Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोकेर जनतामा आशा जगाउन आफू मुख्यमन्त्री बनेको दाबी गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कार्कीले संविधानवादलाई पार्टीले सकरात्मक लिने विश्वास व्यक्त गरे। उनले पार्टीभन्दा पनि सांसदको सामूहिक अठोटले नयाँ सरकार बनेको दाबी गरे। उनले गठबन्धनमा उतारचढाव निरन्तर भइरहेकाले स्थिर सरकार बनाउन आफूले प्रयास गरेको धारणा राखे। सत्ता गठबन्धनको मात्रै संसदको संख्याले मध्यावधिमा जाने बाटो देखिएकाले उनले नयाँ गठबन्धन बनाउन बाध्य भएको दाबी गरे। ‘गठबन्धनले पटक पटक प्रयास गर्दा पनि सरकार स्थिर बन्न सकेन। दुई पटक प्राक्टिस गर्दा पनि पुगेन। हामीले मध्यावधि निर्वाचनमा जानबाट रोक्न सांसदले प्रयोग गरेको…

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा प्रज्ञापन पत्रभन्दा बढी सामान ल्याएको एक भारतीय नम्बरको ट्रकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। हिजो कैलाली भन्सार कार्यालयबाट गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको श्री अंकित बस्त्रालयको नाममा प्रज्ञापन पत्र जारी भई अत्तरियातर्फ जाँदै गरेको यूपी२१सीएन८८८७ नम्बरको भारतीय ट्रक प्रहरीले रोकेर नियन्त्रणमा लिएको हो। धनगढीको ट्राफिक चौराहामा प्रहरी टोलीले उक्त ट्रक चेकजाँच गर्दा प्रज्ञापन पत्रमा उल्लेख भएको परिमाणभन्दा बढी र घोषणा नभएको माल सामान फेला पारेको सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।टोलीले नियन्त्रित ट्रक त्रिनगर भन्सार कार्यालय कैलालीमा लगेर पुनः चेकजाँच गर्न लगाएको थियो। चेकजाँच गर्दा प्रज्ञापन पत्रमा उल्लेख नभएका १ हजार…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ। आज बिहान बसेको तीन नेताहरुको बैठकले सो सहमति गरिएको बताइएको छ। सोही अनुसार कोशी प्रदेशमा पनि गठबन्धनको निरन्तरता हुने बुझिएको छ। ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौं’, भनेर लेखिएको सहमतिमा प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गरेका छन्।

Read More

काठमाडौं: कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन्। कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन्, जुन बहुमत हो। मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए। शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७/४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए। तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन्। सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८(५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भए। मुख्यमन्त्री नियुक्त भएका कार्की नेपाली कांग्रेसबाट विद्रोह गरेका हुन्। शेखर कोइराला समूहका ८ जनाले विद्रोह…

Read More

डडेल्धुरा: डडेल्धुरा सदरमुकामका घर टहरा हटाइने भएको छ । सरकारी तथा ऐलानी जग्गा कब्जा गरेर निर्माण गरिएको घर तथा टहरा हटाउन डोजर चलाउन लागिएको हो । अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसका अवसरमा सदरमुकाममा आयोजित कार्यक्रममा अमरगढी गरपालिकाका मेयर डिल्लीराज जोशीले दसैं लगत्तै घर टहरा हटाउने बताए । अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा र कब्जा गरिएको जमिन व्यक्तिगत स्वामित्वबाट मुक्त गराउन डोजर चलाउन नगरपालिका बाध्य भएको नगरप्रमुख जोशीको भनाइ छ । ‘नगरपालिकाले मौखिक र सूचना जारी गरेर सदरमुकामवासीलाई पटकपटक अनुरोध गर्दा पनि हटाउनु भएन । अब बाध्य भएर कानुन अनुसार डोजर चलाउन लागिएको छु’ उनले भने।

Read More

कैलाली: कैलालीमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। गोदावरी नगरपालिका–७ लालपुरका ४५ वर्षीय बिष्णु भाटलाई शुक्रवार बिहान घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा २०७७ माघ ६ गते भाटलाई २ महिना कैद सजाय र २ हजार जरिबानाको फैसला सुनाएपछि उनी फरार रहेका थिए। आवश्यक कारबाहीको लागि भाटलाई इलाका प्रहरी कार्यालय मालाखेतीले अदालतमा पेश गरिसकेको बताएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा लागुऔषधविरुद्धको महाअभियान सुरु भएको छ। शुक्रबारदेखि बेलौरी नगरपालिकामा लागुऔषधविरुद्धको महाअभियान सुरु भएको हो। भारतसँग सीमा जोडिएको बेलौरीमा पछिल्ला वर्षहरूमा लागुऔषध ओसारपसार, कारोबार एवं सेवनका घटना बढ्दै गएपछि बेलौरी स्थानीय सरकारले लागुऔषधविरुद्धको अभियान सुरु गरेको छ। लागुऔषध विरुद्धको महाअभियान उद्घाटन कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले समाजमा विकराल रुपमा देखिएको लागुऔषध नियन्त्रणका लागि अभियान थालिएको बताए। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले लागुऔषध नियन्त्रणका लागि स्थानीयस्तरमा बेलौरीजस्तै अन्य पालिकाहरूले समेत अभियान सञ्चालनमा जोड दिए। सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानुनमन्त्री शिवराज भट्टले लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकाले थालेको कामकारबाहीमा समेत सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।…

Read More

काठमाडौं : मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ। रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले बताए। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो। हेलिकप्टरका पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए । नागरिक उड्डयन प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ। उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ।

Read More

धनगढीः कैलालीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–४ बिजुलीयाका ४० वर्षीय खुसीराम चौधरीको करेन्ट लागेर शुक्रवार साँझ मृत्यु भएको हो। आफ्नै घरको पङ्खामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका चैधरीको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

Read More

काठमाडौं : सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गरी पदमा बसिरहँदा प्रमाण नष्ट हुनसक्ने जनाउँदै बसौलाला तीन महिनाका लागि निलम्बन गरेको हो। बसौलालाई स्वास्थ्य बीमा ऐन २०७४ अनुसारका काम, कर्तव्य र जिम्मेवारी पूरा नगरेको आरोपमा निलम्बन गरेको बताइएको छ । उनले मन्त्रालयबाट दिइएको निर्देशनसमेत पालना नगरेको बताउँदै हिजोदेखि निलम्बन गरिएको मन्त्रालयका उपसचिव कृष्ण थापाको हस्ताक्षर रहेको पत्रमा लेखिएको छ हिजो बुझाइएको चलानी नम्बर ७८८ को पत्रमा भनिएको छ, ‘नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८० असोज २४ गतेको निर्णय बमोजिम तपाईंलाई कार्यकारी निर्देशकको पदमा राखिरहँदा तपाईं उपर…

Read More