Author: टेकसिंह धामी

धनगढी : सुदूरपश्चिम प्रदेशमा सरकारका मन्त्री नियुक्त भएका ५ जना प्रदेश सभा सदस्य (माननीय) अलपत्रजस्तै अवस्थामा छन्। अलपत्र किनभने, अझैसम्म पनि उनीहरू सिपाहीबिनाका ‘सेनापति’ जस्तै छन्। यानिकी मन्त्री नियुक्त भएर सपथ ग्रहण भएपनि उनीहरुले मन्त्रालय अर्थात् विभाग नै पाएका छैनन्। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ २८ गते ७ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए। तीमध्ये ५ जनाले अझैसम्म जिम्मेवारी नपाएका हुन्। मुख्यमन्त्री सोडारीले माओवादी केन्द्र र नेकपा एमालेबाट ३–३ तथा एकीकृत समाजवादीका एक जना सांसदलाई मन्त्रीमा नियुक्त गरेका थिए। एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिलामन्त्री बन्दा माओवादी केन्द्रका ओमविक्रम भाट सामाजिक विकासमन्त्री बनेका थिए। त्यसबाहेक एमालेका वीरबहादुर थापा र हिरा…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका सचिव कम्मान सिंह खत्रीको सरुवा भएको छ। हालै खत्रीको सुदूरपश्चिमबाट सरुवा भएको हो। उनको सरुवापछि अर्थमा सहसचिव झकलराम अधिकारीलाई अर्थ सचिवको रुपमा पठाइएको छ। तर उनी आइसकेका छैनन्। झलक उनै मान्छे हुन्, जो केही समय अगाडि अध्यागमन विभागको महानिर्देशकको रुपमा कार्यरत थिए। सो समयमा उनी निकै विवादित बनेका थिए। विवादित मात्र होइन, उनलाई सुन तस्करी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस नै गरेको छ। ६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो। ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको थियो।हङकङबाट तस्करी गरेर…

Read More

धनगढी: हिजो (मंगलबार) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता पुनः खगराज भट्टलाई नै बनाउन निर्देशन दिए। सुदूरपश्चिमबाट सभामुखबाहेक माओवादीका सबै माननीयहरुलाई काठमाडौं बोलाएर प्रचण्डले स्थायी कमिटी सदस्यसमेत रहेका भट्टलाई दल नेतामा पुर्नस्थापित गर्न निर्देशन दिएका हुन्। यस्तै पार्टीको तर्फबाट सुदूरपश्चिम सरकारमा सहभागी भएका मन्त्रीहरुलाई भने फिर्ता नबोलाएर यथावत राख्न प्रचण्डबाट निर्देशन दिएको बताइएको थियो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै यो सबै निर्देशन लिने र दिने भएको बताइएको थियो। जबकी यस अगाडि सुरुमा दल नेता बनेका खगराजको अपमानजनक बहिर्गमन भएको थियो। खगराजलाई तत्कालीन समयमा बहुमतको निर्णयबाट हटाएर अर्का माननीय मानबहादुर धामी दल नेता बनेका थिए।…

Read More

धनगढी: कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआइजी अर्जुन चन्द ठकुरीलाई दिइएको छ। हिजो (बुधबार) गृह मन्त्रालयले केही डीआइजीहरुको सरुवा र पदस्थापन गर्दै ठकुरीलाई कर्णाली पठाएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी लालमणी आचार्यलाई भने भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको छ। अब आचार्यको स्थानमा ठकुरी आउने छन्। ठकुरी उनै विवादित प्रहरी अधिकारी हुन्, जो बेलाबेला विवादमा आइरहन्छन्। उनी डिएसपी हुँदादेखि नै विवादित बनेका हुन्। तत्कालीन समयमा चर्चित जमिम शाह हत्याकाण्डमा संलग्न भारतीय अपराधीसँग उनको कनेक्सन देखिएको थियो। उनी त्यसबेला डिएसपी थिए। त्यो घटनामा उनीमाथि छानबिन भएको थियो, तर त्यसबेला प्रहरी नेतृत्वको उनीप्रति सहानुभूति भएकाले जोगिएका थिए। त्यसपछि उनी एसपी भएर…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका एक जना एसपी तानिएका छन्। पर्साबाट एसपी किसन कर्माचार्यलाई एक साता अगाडि तानिएको हो। उनलाई तानेर काठमाडौंस्थित प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा राखिएको स्रोतले जनाएको छ। कमजोर कार्यसम्पादन र अवैध सामान ओसारपसारमा संलग्न तस्करसँग सम्बन्ध जोडिएको भन्दै उनलाई तानिएको बताइन्छ। तर सो कुरा हल्लामात्रै भएको केहीको दाबी छ। अहिले पर्सामा उनको सट्टा राधेश्याम धिमाललाई पठाइएको सशस्त्रका प्रवक्ता एवं डीआइजी कुमार न्यौपानेले महेन्द्रनगरपोष्टलाई बताए।

Read More

धनगढी: सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएपछि सरकार विस्तारको गृहकार्य थालेका छन्। सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीका सोडारीको नेतृत्वमा सरकार बनेको छ। उनले गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसहित एक स्वतन्त्रलाई समेत मिलाएर सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। तर स्रोतका अनुसार हालसम्म गृहकार्य थालिएकोमा सरकार विस्तारको टुंगोमा पुग्न भने सकिएको छैन। गठबन्धन दलभित्रका धेरैजसो माननीयहरुले मन्त्री बन्ने इच्छा प्रकट गरेर मन्त्री खाइछाड्ने लाइनमा लागेपछि गठबन्धन दलभित्र रहेका पार्टी र संसदीय दलमै रडाको मच्चिएको छ। सोही रडाकोका कारण पनि मुख्यमन्त्रीले तत्काल सरकार विस्तार गर्न सक्ने अवस्था देखिदैन। यद्यपि नेकपा माओवादी केन्द्र, नेकपा एमाले…

Read More

धनगढी: कञ्चनपुरमा प्रहरीमाथि गोली चलेको छ। हिजो (बुधबार) राति कृष्णपुर नगरपालिका-९ स्थित जानकी सामुदायिक वन पिपरियाको क्षेत्रमा प्रहरीमाथि एक राउण्ड गोली चलाइएको हो। सुरक्षा स्रोतका अनुसार तस्करी नियन्त्रणमा खटिएको प्रहरी टोलीमाथि जंगलमा लुकेर बसेका सिकारीको समूहले गोली चलाएको हो। हिजो राति सो जंगल क्षेत्रमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको सादा पोसाकको प्रहरी टोली अपरेसनका लागि खटिएको थियो। सो क्षेत्रको बाटो हुँदै अवैध चोरी तस्करीको सामान भित्र्याउने गरेको भन्ने सूचनाको आधारमा टोली त्यहाँ गएकोमा यस्तो घटना घटेको हो। जंगलमा जंगली जनावरको सिकार गर्नेहरुले प्रहरीमाथि गोली चलाएका हुन्। तर, गोली कसैलाई लागेको भने छैन। गोली चलाउनेहरूलाई…

Read More

धनगढी: कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरकी चाँदनी विष्ट। जो करिब एक महिनायता रुसी सेनामा भर्ती भएका आफ्ना श्रीमान् विराजनसहितका नेपालीको सकुशल उद्धार गरी नेपाल फर्काउनुपर्ने माग राखेर भइरहेको आन्दोलनमा थिइन्। उनी काठमाडौंमा पाँच महिनादेखि रुसी सेनामा कार्यरत विराजनलाई स्वदेश झिकाउन आन्दोलित थिइन्। तर विराजनको मृत्यु भएपछि उनको त्यो आन्दोलनको पनि मृत्यु भएको छ। आन्दोलन छोडेर काम विशेषले घर आएकी उनी वैशाख २१ मा फेरि आन्दोलनकै लागि काठमाडौं फर्किंदै थिइन्। यही बेला उनको परिवारमा विराजनको मृत्युको खबर पुग्यो। त्यसपछि अस्ति बिहीबारमात्र मृतकको कुशको पुतला बनाएर महाकालीमा अन्तिम संस्कार गरिएको छ। अहिले लास समेत नआएका विराजनकी श्रीमती चाँदनी र छोरा विश्वासजंग किरियामा बसेका…

Read More

काठमाडौं: नेकपा एमालेमा निष्क्रिय रहेका नेता एवं पूर्व पार्टी उपाध्यक्ष भीमबहादुर रावल र नेपाली काँग्रेसका पुराना नेता एवं हाल काँग्रेस (विपी) मा सक्रिय रहेका कर्णबहादुर मल्लबीच भेटवार्ता भएको छ। हिजो (शनिबार) काठमाडौंस्थित रावलकै निवासमा दुईजनाको वान टु वान वार्ता भएको हो। रावल निवासमा आफू पहिलोपटक पुगेको बताउँदै भेटवार्ता भएको नेता मल्लले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार भेटमा समसामयिक राजनैतिक एवं देशका विभिन्न सवालहरुमा छलफल र बातचित भएको थियो। यस्तै के तपाईंहरु सुदूरपश्चिममा छुट्टै पार्टी खोल्ने तयारी हुनुहुन्छ ? राजनैनिक वृत्तमा यस्तो पनि चर्चा छ भन्ने प्रश्नमा मल्लले पार्टी खोल्ने कुरा असम्भव नरहेको भन्दै हाललाई भने त्यस्तो कुनै तयारी नरहेको दाबी…

Read More

काठमाडौं: नेपाल प्रहरीका एक एआइजीको गाडीमा तेस्रो लिङ्गी हालेर चोभार डाँडा पुगाएपछि बबन्डर मच्चिएको पाइएको छ। प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका एआइजी टेकबहादुर तामाङको २ तारे गाडीमा स्वयम्भू नजिकैबाट तेस्रो लिङ्गी राखेर काठमाडौं जिल्लाको किर्तिपुर नगरपालिका-६ स्थित चोभार डाँडा पुगाएपछि बबन्डर मच्चिएको पाइएको हो घटना बैशाख २४ गते रातको भएपनी ढिलोगरी खुलेको हो। स्रोतका अनुसार सो दिनको राति करिव ११ बजेको समयमा प्रहरी प्रधान कार्यालयकै सवारी महाशाखामा कार्यरत एक प्रहरी हवल्दार र प्रहरी जवानले एआइजीको गाडी हेडक्वार्टरबाट निकाले। दाङ जिल्लाको गढवा गाउँपालिका घर भई प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार दिनेश पन्थी र सुर्खेतको बराहाताल गाउँपालिका-७…

Read More