Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाले सेप्टी ट्याङकीको पानी ढलमा हाल्नेहरुका पाइप काट्ने भएको छ। आजबाट पालिकाले पाइप काट्ने कामको शुरूवात गरेको हो। एसियाली विकास बैंक (एडिबी) को सहयोगमा भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारको भित्री गल्लिमा ढलसहितको सडक निर्माण गरिरहेको छ। निर्माणाधिन ढलमा बजारका स्थानीयहरुले नालीमा सेप्टी ट्याङकीको पानी ढलमा मिसाएका थिए। चौतर्फी आलोचनापछि नगरपालिकाले आजदेखी सेप्टी ट्याङकीको पानी ढलमा मिसाउनेहरुका पाइप काट्ने काम गरिरहेको छ। महेन्द्रनगर बजारका गल्लि नम्बर २ र ३ का पछाडीको ढलमा स्थानीयले व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएको खबर आएपछि नगरपालिकाले पाइप काट्ने काम शुरु गरेको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए। ‘केही व्यक्तिहरुले आफ्नो सेप्टी ट्याङकीको पानी ढलमा…

Read More

बाजुरा : बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। निल्लाको हिमाली गाउँपालिका–६ धुलाचौर नजिकै बोलेरो जीप दुर्घटना भएको हो। बिहीवार धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २७ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए। उनलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा पुर्याइएको र त्यस लगत्तै अस्पतालले मृत घोषणा गरेको प्रहरी निरीक्षक ऐरीले बताए। जीपमा सवार जिल्लाको गौमुल गाउँपालिका–३ का अन्दाजी १८…

Read More

डडेल्धुराः नेपाल सरकारले विद्युत् विदेशमा निर्यात गरिरहँदा पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका नागरिक अन्धकारमा बसिरहेका छन्। यहाँका भागेश्वर गाउँपालिको–४ बन्चुल्ल र वडा नम्बर ५ को चुल्ल गाउँका नागरिक अन्धकारमा बसिरहेका हुन्। उसो त यहाँ हरेक वर्ष दशैं तिहारमा विजुली बल्छ भनेर जनप्रतिनिधिले आश्वासन दिइरन्छन्। तर, पोल गाडेको पनि दुई वर्षभन्दा बढी भइसकेको छ। तारहरु खिचिएको भएपनि कामको गतिले तीव्रता नपाउँदा बिजुली बल्नु सकेको छैन। यस वर्ष तिहारमा विजुली बल्ने अपेक्षामा थिए, स्थानीयबासी। कारण, हो एउटा कार्यक्रममा भागेश्वरका जनप्रतिनिधि र जिल्लास्थित सरोकारवालाले तिहारमा बिजुली बल्छ भनेका थिए। तर, दशैं तिहारमा बिजुली बल्न सकेन्। सो समयमा भागेश्वर गाउँपालिकाका…

Read More

धनगढी : नेकपा एकीकृत समाजवादीका बैतडीका नेताहरु एमाले प्रवेश गरेका छन्। पार्टीका केन्द्रीय सदस्य एवं दार्चुला इञ्चार्ज नरेन्द्र बिष्ट, समाजवादीका बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, पार्टी कमिटि सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारी सहितका नेताहरु एमालेमा फर्किएका छन्। एकीकृत समाजवादी बैतडीका अधिकांश नेता कार्यकर्ता एमालेमा फर्किएका छन्। एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को शुभारम्भ कार्यक्रमको अवसरमा गोठलापानीमा आयोजना गरिएको आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर बिष्टसहितका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधी सरस्वती कोली र नेपाल दलित संघको अध्यक्ष रही सकेका रमेश…

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको त्रिनगर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शिक्षकको माग गर्दै आन्दोलित भएका छन्। उनीहरु हिजो (बुधबार) देखि उपमहानगर घेराउ गर्दै आन्दोलित बनेका हुन्। आज पनि विद्यार्थीहरुले विद्यालयको गेटमा तालाबन्दी गरेर धनगढी उपमहानगरपालिका परिसर अगाडी नाराबाजी गरिरहेका छन्। दुई हजार तीन सय ८० विद्यार्थी अध्ययनरत सो विद्यालयमा शिक्षक नेत्र खडायतको पनि सरुवा भएपछि विद्यार्थी आन्दोलित बनेका थिए। गणित विज्ञान विषयका शिक्षक खडायतको सरुवा भएपछि विद्यार्थीहरूले विषयगत शिक्षक माग गरेका छन्। उक्त विद्यालयमा ९ जना शिक्षक कार्यरत रहेकामा एक जनाको सरुवा भएपछि अब ८ जना मात्र शिक्षक कार्यरत छन्।

Read More

दार्चुला : दार्चुलामा आगो लागेर घर जलेको छ। जिल्लाको ब्याँस गाउँपालिका–३ सिना सल्याडीमा उपेन्द्र कुवर र धनसिह कुवरको घरमा आगलागी भएको हो। आज बिहान साढे ९ बजे घरमा घिउ तताउने बेला आगो लागेको पारिवारीक स्रोतले जनाएको छ। मानवीय र पशुजन्य क्षती नभए पनि पूर्ण रूपमा घर जलेर नस्ट भएको र घर भित्रको लत्ताकपडा, गरगहना, अन्नपात सबै जलेर नस्ट भएको छ।

Read More

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डोत्तोलन गर्दै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ गरेका छन्। बिहीबार नेपाल भारत सीमा क्षेत्र बैतडीको महाकाली नदीको डिल झुलाघाटमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य–चन्द्र अङ्कित राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर संकल्प यात्राको शुभारम्भ गरेका हुन्। स्थानीय झाँकी बाजागाजा र नारा जुलुससहित ओलीले झन्डोत्तोलन गरेका हुन्। एमालेको यात्रा शुभारम्भ स्थललाई अन्माउन लागेकी बेहुलीजस्तै सिँगारिएको थियो। एमालेले मध्य पहाडी राजमार्ग अन्तर्गतका २६ वटा जिल्लाको करिब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गर्दै छ। ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ शुरु भएको ‘झुलाघाट चिवा…

Read More

बझाङ : ३५ वर्ष शिक्षण पेशामा बिताएका बझाङका ६३ वर्षीय गणेशबहादुर सिंह कानुन विषय पढ्दै छन्। सिंह सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजमा कानुन संकायमा भर्ना भएका हुन्। २०१७ सालमा बझाङको बुङ्गल नगरपालिकामा जन्मिएका सिंह २५ वर्षका हुँदा २०४२ सालमा स्थायी भइ शिक्षण पेसामा आबद्ध भएका थिए। महादेव माध्यमिक विद्यालयबाट शिक्षण पेसा सुरु गरेका उनले भवानी प्राथमिक विद्यालय मजिवन र दुर्गा प्राथमिक विद्यालय चिल्ठामा शिक्षण गरे। शिक्षण पेसामा हुने बेलादेखि नै कानुनी कुरामा रुचि राख्थे, उनी। शिक्षणकै क्रममा उनले प्रहरी निवेदन, तमसुक जस्ता कानुनी कागजात बनाएर स्थानीयलाई सहयोग गर्दै आएका थिए। धेरथोर कानुनी ज्ञान समेत आर्जन गरिसकेका उनी शिक्षण पेसाको अवकासपछिको जीवन…

Read More

कञ्चनपुर : कञ्चनपुरमा सशस्त्र प्रहरीले भन्सार छली गरी नेपालबाट भारत भित्र्याइरहेको बेवारीसे समान बरामद गरेको छ। आज भीमदत्त नगरपालिका–९ ब्रमदेवबाट नेपालबाट भारततर्फ लगिगरेको अन्दाजी ७४ हजार बराबरको समान बरामद गरेको हो। जसमा फेयरलवली क्रिम, कलगेट रहेका छन्। बरामद गरिएका समानहरूलाई भन्सार कार्यालय पठाइएको छ।

Read More

झापा : वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी झापाको मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजवंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ। गएको असोज ३० गते स्काई अफ दी वर्ल्ड नामक म्यानपावर कम्पनीले मासिक ५० हजार रुपैयाँ तलब दिने आश्वासनमा उनलाई ओमानको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्‍याएको थियो। ब्युटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीनतले भवनमा पुर्‍याएर पर्यटकलाई नुहाइदिने र मसाज गर्ने काममा जबरजस्ती लगाउने प्रयास गरेको थियो। पुरुष पर्यटकलाई नुहाइदिने र शरीर मालिस गर्ने काम गर्न अस्वीकार गरेपछि रोजगारदाता कम्पनीका अरेबियन सञ्चालकले मानसिक दबाब दिएर अज्ञात स्थानमा बन्धक बनाएर राखेको उनले…

Read More