Author: टेकसिंह धामी

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका एकजना पूर्व प्रमुखले काठमाडौंमा अनुकरणीय काम गर्दै आएका छन्। सशस्त्रका पूर्व आइजीपीसमेत रहेका शैलेन्द्र कुमार श्रेष्ठले विगत लामो समयदेखि परोपकारी र सामाजिक कार्यस्वरुप हरेक मंगलबार निशुल्क भोजन प्रदान गर्दै आएका हुन्। उनले कुनै हल्लाखल्ला र बिना प्रचार निरन्तर सो कर्म गर्दै आएको सुनाए। अहिलेको अवस्थामा अपवादबाहेक सामान्य भन्दा सामान्य सहयोग तथा दानको पनि प्रचार गर्दै आफूलाई परोपकारी सावित गर्न खोज्नेहरु पनि यत्रतत्र रहेको पाइन्छ। तर, पूर्व आइजीपी श्रेष्ठ भने प्रचार र हल्लाखल्लामा नभएर नित्यकर्ममा विश्वास गर्छन्। श्रेष्ठले आफूले जागिर अवधिमै सो मंगलभोजनको सुरुवात गरेको जानकारी दिए। उनका अनुसार त्यसबेला श्रेष्ठका एकजना मित्र अमेरिकामा थिए। उनका…

Read More

धनगढी : भारतबाट सुदूरपश्चिमको नाका हुँदै नेपालको राजधानीसमेत रहेको काठमाडौंसम्म गाडी तस्करी गर्नेहरूको नेक्सस पत्ता लागेको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीको उक्त नेक्ससको भण्डाफोर गरेको हो। अहिलेसम्म यसरी भारतबाट चोरीका गाडी नेपालमा ल्याएर तस्करी गर्दै बेचविखन गर्ने गराउने प्रकरणमा ६ जनालाई पक्राउ गरिएकोमा २ जना भने छुटेका छन्। यस नेक्ससमा महाशाखाको टोलीले नै देशभर प्रारम्भिक अनुसन्धान गरेको थियो। सो क्रममा प्रहरीले सुरुमा काठमाडौंबाट पुस ८ गते २ जना मान्छेलाई पक्राउ गरेको थियो। सुरुमा उनीहरु भारतबाट चोरिएका ५ ओटा गाडीसहित पक्राउ परेका थिए। उनीहरुले चोरीका गाडीको नक्कली सवारी दर्ता किताव बनाउने गर्दथे। यस्तो अपराध गर्नेमा काठमाडौंमा बस्दै आएका तर…

Read More

धनगढी: कैलाली प्रहरीले ‘कुख्यात’ अपराधी भनेका धनगढीका शेख मुनिर अहमद थुनामुक्त भएका छन्। सरकारी वकिल कार्यालयको पत्रपछि मुनिर अस्ति नै थुनामुक्त भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले जानकारी दिए। उनका अनुसार अहिले मुनिरको मुद्दामा प्रहरीले अनुसन्धान जारी नै राखेको छ। हाललाई मुनिरलाई बाहिरै राखेर अनुसन्धान गर्न भन्दै सरकारी वकिलको कार्यालयले भनेपछि सोही बमोजिम अनुसन्धान भैरहेको चन्दले बताए। केही समय अगाडि फरार रहेका मुनिर जिल्ला प्रशासन कार्यालय कैलालीमा अचानक फेला परेपछि समातिएका थिए। त्यसबेला मुनिरलाई सार्वजनिक मुद्दा चलाई थुनामा राखेर अनुसन्धान थालिएको थियो। यस्तै त्यो बेला मुनिरमाथि एक जनाको गाडी कब्जा गरेको मुद्दा पनि चलाइएको थियो। त्यतिमात्र होइन उनले…

Read More

धनगढी: सर्वोच्च अदालतले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डका ६ जना अभियुक्तलाई साधारण तारेखमा छाडेको छ। बाजुराको त्रीवेणी नगरपालिकास्थित वडानम्बर–७ का अयडीको हत्या प्रकरणमा ६ जना आरोपितलाई सर्वोच्चले छोडेको हो। बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले अयडी हत्या प्रकरणको मुद्दामा यस्तो आदेश गरेका हुन्। सो हत्या प्रकरणका अभियुक्तहरू तत्कालीन नेपाली काँग्रेसका वडाध्यक्ष जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई न्यायाधीशद्वयको इजलासले साधारण तारेखमा छोड्न आदेश दिएको हो। सर्वोच्च स्रोतका अनुसार सो मुद्दा पुर्पक्षको निमित्त थुनामा नै राख्नुपर्ने अवस्था मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट देखिन नआएकोले थुनामा राख्ने…

Read More

धनगढी : अछामस्थित जिल्ला कारागारभित्र र त्यहाँका सुरक्षाकर्मीसहित कर्मचारीको बेथिति बढेकोबढ्यै भएको पाइएको छ। जेलर र सुरक्षाकर्मीसहितको सेटिङमा कारागारभित्रै लागुऔषध लैजानेदेखि गैरकानुनी रुपमा कैदीलाई घुमाउन लैजानेसम्मकै बेथिति मौलाएको हो। स्रोतका अनुसार अघिल्लो महिना (मङ्सिर) को ७ गतेका दिन अछाम कारागारका निमित्त जेलर जीवन शाही र तत्कालीन सुरक्षाकर्मीका इन्चार्ज असई रबिन्द्र कलौनीसहितले कानुनको धज्जी उडाउँदै कैदीलाई बाजुरा भिजिटमा लगेको खुलेको छ। जेलर शाही र असई कलौनीले गैरकानुनी रुपमा अछाम कारागारभित्र लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका जेलका चौकीदार नरेश अवस्थीलाई बाजुरा लगेर घुमाई, रमाइलो र मोजमस्ती गराई ल्याएको आरोप लागेको हो। आरोपमात्र होइन, जेलर शाहीसँग जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी…

Read More

धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का उहिल्यै जमानाका सुरक्षा कमाण्डरको निधन भएको छ। शनिबार अचानक भारतमा रहेका तत्कालीन सशस्त्र द्वन्द्वकालताकाका सुरक्षा कमाण्डरसमेत रहेका माओवादी नेता तुला भुल (जटिल) को निधन भएको हो। पूर्व जनमुक्ति सेना तथा तत्कालीन युद्धरत अवस्थाको माओवादी पार्टीको केन्द्रीय कार्यालय एवं अध्यक्ष प्रचण्डकै सुरक्षा कमाण्डर रहेका उनले पार्टीको राजनीति पनि गरेका थिए। ५३ वर्षको उमेरमा जटिलको अचानक मृत्युु भएको र आइतबारमात्र आफूहरुले खबर पाएको उनका भाई जगत भुल (जीवन) ले जानकारी दिए। उनका अनुसार जटिल ३ महिना अगाडि भारतको महाराष्ट्र गएकोमा पत्नीसहित आफन्तहरुसँग बस्दै आएका थिए। तर, अचानक कुनै स्वास्थ्य समस्या नरहेका जटिलको निधन…

Read More

धनगढी: कञ्चनपुरस्थित महाकाली नदीको रोयल्टीको ठेक्का माफियाकै कब्जामा परेको पाइएको छ। विगतका आर्थिक वर्षमा रोयल्टीको ठेक्कामा भ्रष्टाचार गरेकाहरुसहितकै समूहले अहिले पनि ठेक्का हत्याएको पाइएको हो। झण्डै ३ महिना ढिलोगरी खुलेको महाकाली नदीको रोयल्टी संकलनको ठेक्का काठमाडौंको टाइगर सगरमाथा जेभी हात पारेको हो। निकटस्थ स्रोतका अनुसार नारद पाण्डे, पदम बोहरा, दिवाकर भट्ट र तेजबहादुर चन्दसमेत साझेदार रहेको सो कम्पनीले भ्याटसहित ७ करोड ७७ लाखमा रोयल्टी ठेक्का पाएको हो। सो कम्पनीका तर्फबाट ठेकाको सम्झौताको अख्तियारी भने रमेश बोहराले लिएको बताइन्छ। यस्तै यो कम्पनीले सेटिङमा ठेक्का हात पारेको आरोप समेत लागेको छ। किनकी यस कम्पनीका हर्ताकर्ता रहेका तेजबहादुर उनै मान्छे हुन्, जसको विगतका…

Read More

धनगढी: जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका डा. रवि यादवको काज फिर्ता गरिएको छ। हिजो (आइतबार) यादवको काज फिर्ताको पत्र आएको हो। अछाम अस्पतालमा एक्ला स्थायी चिकित्सक रहेका यादवको हाजिर भएको ३ महिना पनि नपुग्दै काज फिर्त गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यादव काज फिर्ता गरिएको जनाएको छ। यादव असोज २ गतेमात्रै अछाम अस्पतालमा हाजिर भएका थिए।तत्कालीन (हालै सरुवा भएका) सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालले सुदूरपश्चिममा यादवसहितका संघका चिकित्सकहरु पुल दरबन्दीमा ल्याएका थिए। तर उनीहरु अस्पतालभित्रको राजनीतिक दबाब र किचलोका कारण टिक्न भने सकिरहेका छैनन्। अछाम अस्पतालका मेसु यादवको पनि राजनीतिक दबाबकै कारण काज फिर्ता भएको बताइएको…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयको सरुवा प्रकरणमा परेका उजुरीको अझै छिनोफानो भएको छैन। मन्त्रालयका कर्मचारीहरुले मापदण्डविपरीत सरुवा गरिएको विषयमा दिएको उजुरीउपर कुनै कारबाही नभएको हो। मन्त्रालय स्रोतका अनुसार उजुरी परेको २ महिना भन्दा बढी बित्दा पनि सो सम्बन्धमा कुनै छिनोफानो नभएको हो। सामाजिक विकास मन्त्रालयले गत भदौ २९ गते प्रदेश निजामति कर्मचारी सरुवा तथा काज सम्बन्धि मापदण्ड २०८० विपरीत राजनीति र आर्थिक स्वार्थमा कर्मचारी सरुवा गरिएको भन्दै मुख्यमन्त्री कार्यालयमा निवेदन परेका थिए। ७ जना कर्मचारीले सरुवाका सम्बन्धमा मुख्यमन्त्री कार्यालयमा उजुरी गरेका थिए। सामाजिक विकास मन्त्रालयले त्यसबेला ३० जना कर्मचारीको सरुवा गरेको थियो। तीमध्ये सात जनाले मापदण्डविपरीत सरुवा…

Read More

धनगढी: कञ्चनपुरस्थित बेलौरी नगरपालिका क्षेत्रका नाका एरियामा सशस्त्र प्रहरी बल, नेपालका एक इन्सपेक्टरले घुस धन्दा चलाएको आरोप लागेको छ। बेलौरी नगरपालिकाको वडा नम्बर ६ स्थित नाका क्षेत्रमा सशस्त्रका इन्सपेक्टर नरेश चौधरीले घुस लिने गरेको आरोप लागेको हो। त्यहाँको ढक्का चादर नाका क्षेत्रमा तस्करी गरेर माल, सामान ल्याउनेहरुबाट चौधरीले मासिक ५ हजारका दरले पैसा बुझ्ने गरेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार दसैंको बेलामा तिनै चौधरीले त्यहाँका स्थानीय व्यापारीहरूबाट १५ हजार रुपैयाँ बुझेका थिए। चौधरीले भारतबाट नेपालतर्फ सामान ल्याएर नेपालमा व्यापार गर्ने दसैं अगाडि प्रती ५/५ हजार लिएर सामान ल्याउन दिने सोमराज सुनार, जितेन्द्र गुप्ता र सन्दिप गुप्ताबाट ५/५ हजारका दरले…

Read More