Author: टेकसिंह धामी

धनगढीमा रहेर पत्रकारिता गर्दै आएका धामी महेन्द्रनगर पोष्ट डटकमका सम्पादक हुन् । उनीसँग रेडियो अन्नपूर्ण, नेपाल समाचारपत्र, थाहा खबर लगायतका सञ्चारमाध्यमसँग काम गरेको अनुभव छ ।

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्रवक्तासमेत रहेका नीति योजना तथा जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्की मन्त्रालय र जिम्मेवारीबाट आउट भएका छन्। स्वास्थ्य तालिम केन्द्र धनगढीमा दरबन्दी रहेका कार्की काजमा मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए। तर, एक हप्ता अगाडिमात्रै कार्कीलाई दोहोरो जिम्मेवारीबाट हटाएर तालिम केन्द्रमै काम गर्न भनी काज फिर्ता गराइएको मन्त्रालयका निमित्त सचिव गणेश सिंहले जानकारी दिए। उनका अनुसार अहिले तत्कालीन प्रवक्ता तथा महाशाखा प्रमुख कार्कीको काज फिर्तापछि सो महाशाखा र प्रवक्ताको जिम्मेवारी रिक्त छ। यस्तै सामाजिक विकासमन्त्री झपट साउदले पनि कार्कीको दोहोरो जिम्मेवारी भएका कारण काज फिर्ता भएको बताए। तर उता मन्त्रालय स्रोतले भने मन्त्रीसँगको टसलका…

Read More

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक अनौठो निर्णय गरेको छ। मेयर हेमराज ओझाको अध्यक्षतामा बसेको नगरसभा बैठकले सो निर्णय गरेको हो। निर्णय के भन्दा, काज र समायोजन भएर आएका आधा दर्जन बढी स्थायी कर्मचारीलाई फिर्ता पठाउने। उक्त निर्णयमा भनिएको छ, ‘विगतका वर्षहरुमा यस नगरपालिकामा विभिन्न स्थानीय तह/ निकायबाट कामकाजमा खटिई यस कार्यालयमा हाजिर भई कामकार गरि रहेका सब-इन्जिनियर र असिस्टेन्ट सब ईन्जिनियरहरुलाई नगरपालिकाको आवश्यकता भन्दा बढीलाई २०८० पौष मसान्तसम्म यस कार्यालयमा रहने त्यसपछि सम्बन्धित तह/निकायहरुमा फिर्ता पठाउने निर्णय गरियो।’ सो निर्णयपछि सो नगरबाट ९ जना कर्मचारीलाई फिर्ता मन्त्रालय पठाउने तयारी भइरहेको बुझिएको छ। जसका लागि पत्र तयार भइरहेको बताइएको छ। उता…

Read More

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले लगाएको रोयल्टी ठेक्कामा ठेकेदार र कम्पनीले अन्धाधुन्ध अवैध रुपमा नदीजन्य उत्खनन् तथा संकलन गरिरहेको पाइएको छ। कृष्णपुर नगरको वडा नम्बर ९ र धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ को सीमाना क्षेत्र पर्ने राजघाटमा अन्धाधुन्ध उत्खनन् तथा संकलन गरिरहेको पाइएको हो। ४ करोड बढीमा ठेक्का पाएको काठमाडौंको कम्पनी सगरमाथा कन्स्ट्रक्सनले अस्तिबाट मोहनासहितका स्थानमा धमाधम काम थालेको हो। ज्ञानलाल श्रेष्ठको सो कम्पनीले स्थानीय युवाहरुको समूह समेत प्रयोग गरेर राजघाटमा मनपरी रोयल्टी उठाइरहेको हो। यतिमात्र होइन, सो कन्स्ट्रक्सनले अवैध रुपमा राजघाटस्थित मोहना पुल नजिकैको जनताको तटबन्धलाई समेत क्षति पुगाएको बताइन्छ। तटबन्धको भागलाई तोडेर अहिले नदीजन्य पदार्थ लगिरहेको बताइएको हो। पुल…

Read More

धनगढी: दार्चुलामा प्रहरी नै घाइते भएका छन्। आज (आइतबार) जिल्लाको महाकाली नगरपालिका-१ दहका २३ वर्षीय उमेश कुँवरले चक्कु प्रहार गरेपछि २ प्रहरी घाइते भएका हुन्। स्रोतका अनुसार आज दिउँसो ड्युटीमा गएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएका हुन्। ठगुन्नामाथि चक्कु प्रहार भएर सिकिस्त रहेको र अर्कालाई सामान्य चोट लागेको हो। हिजो उमेशले आफ्नी बुढीलाई कुट्ने गरेको निवेदन आएकोमा सामुदायिक प्रहरी बाङ्गाबगरबाट ती दुई प्रहरी उनलाई नियन्त्रणमा लिन गएका थिए। तर, प्रहरी पुग्दासम्म पनि उमेशले पत्नीलाई चक्कु समातेर लखेट्दै थिए। सोही क्रममा प्रहरी पुगेको र उनकी पत्नीलाई बचाउने क्रममा प्रहरीलाई चक्कु लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले…

Read More

धनगढीः सुदूरपश्चिममा सुरक्षाकर्मीकै संरक्षणमा नेपाल टेलिकमको तामाजन्य कवाडको चोरी तस्करी भएको खुलेको छ। कैलालीसहितका विभिन्न स्थानबाट कवाडको प्रहरीकै मिलेमतोमा चोरी तस्करी भएको पाइएको हो। टेण्डर प्रक्रियामै सेटिङ गरिएको सुदूरपश्चिमको कवाडवाला ठेक्कामा प्रहरीले मात्र होइन, ठेकेदार, नेता तथा गुण्डा र पत्रकारसमेतले बार्गेनिङ गरेको बताइन्छ। ठेक्का सेटिङदेखि लिएर कवाडी माल पास गराउनेसम्मको सेटिङ नै सेटिङ भएको सो ठेक्काको ट्रकहरु समातिएपछि भने पर्दाफास भएको हो। लाखौंको डिलिङ भएका ठेकेदारलाई सेटिङ भत्किदा ट्रकहरु समातिएपछि फसाद भएको हो। अस्ति नै कैलालीको अत्तरियामा २ ट्रक कवाडसहित समातिएपछि अनुसन्धान गरिएकोमा नेपाल टेलिकमको तामाजन्य कवाडमा करोड बढी घोटाला भएको पुष्टि भएको थियो। सो काण्डमा अहिले अख्तियारले पनि चासो…

Read More

धनगढी: सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा जनप्रतिनिधिबीच रोइलो भैरहेको विषय सतहमा आएको छ। हिजोआज उपमहानगरका प्रमुख (मेयर) गोपाल हमाल (गोपी) र वडाअध्यक्षबीचको विवाद सतहमा आइरहेको हो। स्वतन्त्र उम्मेदवार बनेर जितेका हमालले आफूलाई पार्टीका निर्वाचित जनप्रतिनिधिले असहयोग गरेर राजीनामा दिनसम्मै बाध्य पारेको कुरा सार्वजनिक गरेका छन् भने कार्यपालिका सदस्यहरुले मेयर अहंकारी र निरङ्कुश भएको आरोप लगाएका छन्। वडाअध्यक्षहरुले धनगढीमा जग्गा सम्बन्धी बनेको कार्यविधिको सवालबाटै विवाद सुरु गरिएको जनाएका छन्। यस्तै उनीहरुले सर्वोच्चमा रिटसमेत परेको सो कार्यविधिकै कारण विवाद भएर अहिलेसम्म मेयरकै कारण धनगढीको नगर सभा सुरु नभएको दाबी गरे। यस्तै कार्यपालिका बैठक पनि नबसाइएको उनीहरुको जिकिर छ भने मेयरले एकलौटी गरेको काँग्रेसका…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका एकजना पूर्व प्रमुखले काठमाडौंमा अनुकरणीय काम गर्दै आएका छन्। सशस्त्रका पूर्व आइजीपीसमेत रहेका शैलेन्द्र कुमार श्रेष्ठले विगत लामो समयदेखि परोपकारी र सामाजिक कार्यस्वरुप हरेक मंगलबार निशुल्क भोजन प्रदान गर्दै आएका हुन्। उनले कुनै हल्लाखल्ला र बिना प्रचार निरन्तर सो कर्म गर्दै आएको सुनाए। अहिलेको अवस्थामा अपवादबाहेक सामान्य भन्दा सामान्य सहयोग तथा दानको पनि प्रचार गर्दै आफूलाई परोपकारी सावित गर्न खोज्नेहरु पनि यत्रतत्र रहेको पाइन्छ। तर, पूर्व आइजीपी श्रेष्ठ भने प्रचार र हल्लाखल्लामा नभएर नित्यकर्ममा विश्वास गर्छन्। श्रेष्ठले आफूले जागिर अवधिमै सो मंगलभोजनको सुरुवात गरेको जानकारी दिए। उनका अनुसार त्यसबेला श्रेष्ठका एकजना मित्र अमेरिकामा थिए। उनका…

Read More

धनगढी : भारतबाट सुदूरपश्चिमको नाका हुँदै नेपालको राजधानीसमेत रहेको काठमाडौंसम्म गाडी तस्करी गर्नेहरूको नेक्सस पत्ता लागेको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीको उक्त नेक्ससको भण्डाफोर गरेको हो। अहिलेसम्म यसरी भारतबाट चोरीका गाडी नेपालमा ल्याएर तस्करी गर्दै बेचविखन गर्ने गराउने प्रकरणमा ६ जनालाई पक्राउ गरिएकोमा २ जना भने छुटेका छन्। यस नेक्ससमा महाशाखाको टोलीले नै देशभर प्रारम्भिक अनुसन्धान गरेको थियो। सो क्रममा प्रहरीले सुरुमा काठमाडौंबाट पुस ८ गते २ जना मान्छेलाई पक्राउ गरेको थियो। सुरुमा उनीहरु भारतबाट चोरिएका ५ ओटा गाडीसहित पक्राउ परेका थिए। उनीहरुले चोरीका गाडीको नक्कली सवारी दर्ता किताव बनाउने गर्दथे। यस्तो अपराध गर्नेमा काठमाडौंमा बस्दै आएका तर…

Read More

धनगढी: कैलाली प्रहरीले ‘कुख्यात’ अपराधी भनेका धनगढीका शेख मुनिर अहमद थुनामुक्त भएका छन्। सरकारी वकिल कार्यालयको पत्रपछि मुनिर अस्ति नै थुनामुक्त भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले जानकारी दिए। उनका अनुसार अहिले मुनिरको मुद्दामा प्रहरीले अनुसन्धान जारी नै राखेको छ। हाललाई मुनिरलाई बाहिरै राखेर अनुसन्धान गर्न भन्दै सरकारी वकिलको कार्यालयले भनेपछि सोही बमोजिम अनुसन्धान भैरहेको चन्दले बताए। केही समय अगाडि फरार रहेका मुनिर जिल्ला प्रशासन कार्यालय कैलालीमा अचानक फेला परेपछि समातिएका थिए। त्यसबेला मुनिरलाई सार्वजनिक मुद्दा चलाई थुनामा राखेर अनुसन्धान थालिएको थियो। यस्तै त्यो बेला मुनिरमाथि एक जनाको गाडी कब्जा गरेको मुद्दा पनि चलाइएको थियो। त्यतिमात्र होइन उनले…

Read More

धनगढी: सर्वोच्च अदालतले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डका ६ जना अभियुक्तलाई साधारण तारेखमा छाडेको छ। बाजुराको त्रीवेणी नगरपालिकास्थित वडानम्बर–७ का अयडीको हत्या प्रकरणमा ६ जना आरोपितलाई सर्वोच्चले छोडेको हो। बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले अयडी हत्या प्रकरणको मुद्दामा यस्तो आदेश गरेका हुन्। सो हत्या प्रकरणका अभियुक्तहरू तत्कालीन नेपाली काँग्रेसका वडाध्यक्ष जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई न्यायाधीशद्वयको इजलासले साधारण तारेखमा छोड्न आदेश दिएको हो। सर्वोच्च स्रोतका अनुसार सो मुद्दा पुर्पक्षको निमित्त थुनामा नै राख्नुपर्ने अवस्था मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट देखिन नआएकोले थुनामा राख्ने…

Read More