Author: महेन्द्रनगर पोष्ट

धनगढी: बैतडीमा नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनका दुई अध्यक्ष तोकिएको पाइएको छ। हिजो (मंगलबार) नै जिल्लामा २ अध्यक्ष तोकिएको पाइएको हो। यसरी अध्यक्ष तोकिनेमा विरेन्द्र कुमार साउद र दिपेन्द्र बहादुर ढुङ्गाल रहेका छन्। उनीहरू दुबै जनालाई नेविसंघको केन्द्रिय कार्यालयको लेटरप्याडमा छापसमेत ठोकिएको पत्रले जिम्मेवारी तोकिएको भन्दै जानकारी दिएको छ। तर उनीहरूमध्ये दिपेन्द्रलाई हालका नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बैतडीको नेविसंघ जिल्ला अध्यक्ष तोकेका छन् भने अर्का विरेन्द्रलाई कपिल केसीसहितले हस्ताक्षर गर्दै अध्यक्षको जिम्मेवारी दिएका छन्। अध्यक्ष शेर्पाले आधिकारिक रुपमा दिपेन्द्रलाई दिएको जिम्मेवारीको विरुद्धमा अर्को पक्षले विरेन्द्रलाई जिम्मेवारी दिइएको जनाएको छ। अधिवेशनकै मुखमा नेविसंघ बैतडीमा यस्तो रडाको मच्चिएको हो।

Read More

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई भेटेर उनका कार्यकर्ताले योजनाको लिष्ट नै बुझाएका छन्। सुदूरपश्चिमको बजेटमा बिचौलियाको जालो रहेको कुरा चर्चा चलेकै बेला मुख्यमन्त्रीका पार्टीका कार्यकर्ता पनि बजेट हत्याउन सक्रिय बनेका हुन्। उनीहरूले मुख्यमन्त्री कार्यालयमै पुगेर योजनाको लिष्ट बुझाएको जानकारी दिएका छन्। बुधबार फाइलै बोकेर मुख्यमन्त्री कार्यालय पुगेका केही युवाहरूले समाजवादीको तर्फबाट योजनाहरु बुझाएको भन्दै सामाजिक सञ्जालमै सार्वजनिक गरेका छन्। उनीहरू मुख्यमन्त्री सोडारीका निकटस्थ रहेको र उनीहरूले पनि योजना किनबेचमा भूमिका खेल्ने गरेको आरोप छ। यसरी लिष्ट बुझाउनेमा (एकीकृत समाजवादी) गाैरीगंगा नगरपालिका कमिटीका नेताहरु छन्। सो क्षेत्र मुख्यमन्त्री सोडारीको निर्वाचन क्षेत्र पनि हो। उनै मुख्यमन्त्रीका निर्वाचन क्षेत्रका कार्यकर्ताका तर्फबाट फाइलै…

Read More

धनगढीः कैलालीको घोडाघोडीमा नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–६ व्यबस्थितनगरकी ८ वर्षीया मनिषा बिकको नालामा डुबेर मृत्यु भएको हो। उनको सोही पालिकाको झिङ्गेझाला नालामा नुहाउँने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखड्ले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिमका सभामुखको कार्यकक्षमै लफडा भएको विषय सार्वजनिक भएको छ। हिजो (मंगलबार) सभामुख भीम भण्डारीको कार्यकक्षमै लफडा भएको हो। लफडा यतिसम्मकी त्यहाँ प्रदेश सभाका मर्यादापालक प्रहरी नै आउनुपरेको बताइएको छ। नेकपा एमालेका प्रदेश सभा संसदीय दलका नेता राजेन्द्र रावल र नेकपा माओवादी केन्द्रका माननीय एवं दलका नेता मानबहादुर धामीको आपसमा लफडा परेको स्रोत बताउँछ। स्रोतका अनुसार प्रदेशसभामा ठूलो दलको हैसियतका विषयमा विवाद भएपछि लफडा भएको हो। प्रदेशसभामा धन्यवाद प्रस्ताव प्रस्तुत गर्नका लागि प्रस्तावक र समर्थक बस्ने, बसाल्ने विषयमा विवाद भएपछि लफडा निम्तिएको थियो। त्यसपछि माननीयहरु उग्र हुने देखिएकाले मर्यादापालक गएर स्थिति सामान्य बनाइएको थियो। स्रोतको भनाईअनुसार स्थिति कार्यकक्षमै कुटाकुटसम्मै पुग्ने…

Read More

काठमाडौं: नेपाल प्रहरीका २ जना इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन्। बुधबार प्रहरीको प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फका प्रहरी निरीक्षकद्वय डीएसपीमा बढुवा सिफारिस भएका हुन्। यसरी सिफारिस हुनेमा इन्सपेक्टर उमेश प्रसाद साह र इन्जिनियर मुकेश तिवारी रहेका छन्।

Read More

धनगढी: सुदूरपश्चिमका विभिन्न स्थानमा बुधबार बेलुकातिर वर्षा भएको छ। सुदूरपश्चिमको अस्थायी मुकाम कैलालीको धनगढीसहित कञ्चनपुरको महेन्द्रनगर लगायतका क्षेत्रमा असिनासहित वर्षा भएको हो। केहीबेरको वर्षाले निरन्तर उकालो लागिरहेको गर्मी केही कम महसुस गरिएको छ भने बढ्दो गर्मीमा राहत महसुस भएको स्थानीयको भनाई छ। यस्तै उता डोटीसहितका अन्य पहाडी जिल्लाहरुमा भने ठूलो हावाहुरी चलिरहेको बताइएको छ।

Read More

धनगढी : सुदूरपश्चिम खेलकुद परिषद्ले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पहिलो जित हासिल गरेको छ। नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमले कोशी प्रदेश खेलकुद विकास बोर्डलाई ३-१ को सेटमा पराजित गरेको हो। पहिलो सेट १९-२५ ले गुमाएको सुदूरपश्चिमले त्यसपछिका तीन सेट जितेको थियो। दोस्रो सेट २५-२१ ले जितेको सुदूरपश्चिमले तेस्रो र चौथो सेट २५-२२ र २५-१६ ले आफ्नो पक्षमा बनायो।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा समेत वर्षभरी काम नगर्ने परिपाटीकै कारण चालु आर्थिक वर्षमा विनियोजित बजेटको ठूलो हिस्सा खर्च हुन नसकेको पाइएको छ । चालु आर्थिक वर्ष २०८०/८१ सकिन दुई महिना मात्र बाँकी रहेको अवस्था प्रदेश सरकारको बजेट खर्चको अवस्था सन्तोशजनक छैन । वर्षका १० महिना चालुतर्फ ४२.०८ र पुँजीगततर्फ ३२.९६ गरेर ३६ प्रतिशत बजेट मात्रै खर्च गरेको प्रदेश सरकारले ६४ बजेट हिस्सा भने खर्च गर्न बाँकी रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । चालु वर्षमा प्रदेश सरकारले कुल २९ अर्ब २८ करोड ४० लाख ४० हजार बजेट विनियोजन गरेको थियो । यो मध्ये सरकारले १० अर्ब ६४ करोड…

Read More

काठमाडौं: नेपाल प्रहरीकी ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी शाहीलाई भैंसेपाटी पठाइएको छ। शाहीलाई प्रहरी प्रधान कार्यालयले भैंसेपाटीको इन्चार्जको रुपमा पठाएको हो। उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले मेट्रोको मागअनुसार शाहीलाई ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा खटाइएको जानकारी दिए। सो प्रभागमा इन्सपेक्टरको दरबन्दी भने छैन। तर बजेट बिनाको सो प्रभागमा शाहीलाई काजमा खटाइएको हो। शाही उनै विवादित इन्सपेक्टर हुन्, जो यस अगाडि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा कारबाहीमा समेत परेकी थिइन्। विभिन्न घटनाहरुमा उनलाई विभागीय कारबाही भएको थियो। पछिल्लोपटक उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन्। त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो। त्यस…

Read More

धनगढी : सशस्त्र प्रहरी बल, नेपालले २४ सै घण्टा तैनाथ रहने गरी विपद् व्यवस्थापन तालिम प्राप्त डेडिकेटेड मनसुन प्रतिकार्य टोली गठन गरेको छ । मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपद्‌मा परेकाहरूको तत्कालै उद्धारको लागि मनसुन प्रतिकार्य टोली गठन गरिएको सशस्त्र मुख्यालयले जनाएको छ । सशस्त्र सहप्रवक्ता​ डीएसपी शैलेन्द्र थापाका अनुसार बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमाण्डमा एक प्लाटुन र गुल्महरूमा सिनियर अफिसरको कमाण्डमा माइनस प्लाटुन तथा अन्य युनिटहरूमा १ सेक्सनको नफ्रिमा उपलब्ध स्रोतसाधनसहित मनसुन प्रतिकार्य टोली गठन गरिएको छ । प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं.…

Read More