Author: टेकसिंह धामी

धनगढी: नेपालको गुप्तचर तथा जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागमा व्यापक हेरफेर गरिएको छ। केही दिन अगाडि सुदूरपश्चिमसहित सबै प्रदेशस्थित जिल्लामा कार्यरत विभागका हाकिमहरु लगायतहरुलाई सरुवा गरि यताउता पारिएको हो। जसमा सुदूरपश्चिमका सबै जिल्लाका हाकिमहरु पनि परेका छन्। यसरी सरुवा हुनेमा सुदूरपश्चिमका केही एसपी र डिएसपीहरु रहेका छन्। जसमा कैलालीका प्रमुख एसपी हरिश विष्टको रुपन्देही सरुवा भएकोमा उनको स्थानमा बाँकेबाट मोहन कुँवर आएका छन्। यस्तै कञ्चनपुरका एसपी पवन जोशीको बर्दिया सरुवा भएकोमा उनको स्थानमा बर्दियाबाट नरेश बम आएका छन्। त्यस्तै विभागको प्रदेश कार्यालय सुदूरपश्चिममा काजमा कार्यरत डीएसपी दिलबहादुर चौधरीको प्रादेशिक कार्यालयबाट अछाम सरुवा भएको छ। त्यस्तै सुदूरपश्चिमको पहाडका अन्य जिल्लाहरु…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको प्रवक्तामा हेमराज खड्का तोकिएका छन्। विगतमा विभिन्न विवादमा मुछिएका खड्कालाई मन्त्रालयका निमित्त सचिव गणेश बहादुर सिंहले प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिए। उनका अनुसार माघ १७ गतेदेखि खड्काले मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्। अहिलेका नेकपा माओवादीका सामाजिक विकासमन्त्री झपट साउँदलाई रिझाएर खड्काले जिम्मेवारी हत्याएको बताइएको छ। मन्त्रालय स्रोतका अनुसार नवौँ तथा दशौँ तहका कर्मचारीलाई प्रवक्ताको जिम्मेवारी दिनुपर्ने प्रावधान भएपनि मन्त्रीले भनेपछि आठौँ तहका खड्काले सो जिम्मेवारी पाएका हुन्। यस्तै उनलाई थप नीति योजना तथा जनस्वास्थ्य महाशाखाको जिम्मेवारी समेत दिने तयारी छ। खड्का यसअघि मन्त्रालय मातहतको स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरको प्रमुखसमेत रहेर काम गर्दै…

Read More

धनगढी : नेपालको गुप्तचर तथा जासुस संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागमा व्यापक हेरफेर गरिएको छ। हिजो अस्तीतिर सुदूरपश्चिमसहित सबै प्रदेशस्थित जिल्लामा कार्यरत विभागका हाकिमहरुको सरुवा गरिएको हो। यसरी सरुवा हुनेमा सुदूरपश्चिमका केही एसपी र डीएसपी पनि परेका छन्। सुदूरपश्चिमबाहेक अन्यत्रको पनि जिल्लाका प्रमुखहरु फेरिएको बुझिएको छ। सोही क्रममा कैलाली जिल्लाका प्रमुख पनि सरुवा भई जाने लिष्टमा परेका छन्। राष्ट्रिय अनुसन्धान विभागको केन्द्रीय कार्यालयका डीआइजी भीमबहादुर बुढाथोकीले हाकिमहरुको सरुवा भैसकेको तर पत्र आउन बाँकी रहेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। भोलिसम्ममा लिष्ट आइसक्ने उनको भनाई छ। हाकिमबाहेकका तल्लो दर्जामा पनि व्यापक हेरफेर गरि यताका उता र उताका यता पारिएको विभागमा चर्चा छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्रवक्तासमेत रहेका नीति योजना तथा जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्की मन्त्रालय र जिम्मेवारीबाट आउट भएका छन्। स्वास्थ्य तालिम केन्द्र धनगढीमा दरबन्दी रहेका कार्की काजमा मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए। तर, एक हप्ता अगाडिमात्रै कार्कीलाई दोहोरो जिम्मेवारीबाट हटाएर तालिम केन्द्रमै काम गर्न भनी काज फिर्ता गराइएको मन्त्रालयका निमित्त सचिव गणेश सिंहले जानकारी दिए। उनका अनुसार अहिले तत्कालीन प्रवक्ता तथा महाशाखा प्रमुख कार्कीको काज फिर्तापछि सो महाशाखा र प्रवक्ताको जिम्मेवारी रिक्त छ। यस्तै सामाजिक विकासमन्त्री झपट साउदले पनि कार्कीको दोहोरो जिम्मेवारी भएका कारण काज फिर्ता भएको बताए। तर उता मन्त्रालय स्रोतले भने मन्त्रीसँगको टसलका…

Read More

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक अनौठो निर्णय गरेको छ। मेयर हेमराज ओझाको अध्यक्षतामा बसेको नगरसभा बैठकले सो निर्णय गरेको हो। निर्णय के भन्दा, काज र समायोजन भएर आएका आधा दर्जन बढी स्थायी कर्मचारीलाई फिर्ता पठाउने। उक्त निर्णयमा भनिएको छ, ‘विगतका वर्षहरुमा यस नगरपालिकामा विभिन्न स्थानीय तह/ निकायबाट कामकाजमा खटिई यस कार्यालयमा हाजिर भई कामकार गरि रहेका सब-इन्जिनियर र असिस्टेन्ट सब ईन्जिनियरहरुलाई नगरपालिकाको आवश्यकता भन्दा बढीलाई २०८० पौष मसान्तसम्म यस कार्यालयमा रहने त्यसपछि सम्बन्धित तह/निकायहरुमा फिर्ता पठाउने निर्णय गरियो।’ सो निर्णयपछि सो नगरबाट ९ जना कर्मचारीलाई फिर्ता मन्त्रालय पठाउने तयारी भइरहेको बुझिएको छ। जसका लागि पत्र तयार भइरहेको बताइएको छ। उता…

Read More

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले लगाएको रोयल्टी ठेक्कामा ठेकेदार र कम्पनीले अन्धाधुन्ध अवैध रुपमा नदीजन्य उत्खनन् तथा संकलन गरिरहेको पाइएको छ। कृष्णपुर नगरको वडा नम्बर ९ र धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ को सीमाना क्षेत्र पर्ने राजघाटमा अन्धाधुन्ध उत्खनन् तथा संकलन गरिरहेको पाइएको हो। ४ करोड बढीमा ठेक्का पाएको काठमाडौंको कम्पनी सगरमाथा कन्स्ट्रक्सनले अस्तिबाट मोहनासहितका स्थानमा धमाधम काम थालेको हो। ज्ञानलाल श्रेष्ठको सो कम्पनीले स्थानीय युवाहरुको समूह समेत प्रयोग गरेर राजघाटमा मनपरी रोयल्टी उठाइरहेको हो। यतिमात्र होइन, सो कन्स्ट्रक्सनले अवैध रुपमा राजघाटस्थित मोहना पुल नजिकैको जनताको तटबन्धलाई समेत क्षति पुगाएको बताइन्छ। तटबन्धको भागलाई तोडेर अहिले नदीजन्य पदार्थ लगिरहेको बताइएको हो। पुल…

Read More

धनगढी: दार्चुलामा प्रहरी नै घाइते भएका छन्। आज (आइतबार) जिल्लाको महाकाली नगरपालिका-१ दहका २३ वर्षीय उमेश कुँवरले चक्कु प्रहार गरेपछि २ प्रहरी घाइते भएका हुन्। स्रोतका अनुसार आज दिउँसो ड्युटीमा गएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएका हुन्। ठगुन्नामाथि चक्कु प्रहार भएर सिकिस्त रहेको र अर्कालाई सामान्य चोट लागेको हो। हिजो उमेशले आफ्नी बुढीलाई कुट्ने गरेको निवेदन आएकोमा सामुदायिक प्रहरी बाङ्गाबगरबाट ती दुई प्रहरी उनलाई नियन्त्रणमा लिन गएका थिए। तर, प्रहरी पुग्दासम्म पनि उमेशले पत्नीलाई चक्कु समातेर लखेट्दै थिए। सोही क्रममा प्रहरी पुगेको र उनकी पत्नीलाई बचाउने क्रममा प्रहरीलाई चक्कु लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले…

Read More

धनगढीः सुदूरपश्चिममा सुरक्षाकर्मीकै संरक्षणमा नेपाल टेलिकमको तामाजन्य कवाडको चोरी तस्करी भएको खुलेको छ। कैलालीसहितका विभिन्न स्थानबाट कवाडको प्रहरीकै मिलेमतोमा चोरी तस्करी भएको पाइएको हो। टेण्डर प्रक्रियामै सेटिङ गरिएको सुदूरपश्चिमको कवाडवाला ठेक्कामा प्रहरीले मात्र होइन, ठेकेदार, नेता तथा गुण्डा र पत्रकारसमेतले बार्गेनिङ गरेको बताइन्छ। ठेक्का सेटिङदेखि लिएर कवाडी माल पास गराउनेसम्मको सेटिङ नै सेटिङ भएको सो ठेक्काको ट्रकहरु समातिएपछि भने पर्दाफास भएको हो। लाखौंको डिलिङ भएका ठेकेदारलाई सेटिङ भत्किदा ट्रकहरु समातिएपछि फसाद भएको हो। अस्ति नै कैलालीको अत्तरियामा २ ट्रक कवाडसहित समातिएपछि अनुसन्धान गरिएकोमा नेपाल टेलिकमको तामाजन्य कवाडमा करोड बढी घोटाला भएको पुष्टि भएको थियो। सो काण्डमा अहिले अख्तियारले पनि चासो…

Read More

धनगढी: सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा जनप्रतिनिधिबीच रोइलो भैरहेको विषय सतहमा आएको छ। हिजोआज उपमहानगरका प्रमुख (मेयर) गोपाल हमाल (गोपी) र वडाअध्यक्षबीचको विवाद सतहमा आइरहेको हो। स्वतन्त्र उम्मेदवार बनेर जितेका हमालले आफूलाई पार्टीका निर्वाचित जनप्रतिनिधिले असहयोग गरेर राजीनामा दिनसम्मै बाध्य पारेको कुरा सार्वजनिक गरेका छन् भने कार्यपालिका सदस्यहरुले मेयर अहंकारी र निरङ्कुश भएको आरोप लगाएका छन्। वडाअध्यक्षहरुले धनगढीमा जग्गा सम्बन्धी बनेको कार्यविधिको सवालबाटै विवाद सुरु गरिएको जनाएका छन्। यस्तै उनीहरुले सर्वोच्चमा रिटसमेत परेको सो कार्यविधिकै कारण विवाद भएर अहिलेसम्म मेयरकै कारण धनगढीको नगर सभा सुरु नभएको दाबी गरे। यस्तै कार्यपालिका बैठक पनि नबसाइएको उनीहरुको जिकिर छ भने मेयरले एकलौटी गरेको काँग्रेसका…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका एकजना पूर्व प्रमुखले काठमाडौंमा अनुकरणीय काम गर्दै आएका छन्। सशस्त्रका पूर्व आइजीपीसमेत रहेका शैलेन्द्र कुमार श्रेष्ठले विगत लामो समयदेखि परोपकारी र सामाजिक कार्यस्वरुप हरेक मंगलबार निशुल्क भोजन प्रदान गर्दै आएका हुन्। उनले कुनै हल्लाखल्ला र बिना प्रचार निरन्तर सो कर्म गर्दै आएको सुनाए। अहिलेको अवस्थामा अपवादबाहेक सामान्य भन्दा सामान्य सहयोग तथा दानको पनि प्रचार गर्दै आफूलाई परोपकारी सावित गर्न खोज्नेहरु पनि यत्रतत्र रहेको पाइन्छ। तर, पूर्व आइजीपी श्रेष्ठ भने प्रचार र हल्लाखल्लामा नभएर नित्यकर्ममा विश्वास गर्छन्। श्रेष्ठले आफूले जागिर अवधिमै सो मंगलभोजनको सुरुवात गरेको जानकारी दिए। उनका अनुसार त्यसबेला श्रेष्ठका एकजना मित्र अमेरिकामा थिए। उनका…

Read More