Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : डडेल्धुराको आइतबजार नजिक जीप दुर्घटना भएको छ । जिल्ला सदरमुकामको बागबजारदेखि भागेश्वर गाउँपालिकाको बगरकोट जोड्ने सडकमा सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जीप पल्टिएर च्यापिएपछि एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Read More

डडेल्धुरा : डडेल्धुरामा एक युवकको शव फेला परेको छ । बुधबार बिहान जिल्लाको अमरगढी नगरपालिका-९ का २६ वर्षीय श्याम भट्ट मृत फेला परेका हुन् । उनी हिजो साँझ बजार जान्छु भन्दै घरबाट हिंडेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपकुमार कार्कीले बताए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनी भीरबाट लडेको भन्ने बुझिएको छ । थप अनुसन्धान भइरहेको छ’ उनले भने । मृतक भट्ट सरकारी वकिल कार्यालय दिपायलमा कार्यरत रहेको बुझिएको छ ।

Read More

धनगढी: सुदूरपश्चिममा फेरि कोभिडको संक्रमण देखिएको छ। आज (बुधबार) र हिजो (मंगलबार) एक/एक जनामा संक्रमण पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार गौरिफन्टा नाकामा एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालयका एक अधिकारी मीन धामीले आज चेन्नईबाट फर्किएका धनगढी उपमहानगरपालिका ११ का २४ वर्षीय युवक र पुनर्वास नगरपालिका-५ की ३२ वर्षीया महिलामा हिजो संक्रमण देखिएको बताए। ती महिला भारतको बैङ्लोरबाट फर्किएकी हिजो फर्किएकी थिइन्। अहिले उनीहरु दुबैजना होम आइसोलेसनमा रहेको र अवस्था सामान्य रहेको बताइएको छ।

Read More

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका–८ दुर्गम बस्तीमा रहेको बैजनाथ माध्यमिक द्यिालयले स्थपानाको ४३औं वार्षिकोत्सव मनाएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष अम्मरबहादुर विष्टको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगरप्रमुख भरत वडायर जोशीको प्रमुख आत्तिथ्यतामा वार्षिकोत्सव समारोह उद्घाटन भएको हो। त्रिदिवसीय ‘घर न घाट’ नामक जनचेतनामुलक नाटकसहित अन्य विविध कार्यक्रम गरि वार्षिकोत्सव मनाउन लागिएको विद्यालयका प्रधानाध्यापक तेजबहादुर विष्टले जानकारी दिए। सचेतनामुलक ‘घर न घाट’ नामक नाटकले परशुरामका अधिकांश नागरिक गरीबीको रेखामुनि रहेको र विदेश जानुपर्ने यहाँको बाध्यतालाई दर्शाएको छ। नगरपालिका तथा प्रदेश सरकारको साथ सहयोगमा अहिले १२ कक्षासम्म सञ्चालनमा रहेको विद्यालयमा दरबन्दी अभाव रहेको पाइएको छ। भने, पिउने पानी, शौचालय लगायतका समस्या समेत विद्यालयमा…

Read More

काठमाडाैं: पाकिस्तानका पूर्वकप्तान बाबर आजम आईसीसी एकदिवसीय वरीयताकाे शीर्ष स्थानमा उक्लिएका छन्। आईसीसीकाे पछिल्लाे वरीयतामा भारतका ओपनर ब्याटर शुभमन गिललाई पछि पार्दै बाबर एकदिवसीय क्रिकेटकाे ब्याटरमा पहिलाे नम्बरमा पुगेका हुन्। यसअघि २ वर्षभन्दा बढी समयसम्म शीर्ष स्थानमा रहेका बाबरकाे वरीयता गिलले खाेसेका थिए। एकदिवसीय ब्याटिङ वरीयताकाे तेस्राे स्थानमा भारतका विराट काेहली छन्। यस्तै चाैथाे स्थानमा भारतकै कप्तान राेहित शर्मा छन्। वरीयताकाे पाँचाैँ स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर रहेका छन्। एकदिवसीय बलिङ वरीयताकाे शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज यथावत् छन्। यस्तै दाेस्राे स्थानमा अस्ट्रेलियाका जाेश हेजलवूड, तेस्राे स्थानमा भारतका माेहम्मद सिराज, चाैथाे स्थानमा अस्ट्रेलियाका एडम जम्पा र पाँचाैँ स्थानमा भारतका जसप्रीत…

Read More

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ।  बुधबार आयोगले मतदाता नामावली स्वीकृत गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ। त्यसका लागि ५४९ जना प्रदेश सभा सदस्य र १४९८ जना गाउँपालिका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिका प्रमुख-उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावली स्वीकृत भएको हो। स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको आयोगले जनाएको छ। त्यसैगरी गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख-उपप्रमुखतर्फको कूल मतदाता १५०६ जना छन्। एक जना गाउँपालिका अध्यक्ष, एक…

Read More

काठमाडौंः कुवेतबाट आएकी नेपाली युवतीले विमानको शौचालयमा नवजात शिशुलाई जन्माएर फालेकी छन्। यूएईको सारजाहबाट काठमाडौं आइपुगेको विमानको शौचालयमा २८ वर्षीया धनमाया रानाले नवजात शिशु फालेकी हुन्। कुवेतबाट आएकी धनमायाले एअर अरेबियाको उडान नम्बर जी ९ ५३६ बाट बिहान ९ बजे काठमाडौं अवतरण भएको उक्त विमानको शौचालयको कमोडभित्र लुकाई छिपाई जन्माएको बच्चा छाडिएको अवस्थामा फेला परेको हो। विमान सफाइ गर्ने कर्मचारीले कमोडभित्र नवजात शिशु देखेपछि एअरलाइन्सका कर्मचारी र प्रहरीले खानतलास गरेका थिए। प्रहरीले निज राना र शिशुलाई एम्बुलेन्समा राखेर काठमाडौं मेडिकल कलेज, सिनामंगल पुर्याएको छ। उक्त घटनाका कारण १० बजे उड्नुपर्ने विमान ढिलो हुँदा त्यतिञ्जेलसम्म प्रस्थान कक्षमा रहेका यात्रुलाई प्रस्थान कक्षको…

Read More

धनगढी : कैलाली र कञ्चनपुरमा नेपाल प्रहरीका सिबिल घुमुवाहरुले असुली धन्दा चलाइरहेको भन्दे नेपाल पत्रकार महासंघ कैलाली शाखामा पत्र आएको छ। हुलाक कार्यालय कैलाली मार्फत नेपाल पत्रकार महासंघ कैलाली शाखामा धनबहादुर बोहराको नामबाट प्राप्त पत्रमा प्रहरीको सुदूरपश्चिम आरआईटी, जिल्ला प्रहरी र वडा प्रहरी कार्यालयको घुमुवा प्रहरीले असुली धन्दा चलाएको आरोप लगाइएको हो। आरआईटीका प्रहरी, जिल्ला र वडा प्रहरीको सिबिल धुमुवाहरु असुली धन्दा प्रत्येक ठाउँमा तस्करहरुसँग मिलेर रातिको समयमा भारतबाट मालसामान ओसार प्रसार गर्न संलग्न हुन गरेकोलगायतका आरोप लगाइएको छ। उनीहरुले प्रहरीका हाकिमहरुलाई गुमराहमा राखेर बदनाम गराउने काम पनि गरिरहेको पत्रमा उल्लेख छ। सादा पोशाकमा रहेका प्रहरीहरुले चोरीका बाइक प्रयोग गरेर…

Read More

काठमाडौं: आफूलाई देशकै ‘कान्छो’ अभियन्ता भनेर दाबी गर्ने केपी खनाल आजभोलि राजधानीमा छन्।अछाममा जन्मिएर कैलालीको लम्कीचुहामा बस्दै आएका उनी हाल उपत्यकमै विभिन्न सरसफाईका कार्यक्रममा सहभागी हुने गरेका छन्। मैनादेवी फाउण्डेशनका संस्थापक रहेका उनको हालैको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी प्रतिभा पाठकको विवाह समारोहमा केपी खनाल देखिएको उक्त भिडियो अहिले यत्रतत्र छ। उक्त भिडियोमा खनालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको ‘चाकडी’ गरेको देखिएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेका हुन्। ‘सहारा टिभी’ नामको फेसबुक पेजमा पोष्ट भएको उक्त भिडियोमा खनाललाई ‘चाकडी’ गरेको ‘गुलामी’ गरेको तथा ‘झोले’ भएछ भन्दै कमेन्ट गरिएका छन्। तिनै नकारात्क प्रतिक्रियाहरु…

Read More

काठमाडौं: सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ। समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएकाहरूको नाम अनुमोदन गरेको हो। न्यायपरिषदले गत मंसिर ५ गते सर्वोच्च अदालतका छ जना न्यायाधीश सिफारिस गरेको थियो। त्यसपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो। सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान, बालकृष्ण ढकाल र सुनिल पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तका लागि सिफारिस भएको थियो।

Read More