चैनपुरकी जानुका पाठक उर्फ शोभा विभिन्न व्यक्तिसँग जोडिएकै कारण चर्चामा आइरहेकी छिन्। तर, उनको गोरो अनुहार पछाडिको कालो कर्तुत भने दुनियाँलाई थाहा छैन। पैसा र पावरवाला व्यक्तिलाई आफ्नो चंगुलमा फसाएर पैसा धुत्न खप्पिस् उनको विगतको बारेमा महेन्द्रनगरपोष्टले प्रमाण फेला पारेको छ। शोभाले २०७० भदौं ११ गते शिवराम भण्डारीसँग पहिलो बिहे गरेकी थिइन्। विवाह गरेको दुई वर्षपछि २०७२ असार १० गते खरी गाउँपालिका, धादिङबाट विवाह दर्ताको पनि प्रमाणपत्र लिएकी थिइन्। यस्तै छत्कुली थरका श्रीमानको मृत्युपछि टुहुरो छोरा छाडेर धेरै पुरुषसँग उठबस गरेकी शोभा डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष लक्ष्मण सिंहसँग पनि जोडिएको खुलेको छ। दुईपटक अस्पतालका अध्यक्ष भइसकेका…

Read More

धनगढी: धनगढीको आसरा सुधार केन्द्रमा सेवाग्राही बढ्दै गएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित डी गाउँमा सञ्चालित आसरा सुधार केन्द्रमा सेवाग्राहीको संख्या बढ्दै गएको हो। सुधार केन्द्रका प्रहरी इन्चार्ज वरिष्ठ सई टेकबहादुर चन्दले आसरामा सेवाग्राहीको संख्या बढिरहेको जानकारी दिए। उनका अनुसार अहिले ५ जना बिरामीले सेवा लिइरहेका छन्। लागुऔषधका दुर्व्यसनीहरुलाई सुपथ शुल्कमा गुणस्तरिय उपचारको व्यवस्था गरी असल र सिर्जनशिल नागरिक बनाई परिवार र समाजमा पुनःस्थापना गर्ने उद्देश्यले आसरा सञ्चालनमा ल्याइएको हो। सुधार केन्द्रको सञ्चालनबाट लागुऔषधको लतमा फसेकाहरुलाई सामान्य जीवनमा फर्काउन सहयोग पुग्ने बताइएको छ। नेपाल प्रहरीले सुरक्षा र व्यवस्था हेर्नेगरी प्रहरी परिवार महिला संघ सुदूरपश्चिम र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले आसरा…

Read More

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले लगाएको रोयल्टी ठेक्कामा ठेकेदार र कम्पनीले अन्धाधुन्ध अवैध रुपमा गरिरहेको नदीजन्य उत्खनन् तथा संकलन रोकिएको छ। आज (बुधबार) कञ्चनपुर र कैलालीका प्रमुख जिल्ला अधिकारीद्वय (सीडिओ) को टोलीले अवैध उत्खनन गरिरहेको स्थानमा अनुगमन गरि तत्काल काम रोक्न आदेश दिएका हुन्। आज संयुक्त अनुगमन गरिएकोमा पुल नजिकैको क्षेत्रमा गरिरहेको उत्खनन रोक्न आदेश जारी गरिएको र काम रोकिएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए। उनका अनुसार अहिले काम रोकिएको र मापदण्डअनुसार उत्खनन गर्न आदेश दिएर तटबन्ध र पुलक्षेत्रबाट १ किलोमिटर टाढा सीमाङ्कन गर्न भनिएको छ। यसअघि कृष्णपुर नगरपालिकाको वडा नम्बर ९ र धनगढी उपमहानगरपालिकाको वडा…

Read More

धनगढी: कञ्चनपुर प्रहरी र मातहतका कर्मचारीका एकपछि अर्का काण्ड सार्वजनिक भैरहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश डाँगीले नै जिप्रकाभित्रको गैरजिम्मेवारपूर्ण हर्कत र फितलो सुरक्षा व्यवस्थाको विषय उजागर गरेका हुन्। हिजो (आइतबार) मात्रै महेन्द्रनगरपोष्ट डटकमले कञ्चनपुर प्रहरीको मुद्दा शाखा हेर्ने इन्सपेक्टर बिनु शाहीले तत्कालीन प्रहरी जवान नरेन्द्र नाथ (नवीन) माथि गरेको यातना प्रकरण सार्वजनिक गरेको थियो। आज (सोमबार) सोही प्रकरणमा ‘विवादित’ इन्सपेक्टर शाहीको बचाउ गर्न कञ्चनपुर प्रहरीले एक विज्ञप्ति जारी गरेको छ। सो विज्ञप्तिमार्फत कञ्चनपुर प्रहरीका प्रवक्ता डीएसपी प्रकाश डाँगीले इन्सपेक्टर शाहीको कुनै गल्ती नसमेटी तत्कालीन प्रहरी जवान नाथ अनाधिकृत रुपमा प्रहरी हिरासतमा घुसेको जनाएका छन्। यस्तै पुस २२…

Read More