Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : टिकटकबाट चम्किएकी मोडल मिस पवि (पवित्रा साँकी) फिल्ममा डेब्यु गर्ने पक्का भएको छ। सविनकुमार तोलांगीको आगामी फिल्म ‘राजमहल’बाट उनी फिल्ममा डेब्यु गर्न लागेकी हुन्। फिल्मको घोषणा गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मिस पविलाई धन्यवाद दिंदै फिल्ममा काम गर्न लागेको जानकारी दिए। पविसँगै अर्की टिकटकर सिम्रन पन्त पनि फिल्ममा डेब्यु गर्दै छिन्। ‘अहिलेसम्म सोसल मिडिया र म्युजिकमा मात्र काम गरेको थिएँ,’ पविले भनिन्, ‘मलाई आशा गरेर फिल्ममा लिनुभएको छ। राम्रो काम गर्न पाऊँ भन्नेमा आशावादी छु।’ अर्की टिकटकर सिम्रन पन्त यही फिल्मको लागि मुम्बईदेखि काठमाडौं आएकी छन्। टिकटकले दिलाएको लोकप्रियता देखेर निर्माताले फिल्ममा लिएकोप्रति उनले खुसी व्यक्त गरिन्। दरबारको…

Read More

काठमाडौं : बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ गरी म्याद थपका लागि ल्याइएको एक आरोपित जिल्ला सरकारी वकिलको कार्यालय अगाडिबाट हतकडीसहित फरार भएका छन्। आरोपित छोटु हतकडीसहित फरार भएको सिरहा प्रहरी प्रवक्ता (डिएसपी) रविन्द्रराज पाण्डेले पुष्टि गरेका छन्। बाल यौन दुर्व्यवहार आरोपमा सदालाई बिहीबार लहान प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। शुक्रबार दिउँसो करिब ३ बजे म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय सिरहा पुर्‍याइएको थियो। प्रहरीको भ्यानबाट तल ओराल्ने क्रममा सदा हतकडीसहित भागेको डिएसपी पाण्डेले बताए। उनको खोजी भइरहेको छ।

Read More

काठमाडौं : सहकर्मीमाथि झापड हान्ने संसद् सचिवालयका एक उपसचिवलाई स्पष्टीकरण सोधिएको छ। संसद् सचिवालयको कर्मचारी प्रशासन महाशाखाले सचिवालयमा कार्यरत उपसचिव रामप्रसाद गैरेलाई स्पष्टीकरण सोधेको हो। गैरेले सहकर्मी रहेकी शाखा अधिकृत महिला कर्मचारीलाई झापड हानेका थिए। गत मङ्सिरमा संसद् सचिवालयले प्रकाशन गरेको एक प्रतिवेदनमा आफ्नो नाम छुटाएको झोकमा उनले महिला सहकर्मीलाई झापड हानेका थिए। स्पष्टीकरणमा उनले आफ्नो गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन्। उनीमाथि विभागीय कारबाही गर्ने तयारी रहेको कर्मचारी प्रशासन महाशाखा प्रमुख डा. रोजनाथ पाण्डेले जानकारी दिए। गैरेलाई सङ्घीय संसद् सचिवालय ऐन २०६४ को दफा ८३ अनुसार २ वर्षसम्म बढुवा रोक्का वा ५ ग्रेड तलब वृद्धि रोक्का मध्ये कुनै…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको प्रदेश लोक सेवा आयोगले सोमबार प्रदेश निजामति सेवा एघारौं तहका प्राविधिक पदहरुको ज्येष्ठता र कार्य सम्पादन मूल्याङकनद्धारा गरिने बढुवाको लागि सूचना प्रकाशित गरेको छ। उक्त सूचनामा हेल्थ एजुकेशन समुहको ११औं तहको लागि १, पब्लिक हेल्थ एडमिनिस्ट्रेशनको १ , प्याथोलोजि तथा जनरल प्याथोलोजि समुहको १ र हेल्थ इन्सपेक्सन समूहको १ जनाको आन्तरीक बढुवाको लागि सूचना प्रकाशित गरेको छ। त्यसैगरी, प्रमुख मेडीकल कन्सल्टेन्ट स्वास्थ्य जनरल हेल्थ सर्भिसेजमा ३, प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन स्वास्थ्य मेडीसिन जनरल मेडीसिनमा २, प्रमुख कन्सल्टेन्ट अब्सट्रेटिसियन एण्ड गाइनोकोलोजिष्ट स्वास्थ्य अब्सट्रेटिसियन गाइनोकोलोजिमा २, प्रमुख कन्सल्टेन्ट सर्जन स्वास्थ्य सर्जरी जनरल सर्जरी मा १ र प्रमुख कन्सल्टेन्ट…

Read More

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा कार्यरत डा. असिम पाण्डेयले भोलिदेखि गाउँ गाउँमा गएर स्वास्थ्य परामर्श दिने भएका छन्। हप्ताको एक दिन निःशुल्क स्वास्थ्य परामर्शका लागि उनी गाउँ गाउँमा जाने भएका हुन्। उनले दिने यो सुविधा अमरगढी नगरपालिका बासीले मात्रै पाउने भएका हुन्। पहिलो चरणमा उनी भोलि अमरगढी नगरपालिका–२ र ३ मा निः शुल्क परामर्श दिने छन्। जाडोयाम बढेसँगै ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ परामर्श सेवा प्रदान गर्न लागेको डाक्टर पाण्डेयले बताए। उनले भोलि बिहान ११ बजेदेखी आइत, जोशीना गाउँका सेवाग्राहीका लागि भट्टनगर नजिक कैलपाल मन्दिर चौरमा र दिउँसो १ बजेदेखी काँडे र हाटिगाउँ लगायतका नजिकका सेवाग्राहीका लागि…

Read More

धनगढी : संघिय मामिला मन्त्रालयबाट पालिकामा आउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबिच विवाद भइरहेको हुन्छ। कतै जनप्रतिनिधिले राम्रो गर्न खोज्दा हाकिम असहयोगी बन्दा विवाद भने कतै हाकिमले राम्रो गर्न खोज्दा जनप्रतिनिधिका निजी स्वार्थ हाबी हुँदा समस्या। यस्तै समस्या अछामको जयगढ बान्नीगढी गाउँपालिकामा देखिएको छ। सुशासनको सुरुवात गराउने भनेर अनियमिततामा रमाएको आरोप लागेका पालिका अध्यक्ष टेकबहादुर साउँद र उपाध्यक्ष विन्दु रावलको अभिलाषा पूर्ती नहुँदा कार्यकारीको सरुवा गराइएको छ। हालै सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाको बिना कारण सरुवा गराइएको पाइएको हो। गाउँपालिकामा चोरबाटोबाट अनियमितता गर्ने भन्ने आरोप खेपेका अध्यक्ष-उपाध्यक्षलाई कार्यपालिका कार्यालयका तत्कालीन हाकिम ढुंगानाको व्यवहार मन नपर्दा सरुवा भएको स्रोतको…

Read More

सुनसरी: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने तयारी भइसकेको बताएका छन्। शुक्रबार सुनसरीस्थित इनरूवा सबस्टेशनको उद्घाटन गर्दै उनले घर र बस्तीमा बत्ती बाल्न मात्र नभई देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ उत्साहजनक कामहरू भइरहेको बताए। ‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छू,’ उनले भने, ‘घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरू भइरहेका छन्।’ प्रधानमन्त्री प्रचण्डले विगतमा आफ्नै…

Read More

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा शीर्ष स्थानको पोखरा थन्डर्स र दोस्रो स्थानको धनगढी एफसीबीच दिउँसो एक बजे खेल हुनेछ। पोखराको ७ खेलमा १४ अङ्क र धनगढीको समान खेलमा १२ अङ्क छ। पोखरा प्लेअफमा पुगिसकेको छ। धनगढीले प्लेअफ खेल्न आज जित या बराबरी गर्नुपर्नेछ। हारेमा भने अरु खेलको नतिजामा भर पर्नुपर्नेछ। आजको दोस्रो खेलमा झापा एफसी र एफसी चितवन बेलुका ५ बजे खेल्नेछन्। चौथो स्थानमा रहेको झापाको ७ खेलमा १० अङ्क र पुछारमा रहेको चितवनको समान खेलमा ६ अङ्क छ। झापाले आजको खेल जितेमा प्लेअफमा पुग्नेछ। तर बराबरी या हारले अरु खेलको…

Read More

काठमाडौं : सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ। हिजो तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौं: सामाजिक सुरक्षा कोषले प्रशासनतर्फ उपनिर्देशकदेखि कम्प्युटर इन्जिनियरिङतर्फ सहायक कम्प्युटर अपरेटरसम्मका कर्मचारी माग गरेको छ। शुक्रबार सूचना प्रकाशन गर्दै कोषले नवौं तहदेखि चौथो तहसम्म गरी ४४ वटा पदमा ४४ जना कर्मचारी माग गरेको हो। इच्छुक र सम्बन्धित पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले पुस २६ गतेसम्म अनलाइनबाट दरखास्त दिन सक्नेछन्। दरखास्त दस्तुर तह अनुसार फरकफरक तोकिएको छ।

Read More