Author: महेन्द्रनगर पोष्ट

रुकुमपश्चिम- नेकपा माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारबीच झडप भएको छ । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–१ मा माओवादी केन्द्रबाट उम्मेदवार लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षबीच झडप भएको हो । मंगलबार बिहान भएको झडपमा ६ जना घाइते भएका छन् । घाइते हुनेमा धर्मेन्द्र सुनार, जीवन पुन, टीकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन छन्  । घाइतेमध्ये धर्मेन्द्र, जीवन र टीकाजंगको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ  । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार उनीहरूलाई नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा पठाइएको छ  । सुन्दरले माओवादी केन्द्रबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए  । उनी माओवादी केन्द्रका…

Read More

काठमाडौं- भारतमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३९ संक्रमित थपिएका छन् । योसँगै ५४ बिरामीको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । दिल्ली कोरोनाको हटस्पट बनेको छ । मंगलबार दिल्लीमा १ हजार ४१४ नयाँ कोरोना संक्रमित भेटिएका छन् । जबकि यसअघि राजधानीमा १ हजार ७६ जनामा ​​संक्रमण देखिएको थियो ।

Read More

काठमाडौं- देशका विभिन्न ठाउँमा अहिले मौसम बदली भइरहेको छ । विशेष गरेर मुलुकका पहाडी भूभागमा बदली रहेको छ । स्थानीय वायु, भारतको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा मौसम बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पहाडी भूभागका केही र तराईका एक/दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More

कैलाली- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले स्थानीय तहको चुनावमा गठबन्धनले ७० प्रतिशत स्थानमा जित्ने दाबी गरेकी छन् । मंगलबार कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडाँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राणाले अहिलेको आँकडाले समग्र देशमा ७० प्रतिशत जित हुने देखिएको बताइन् । उनले गोदावरी नगरपालिकासहित ७० प्रतिशत स्थानमा जित्ने प्रष्ट पारिन् । ‘गठबन्धनलाई जिताउन सबैलाई रुख र कलममा भोट हाल्न भन्नुहोस्,’ उनले भनिन्, ‘देशमा सबैलाई मिलाएर लग्नेलाई भोट हाल्नुहोस् ।’ उनले कैलालीमा गठबन्धनको राम्रो वातावरण बनेको बताइन् । गठबन्धमा भोट हाल्न झञ्जटिलो भएकाले समय दिएर भोट हाल्न आग्रह गरिन् ।

Read More

दार्चुला- आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीमा राजनीतिकरण भएको भन्दै नेपाल निजामति कर्मचारी संगठनले आपत्ति जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतको सूची सार्वजनिक गरेपछि कर्मचारी संगठनले आपत्ति जनाएको हो । कर्मचारी संगठनले विज्ञप्तीमा ट्रेड युनियनका पदाधिकारी समावेश गरिएको, अधिकृत र जेष्ठ नायवसुबवा कर्मचारी नखटाएको, मापदण्ड विपरित सीमित विद्यालयका शिक्षक मतदान अधिकृतमा खटाएको, जेष्ठता र तहलाई ख्याल नगरिएको आरोप लगाएको छ । यस्तै निर्वाचनमा करारका कर्मचारी खटाएको, उम्मेदवारका आफन्तलाई निर्वाचनमा खटाएको विज्ञप्तीमा भनिएको छ । स्थानीय निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ विपरित कर्मचारी खटनपटनप्रति ध्यानाकर्षण भएको कर्मचारी संगठनले ठहर…

Read More

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र १० खेलाडीबीचको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले छानबिन समिति गठन गर्ने भएको छ । मुख्य प्रशिक्षकको निर्देशनमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाड्न बाध्य १० खेलाडीसँग मंगलबार छलफल गरेपछि घटनाबारे निष्पक्ष छानबिन गर्न एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा सहमत भएका छन् । बुधबार छानबिन समिति गठन गर्ने एन्फाले जनाएको छ । अघिल्लो साता प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यशैलीमा असहमति जनाउँदै बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले क्याम्प छाडेका थिए ।

Read More

काठमाडौँ, स्थानीय तह निर्वाचनका लागि देशका ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । मधेस प्रदेशका जिल्ला र बागमतीका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार ७५३ वटा स्थानीय तहमा ६ हजार ७४३ दलित महिला सदस्य पदका लागि १ सय ७० दलित महिला सदस्य पदमा मनोनयन दर्ता नभएको उनले बताए । ३५३ जना उम्मेदवार विभिन्‍न पदमा निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए ।-सोहीअनुसार आचारसंहिताको प्रावधान विपरित उम्मेदवार तथा राजनीतिक…

Read More

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका ८ बाट करिब ५६ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत घर भएका २० वर्षीय अजबिन्द्र सिंह र बेलौरी नगरपालिका ९ कानपुर बस्ने १९ वर्षीय धर्मेन्द्र रेग्मी रहेका छन् । बिना नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Read More

कैलाली- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार धनगढी आउने भएका छन् । उनी चुनावी सभालाई सम्बोधन गर्न धनगढी आउने भएका हुन् । अध्यक्ष ओलीले धनगढी उपमहानगरपालिकासहित कैलालीको बर्दगोरिया गाउँपालिका र कञ्चनपुरको महेन्द्रनगरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

Read More

कैलाली- प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम आउँदैछन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचारप्रसारका लागि प्रधानमन्त्री देउवा यहाँ आउन लागेका हुन् । देउवा चुनावी सभालाई सम्बोधन गर्न देशका विभिन्न ठाउँमा पुग्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनका अनुसार सभापति देउवाले वैशाख २६ गते कैलालीको धनगढी तथा वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् । कांग्रेस र गठबन्धन जिताउन देउवासहित पार्टीका शीर्ष नेताहरूले विभिन्न स्थानमा हुने सभालाई सम्बोधन गर्ने पौडेलले बताएका हुन् । देउवाले वैशाख २१ गते मोरङको विराटनगर, वैशाख २२ गते चितवनको भरतपुर, वैशाख…

Read More