Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा ट्रकसहित झण्डै दुई लाखरुपैयाँ बराबरको अवैध तरकारीसहित एक जना ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–४ चटकपुरको दक्षिणकाली क्षेत्रबाट सोही ठाउँ बस्ने ४७ वर्षीय संतिश गुप्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले नेपालगंजको रुपडिया नाकाबाट युपी ७६ के ८२१४ नम्बरको भारतीय ट्रक र भारत घर भएर धनगढी बस्ने चालक गुप्तालाई नियन्त्रणमा लिइएको बताए । गुप्ताले ट्रकमा ल्याइरहेको ३० टन आलु मध्ये २६ टनको भन्सार काटेको देखिएपनि ४ टनको भन्सार नकाटेको देखिएपछि नियन्त्रण लिइएको चन्दले बताए । एक लाख ८० हजार…

Read More

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाबाट ६ दशमलव ६५ ग्राम लागुऔषधसहित सोही स्थानका २३ वर्षीय अर्जुन ऐर पक्राउ परेका हुन्। शुक्रवार साँझ उनलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई लागुऔषध तौल गर्ने एक थान तराजुसहित पक्राउ गरेको हो।

Read More

धनगढीः कैलालीमा सरकारी गाडीको दुरुपयोग बढ्दै गएको पाईएको छ। सरकारी कामकाजबाहेक अन्य काममा प्रयोग गर्न नपाइने सरकारी गाडी कैलालीमा जनप्रतिनिधि र कर्मचारीले आफू अनुकूल सरकारी गाडीको प्रयोग गर्न थालेकाे हो । आज (शनिबार) मात्र कैलालीका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ८ वटा गाडी नियन्त्रणमा लिएको छ। शनिबार सरकारी गाडी व्यक्तिगत कामका लागि धेरै चलेको स्थानीयले बताएका छन्। कतिपय सरकारी कामका बेलासमेत कर्मचारीले साधन नपाउने गरेको गुनासो उस्तै छ। तर कैलालीमा कतिपय अध्यक्षहरूले लिएका बाइकहरू कहाँ छन् कुनै पत्तो छैन। कर्मचारीले खोजीनिती गरे दबाब आउँने एक कर्मचारीले बताए । सार्वजनिक बिदाको दिन सरकारी गाडी सञ्चालन गर्न अनुमति लिनुपर्ने प्रावधान छ। सरकारी कामबाहेक…

Read More

धनगढीः चीनमा जारी १९ औँ एसियाली खेलकुदमा नेपालकी कराते खेलाडी एरिका गुरुङले रजत पदक प्राप्त गरेकी छन्। ६८ केजी तौल समूहमा भएको फाइनलमा कजाकस्तानकी खेलाडीसँग पराजित भएपछि एरिका रजत पदकमा चित्त बुझाउनुपरेको छ। नेपाली कराते इतिहासमा एसियाडमा पहिलो रजत पदक प्राप्त भएको हो। यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडिङ टोलीले एसियाडमा रजत पदक ल्याएका थिए। यसअघि नेपालले महिला कबड्डी टिममा कास्य पदक जितेको थियो। अब करातेको ५० केजी समूहमा सविना श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन्।

Read More

डडेल्धुराः नेकपा (माओवादी केन्द्र) अमरगढी नगर कमिटी अध्यक्षमा तुलाराम सार्की चयन भएका छन्। शनिबार सम्पन्न अमरगढी नगर कमिटीको भेलाले सार्कीलाई अध्यक्षमा चयन गरेको हो । तत्कालीन अध्यक्ष यादवप्रसाद ओझाले पार्टी परित्याग गरेपछि सार्कीलाई नगर अध्यक्ष चुनिएको हो। अध्यक्ष सार्कीले पार्टी हितमा आफ्नो भूमिकालाई सक्रियता पुर्वक अघि बढाई संगठनलाई जनतासँग एकाकार गराएर लैजाने बताए। उनी लामो समयदेखि माओवादी केन्द्रमा क्रियाशील रहेका छन्।

Read More

इजरायल : प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा ७ जना नेपाली कृषि विद्यार्थी घाइते भएका छन्। दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन्। उनीहरू लर्न एन्ड अर्नु कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए। हर्जेलियामा रहेका इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आक्रमणमा परी ७ जना विद्यार्थी घाइते भएको पुष्टि गरिन्। त्यस्तै उनले सोही कृषि फार्मको आवासमा रहेका घाइते ७ सहित १७ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा रहेको बताइन्। विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएका कारण उद्धार गर्न कठिन भइरहेको समेत उनले बताइन्। आफूहरू पनि कर्फ्यु लागेका कारण निवासबाट बाहिर निस्किन सक्ने…

Read More

धनगढी : बझाङमा रुखबाट खसेर बालकको मृत्यु भएको छ । जयपृथ्बी नगरपालिका–७ खगेडाका पदमराज सार्कीका ८ वर्षीय छोरा बिजय सार्कीको रुखबाट खसेर शुक्रवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको ओखरको रुखमा ओखर टिप्ने क्रममा रुखबाट खसेर बिजयको टाउँकोमा गम्भिर चोट लागेको थियो । उनको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

ज्योती बुढा, इजरायल : हमास आतंकवादीहरूले इजरायलमा आक्रमण गरेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार गाजा पट्टीबाट इजरायलतर्फ ठूलो संख्यामा रकेट प्रहार गरिएको छ। यस आक्रमणमा २२ जनाको मृत्यु भएको छ। इजरायलको एन १२ न्यूजले यस हमलामा २२ इजरायली नागरिकको मृत्यु भएको जनाएको छ। इजरायली रक्षा बलका पूर्व प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कोनरिकसले हमास आतंककारीले गरेको आक्रमण इजरायलका लागि ठूलो चिन्ताको विषय भएको बताएका छन्। हमासका आतंककारीहरूले इजरायली नागरिकमाथि आक्रमण गरेका छन्। यस हमलामा धेरै हताहत भएको जानकारी आएको छ। जेरुसेलम र तेल अवीवसहित इजरायलको ८० प्रतिशत जनसंख्या बसोबास गर्ने क्षेत्रमा एक हजारभन्दा बढी रकेटहरू प्रहार गरिएको थियो। यसैबीच इजरायली प्रधानमन्त्री…

Read More

धनगढी: नेकपा एमालेका पूर्व उपाध्यक्ष एवं दशौ महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन लडेका नेता भीमबहादुर रावललाई प्रदेश अधिवेशनमा आमन्त्रण नै नगरिएको पाइएको छ। भोलि (आइतबार) देखि धनगढीमा सुरु हुने एमालेको प्रथम प्रदेश अधिवेशनमा नेता रावलालाई आमन्त्रण नगरिएको पाइएको हो। अछामका नेता रावल पछिल्लो समय पार्टीमा जिम्मेवारीविहीन छन्। चितवन महाधिवेशनपछि एमालेको राजनीतिमा किनारा लगाइएका रावल अहिले पनि पार्टीको कुनै जिम्मेवारीमा छैनन्। अहिले गृहजिल्ला अछाममा रहेका रावललाई प्रदेशको अधिवेशनमा पनि नबोलाइएको जनाइएको छ। एक पत्रकार सम्मेलनकाबीच एमाले सुदूरपश्चिमका इन्चार्ज छविलाल विश्वकर्माले रावललाई आमन्त्रण नगरिएको जानकारी दिए। उनले रावल राष्ट्रिय र केन्द्रिय नेता भएकाले प्रदेश अधिवेशनमा नबोलाइएको दाबी गरे। एमाले अध्यक्ष केपी शर्मा ओली,…

Read More

बैतडी : बैतडीमा सर्पको टोकाइबाट एकजना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका- ६ पोखरीका ४२ बर्षीय शंकर पोखरेललाई सर्पले टोकेको  हो। उनलाई आफ्नै घर नजिकैको बारीमा खुर्सानी टिपीरहेका बेला पोखरेललाई शनिबार दिउँसो १ बजेतिर सर्पले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। उनको बाँया खुट्टामा सर्पले टोकेको हो । सर्पको टोकाइबाट घाइते भएका पोखरेललाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ।

Read More