Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: जङ्गली हात्ती नियन्त्रण गर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चार वडामा स्वचालित बत्ती जडान कार्य सुरु गरिएको छ । हात्तीको बथानले किसानको खेतबारीमा छिरेर धान, उखुलगायत बालीमा नोक्सानी पुर्याउन थालेपछि बत्ती जडान कार्य सुरु गरिएको हो । हात्ती प्रभावित वडा नं ५, ६, ९ र १० मा बत्ती जडान भइरहेको वडा नं ५ का अध्यक्ष चक्रबहादुर खडकाले बताए । उनका अनुसार सम्बन्धित वडा कार्यालयले बजेटको व्यवस्था गरी बत्ती जडान गर्न थालेका हुन् । वडा नं ५ मा ३०, वडा नं ६ मा ६०, वडा नं ९ मा १६ र वडा नं १० मा ४० वटा बत्ती जडान भइरहेको अध्यक्ष खडकाले…

Read More

काठमाडौं : काठमाडौंमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । पौडल कप्तान रहेको नेपाली टिममा आरिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करन केसी, प्रजित जिसी, ललित राजभण्डारी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सुर्य तामाङ र मौसम ढकाल रहेका छन् । हङकङ र यूएईलाई समावेश गरेर नेपालले काठमाडौंमा त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गर्दैछ । टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप सिरिज आयोजना हुन लागेको हो । लिग चरणका…

Read More

कैलालीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय र सुशासनमा सरकार दृढ रहेको बताएका छन्। माओवादी नेता कृष्ण बढुवाल (महेश) को श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् बडुवाल सुदूर पश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन्। निमोनिया बाट ग्रसित बढुवालको असोज १० गते भारत उपचारका लागी लैजाने क्रममा निधन भएको थियो। आज प्रधानमन्त्री प्रचण्ड बढुवालको स्मृतिमा आयोजित शोक सभामा पुगेका थिए। उनले सामाजिक न्याय र सुशासनका काम गर्दै महेश जस्ता योद्धाहरूको सपना पूरा गर्ने लक्ष्यमा सरकार रहेको बताए। समाजवादी मोर्चाको सन्देश सभामा सहभागी हुन् प्रधानमन्त्री आज कैलाली आएका हुन् । धनगढीमा सन्देश सभा हुनु अघि प्रधानमन्त्री लम्की चुहा नगरपालिका पुगेका…

Read More

काठमाडौं : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार चीन प्रस्थान गरेका छन्। चीनमा हुने तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन श्रेष्ठ चीनतर्फ गएका हुन्। मंगलबार र बुधबार चीनको राजधानी बेइजिङमा हुने बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे समेत छलफल हुनेछ । सो कार्यक्रममा श्रेष्ठले सम्बोधन गर्नेछन्। उपप्रधानमन्त्री श्रेष्ठ ७ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनतर्फ गएका हुन्। चीन भ्रमणका क्रममा उनले चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् चिनियाँ कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वाङ सियाङसीसँग भेटवार्ता गर्नेछन्। सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सि जिनपिङले आयोजना गरेको रात्रिभोजमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ सहभागी हुने उनको…

Read More

काठमाडौं : बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा हुुँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरु र दशैंघरमा ब्रह्मचारिणी भगवतीको पूजा गरिन्छ ।

Read More

धनगढी : कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री कार्कीले दसैँअघि नै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् । त्यसका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । कोशी प्रदेशसभाको बैठक १ कात्तिक बिहान ११ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री कार्कीनिकट स्रोतका अनुसार सोही दिन मुख्यमन्त्रीले विश्वासको मत लिनेछन् । एमालेका ३९ र कांग्रेस नेता डा. शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा शनिबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्यमन्त्रीको शपथ लिएसँगै कार्कीले एमाले र कांग्रेसका एक-एक जनालाई समेटेर मन्त्रिपरिषद्…

Read More

धनगढीः नेपाली राजदूतावासले पाँच जना नेपाली विद्यार्थीको शव प्राप्त भएको जनाएको छ। प्यालेस्टिनी अतिवादी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका पाँच जना नेपाली विद्यार्थीको शव प्राप्त भएको दूतावासले जानकारी दिएको हो। नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव नेपाल पठाउने तयारी भइरहेको दूतावासको भनाई छ। त्यस्तै, दूतावासले सम्पर्कविहिन विपिन जोशीको खोजी कार्यलाई तीव्र पारिएको जनाएको छ। आक्रमणमा परेर घाइते भएकामध्ये एक जना दूतावासको हेरचाहमा र दुई जना अस्पतालमा उपचाररत रहेको बताइएको छ। हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए। अन्यको शव पनि प्राप्त हुनेक्रममा रहेको दूतावासले बताएको छ।

Read More

बाजुराः सञ्चारको भरपर्दो सुविधा नरहेको बाजुरामा चार वटा स्थानमा नेपाल टेलिकमको नमस्ते मोबाइलको टावर निर्माण हुने भएका छन्। सञ्चारको भरपर्दो सुविधा नभएको बुढीनन्दा नगरपालिकाका बिभिन्न स्थानमा टेलिकम टावर निर्माण हुने भएका हुन्। बुढिन्नदा नगरपालिकाको वडा नम्बर ८ को हर्शाली, वडा नम्बर ७ को कर्केली, वडा नम्बर ३ र वडा नम्बर १ को सल्लेरीमा रिपिटर टावर निर्माण हुने भएको नगरपालिकाका नगर प्रमुख जनककुमार बोहराले बजानकारी दिए।

Read More

काठमाडौं : आइसीसी एक दिवसीय विश्वकप क्रिकेटमा सोमबार अष्ट्रेलिया र श्रीलंका भिड्दैछन्। भारतको लखनऊमा दिउँसो सवा २ बजे शुरु हुने खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन्। दुवै टोलीले शुरुवाती दुई खेलमा हार व्यहोरेकाले आजको खेल महत्त्वपूर्ण छ। भारत र दक्षिण अफ्रिकासँगको खेल हारेको अष्ट्रेलिया अंक तालिकाको अन्तिम स्थानमा छ। यस्तै दक्षिण अफ्रिका र पाकिस्तानसँग पराजित भएको श्रीलंका आठौँ स्थानमा छ। यी दुई टोलीबीच भएका पछिल्ला पाँचवटा एक दिवसीय खेलमा तीन खेल श्रीलंकाले जित्दाअष्ट्रेलिया दुई खेलमा ​ विजयी भएको छ । यसअघि गएरातिको खेलमा अफगानिस्तानले इङ्ल्याण्डलाई ६९ रनले हराएको थियो ।

Read More

पोखरा: बझाङको साइपाल गाउँपालिका–१ का राजेन्द्रबहादुर धामीले विसं २०६८ सालदेखि पोखरामा च्याङ्ग्रा झार्न थालेका थिए। उनले गाउँमा च्याङ्ग्रा पालन गरी बर्सेनि दसैँको समयमा बेच्न पोखरा ल्याउने गरेका थिए। विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उनले बझाङको साविकको काँडा गाउँपालिका अध्यक्ष पदमा विजयी भए। यसलगत्तै उनी सबै काम छाडेर गाउँलेको सेवामा लागे। गाउँलेकै आग्रहमा काँडा गाउँपालिकाको नाम साइपाल गाउँपालिकामा परिवर्तन गरे। जनप्रतिनिधि भएर काम गर्दा उनले च्याङ्ग्रा व्यापार धेरै सम्झिने गरेका थिए। गाउँको सेवामा लागिरहँदा यसमै लत बसिसकेको थियो। जनताको सुख दुःखमा साथ दिँदादिँदै पाँच वर्ष बित्यो। विसं २०७९ मा पुनः स्थानीय तहको निर्वाचन हुने भयो। उनलाई फेरी जनप्रतिनिधि भएर काम…

Read More