Author: महेन्द्रनगर पोष्ट

बझाङ : बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा तोडफोड गरेको आरोपमा सुर्मा गाउँपालिका -२ का १४ वर्षीय अजय बोहरा पक्राउ परेका छन् । उनले वेलुन बनाएर उडाउनका लागि कण्डम चोर्न तोडफोड गरेको बताएको प्रहरीले जनाएको छ । उनले बयानमा अन्य चिजहरु केही नगरेको तर तीन पाकेट कण्डम चोरेर बेलुनको रुपमा उडाएर मनोरञ्जन लिएको बताएका छन् । सार्वजनिक सम्पत्ति तोडफोड गरेकाले उनलाई कानुन अनुसार कार्बाही गरिने बझाङ प्रहरी प्रमुख तथा डिएसपी भरत शाहले बताए । सम्बन्धित समाचार बझाङमा राति हेल्थपोष्ट फोडेर तीन बट्टा कण्डम चोरी

Read More

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकामा आज शोक बिदा दिइएको छ। गाउँपालिकाका पूर्व अध्यक्ष उकेन्द्रबहादुर बोहराको निधन भएकाले आज शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै गाउँपालिकाको संस्थापक अध्यक्षको रुपमा बोहराले पुर्याएको योगदान सधैं जिवन्त रहने उल्लेख गरिएको छ। क्षयरोगबाट पीडित पूर्व अध्यक्ष बोहराको उपचारका क्रममा बिहीबार बिहान सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। डिलाशैनी गाउँपालिका -३ घर भएका ४५ वर्षीय बोहराको असोज २९ गते स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा हुँदै सेती प्रादेशिक अस्पताल लगिएको थियो।

Read More

कैलाली : हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका बझाङको जयपृथ्वी नगरपालिका–६ का गणेशकुमार नेपालीको शव बझाङ पठाइएको छ। बिहिबार राति १ बजे एम्बुलेन्समार्फत धनगढी ल्याइएको नेपालीको शव बझाङ पठाइएको हो। फ्लाई दुबईको विमानमार्फत बिहिबार बिहान ७ बजे काठमाडौं पुगेको नेपालीको शव राती धनगढी ल्याइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । शव राति १ बजे धनगढी पुगेको थियो। त्यसपछि धनगढी नेत्रालयको एम्बुलेन्समार्फत शवलाई बझाङ् पठाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। नेपालीको आज नै हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिने बताइएको छ। इजरायलमा हमासको आक्रमणमा परी १० विद्यार्थीको मृत्यु भएको थियो। नेपालीको शव बिहिबार राती धनगढी पुगेसँगै पाँच…

Read More

काठमाडौं : दसैं मनाउन सुर्खेत हिँडेका नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी)का प्रवक्ता धर्मेन्द्र बाँस्तोला ९ दिनदेखि प्रहरी हिरासतमा छन्। नेता बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दाको अनुसन्धानका क्रममा उनी दाङस्थित इलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरी हिरासतमा राखिएका हुन्। कात्तिक २ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–५ सिङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियो गाडीले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो। दसैं बिदाका कारण कात्तिक १२ गते मात्रै कार्यालय खुल्ने र त्यसपछि मात्र अदालती प्रक्रियाको काम सुरु हुने भएकाले…

Read More

काठमाडौँ : काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि आज नेपालले ।यूएईसँग प्रतिस्पर्धा गर्दैछ। उपाधिका लागि हुने यो फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ। हङकङसँग भएको खेलमा यूएई पराजित भएको थियो तर, रन रेटका आधारमा युएई फाइनल प्रवेश गरेको थियो। पछिल्लो सयम सानदार प्रदर्शन गर्दै आएको नेपाल घरेलु मैदानमा १५ खेलयता अपराजित छ। पछिल्ला चार खेलमा शानदार जित हात पारेको नेपालले आज हुने खेलमा पनि युएईलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ।

Read More

एजेन्सी : कतारको एक अदालतले ८ पूर्व भारतीय नौसेनालाई मृत्युदण्डको सजाय सुनाएको छ। उनीहरुमाथि लागेको आरोप सार्वजनिक भएको छैन। भारतीय नौसेनाका पूर्व अधिकारीहरूलाई ३० अगस्ट २०२२ मा पक्राउ गरिएको थियो। यसप्रति भारत सरकारले आश्चर्य व्यक्त गरेको छ । भारतको परराष्ट्र मन्त्रालयले उनीहरुलाई रिहा गर्न कानुनी बाटो खोजिरहेको जनाएको छ। सबै ८ भारतीय कतारको अल दाहरा नामक निजी कम्पनीमा काम गर्थे । यो कम्पनीले रक्षा सेवा प्रदान गर्दछ।

Read More

कञ्चनपुर: कञ्चनपुरका उदयमान कवि प्रचण्ड भाष्कर कलौनी (गुणाकर) को २९ वर्षको उमेरमा निधन भएको छ। विगत एक वर्षदेखि घाँटीको क्यान्सर रोगबाट ग्रसित कवि प्रचण्ड भाष्करको गएराति भीमदत्त नगरपालिका–१७ मझगाँउस्थित आफ्नै निवासमा निधन भएको हो। क्यान्सरबाट ग्रसित भएपछि उनको काठमाडौँ र भारतको दिल्लीसहित विभिन्न ठाउँका अस्पतालमा उपचार गरिएको थियो। उनको उपचारका लागि आर्थिक सहयोग समेत संकलन भइरहेको थियो। बैतडीको शिवनाथ गाउँपालिका– २ शर्मालीमा जन्मिएका प्रचण्ड उच्च शिक्षाका लागि कञ्चनपुर आएका थिए। छोटो समयमै डोट्याली र नेपाली भाषाका कविता लेखेर उनी विभिन्न मञ्चमा वाचन गर्थे।

Read More

काठमाडौं  । आश्विन शुक्ल पूर्णिमाको दिन अर्थात कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।ग्रहणका बेला नित्य कर्म गर्नुहुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए । यो चन्द्रग्रहण वि.सं. २०८० मा…

Read More

बलेवा : धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग बिशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडानं र ३ की ३२ बर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन् । उक्त बच्चाको तौल चार केजी सात सय ५० ग्राम रहेको अस्पतालले जनाएको छ । अस्पतालको प्रसूति वार्डमा बिहीबार समान्यरूपम उनले छोरा जन्माएको अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताइन् । यो छन्त्यालको चौथो सन्तान हो । पेटमा रहेको बच्चा ठूलो देखिएकाले अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो, तर विगतका सन्तान पनि सामान्यरूपमै जन्मिएकाले आफूलाई यसपटक पनि…

Read More

कैलाली : कैलालीको चौमालामा मोटरसाइकलको ठक्करबाट एक वृद्धा गम्भीर घाइते भएकी छन्। गौरीगंगा नगरपालिका–२ झिल बस्ने ७३ वर्षीया पावनीदेवी साउद घाइते भएकी हुन्। उनलाई सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो। साउदलाई उपचारका लागि धनगढी पठाइएको छ। ठक्कर दिने मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Read More