Author: महेन्द्रनगर पोष्ट

बारा: बारा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्। यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। यादवले २८ हजार चार १५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन्। यसैगरी एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत पाएका छन्।

Read More

धनगढीः धनगढीको गेटास्थित एयरपोर्टमा प्रहरीले १७ महिलालाई नियन्त्रणमा लिएको छ। आज (मंगलवार) दिउँसो विमानस्थल क्षेत्रमा तारजाली तोडेर घाँस काट्न गएका १७ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुले विमानस्थलको धावन मार्गको पश्चिमतर्फको तारजाली तोडेर घाँस काटेको जनाइएको छ। महिलाहरुले अनाधिकृत रुपमा प्रवेश गरेर घाँस काटेपछि उनीहरुलाई विमानस्थलमा सुरक्षार्थ खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। घाँस काटिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए।

Read More

धनगढीः गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बैतडीबाट उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन्। प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर भण्डारीले निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका हुन्। उक्त विवरणअनुसार बैतडीबाट निर्वाचित भएका भण्डारीले ६ लाख ६८ हजार २७५ रुपैया खर्च गरेकोे जनाएका छन्। मतदाता नामावली प्रिन्ट, नमूना मतपत्र छपाई, घोषणापत्र छपाई, स्वस्तीक छाप, पार्टीको झण्डा, सहभागीहरुको खाना, यातायत र वासमा उक्त रकम खर्च भएको बताइएको छ।

Read More

धनगढीः पन्जावबाट नेपाल फर्किरहेका दार्चुलाका धुनुराम लावड बाटोमै लुटिएका छन्। जिल्लाको लेकम गाउपालिका १ सर्मोली स्थायी घर भएका धुनुराम बसकै लुटपाटमा परेका हुन्। उनको साथबाट लुटेराहरुले ३० हजार बढी नगद, मोबाइल फोन र अन्य कपडाहरु लुटेको बताइएको छ। उनलाई बेहोस पारेर बाटोमा लुटिएको बुझिएको छ। बेहोस चएर लुटिएका उनलाई बसवालाले टनकपुरमा उपचार गराएका थिए। त्यसपछि उनी त्यहाँबाट महेन्द्रनगर आएका थिए। यस्तै आज आफ्न एक आफन्तको सहयोगमा आफू महेन्द्रगरबाट दार्चुला गैरहेको उनले बताए। लुटेराहरु को हुन् ? भन्नेबारे भने केही पत्तो लागेको छैन्।

Read More

धनगढीः प्रभु बैंकका ग्राहकले सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरको ओपिडी परीक्षण सेवामा १५ प्रतिशत छुट पाउने छन्। प्रभु र धनगढीको कैलालीस्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरबीच समझदारी भएपछि उक्त छुट उपलब्ध गराउन लागिएको बताइएको छ। बैंकको धनगढीस्थित शाखा कार्यालयका प्रमुख नगेन्द्ररत्न कोइराला र हस्पिटलका अध्यक्ष दिनेशराज जैसीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। जसअनुसार बैंकका ग्राहकले हस्पिटलद्वारा सञ्चालित ओपिडी परीक्षण सेवामा १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ। यसका साथै प्याथोलोजी, एक्सरे, युएसजी, एन्डोस्कोपी, नर्मल बेड, एचडीयु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयु÷एनआइसीयु सेवामा १० प्रतिशत र फार्मेसीबाट ५ प्रतिशत छुट पाउन सक्नेछन्। बैंकले छुट सुविधा उपभोगका लागि प्रभुको डेबिट कार्ड, क्रेडिट…

Read More

उत्तराखण्डः आजबाट उत्तराखण्डस्थित केदारनाथ धाममा विधिवत रुपमा पूजापाठ सुरु गरिएको छ। मंगलबार बिहान ६ बजेर २० मिनेटमा दर्शन र पूजापाठका लागि केदारनाथ धामका द्धारहरु खोलिएका छन्। धामको द्धार खोलिएको अवसरमा केदारनाथ मन्दिरलाई ३५ क्विन्टल फूलले सजाइएको थियो। उक्त अवसरमा हेलिकप्टरबाट भक्तजनमाथि पुष्पवृष्टि गरिएको थियो। त्यसपछि मन्दिर समितिका पदाधिकारीहरुको उपस्थितिमा प्रशासनले मन्दिरको ढोका खोलेको थियो। ढोका खुल्नेबित्तिकै महादेवको जयकारले धाम गुञ्जिएको थियो। यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पनि केदारनाथ मन्दिर पुगेर पूजा गरेका थिए। ढोका खुलेसँगै केदारनाथ धाममा आजदेखि हेली सेवा सञ्चालन भएको छ। केदारनाथ हेली सेवाको बुकिङ वैशाख ७ गते सकिएको थियो। दोस्रो चरणको यात्राको लागि टिकट बुकिङको समय चाँडै…

Read More

धनगढी: धनगढीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिएको घटना मिलाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले मोटरसाइकल धनि र सवारी चालकबिच सहमति भएपछि घटना मिलाइएको जानकारी दिए। उनका अनुसार ठोक्किएका २ मोटरसाइकललाई मर्मत गर्ने सहमति भएपछि घटना रफादफा भएको हो। हिजो राति धनगढीस्थित क्याम्पस रोडमा साढे १० बजे सरकारी नम्बर प्लेटको उक्त गाडीले पार्किङ गरिएका २ मोटरसाइकललाई ठोकेको थियो। मदिरामा लट्ठ परेका चालक डम्बर थापाले ब्याक गर्नेबेला एक फार्मेसी बाहिर पार्किङ गरेका २ मोटरसाइकललाई ठोकेका हुन्। ठक्कर दिएपछि हिजो प्रहरीले चालकलाई छाडेर गाडी मात्रै नियन्त्रणमा लिएको थियो।

Read More

धनगढी: धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति कुबेर खड्काले पुराना र ठूला दलका नेताहरु दलाल भएको दाबी गरेका छन्। सामाजिक संजालमार्फत उनले यस्तो दाबी गरेका हुन्। नेकपा एमाले निकट अनेरास्ववियुबाट स्ववियुमा निर्वाचित भएका उनले राष्ट्रिय स्वतन्त्र पार्टीले जित्दा लोकतन्त्र खतरामा नपर्ने पनि जनाएका छन्। नेपाल देश दलालहरुको मात्र नभएको उनको जिकिर छ। उनी हालै नेकपा एकीकृत समाजवादी त्यागेर एमाले प्रवेश भएका थिए। यस्तो छ कुबेरको स्टाटस

Read More

धनगढीः धनगढी बजारमा लागुऔषध ‘ड्रग’प्रयोगविरुद्ध पदयात्रा गरिएको छ। आज बिहान सचेतना जगाउन रोडमा पदयात्रा गरिएको हो। पदयात्रालाई धनगढी उपमहानगर वडा नम्बर–५ को आयोजना तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य प्रवर्धन केन्द्र र निसर्ग हस्पिटल धनगढीको प्रायोजन गरेको हो। धनगढी पार्कमोडबाट सुरु भएको पदयात्रा धनगढी बजार क्षेत्र, वडा नम्बर–४ हुँदै डिभोडी चोकमा पुगेर समापन भएको थियो। पदयात्रामा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, प्रदेश सभा सदस्य रमेशसिंह धामी, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरा, कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, कैलाली प्रहरी प्रमुख देवेन्द्र पालको सहभागिता रहेको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य धामीले लागुऔषध नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध…

Read More

धनगढी: कैलालीको धनगढीस्थित क्याम्पस रोडमा हिजो राति साढे १० बजे एक सामान्य दुर्घटना भयो। गाडीले पार्किङ गरिराखेका २ ओटा मोटरसाइकल ठोकेको थियो। सरकारी नम्बर प्लेटको उक्त गाडी सुदूरपश्चिम प्रदेश अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको रहेको खुलेको छ। मदिरामा लट्ठ परेका चालक डम्बर थापाले ब्याक गर्नेबेला एक फार्मेसी बाहिर पार्किङ गरेका २ मोटरसाइकललाई ठोकेको प्रहरीले जनाएको छ। तर, प्रहरीले भने चालकलाई छाडेर गाडी मात्रै नियन्त्रणमा लिएको छ।

Read More