Author: महेन्द्रनगर पोष्ट

कैलाली-धनगढीका मेयर नृप बहादुर वडको कार्यकालमा निर्माण भैरहेको धनगढी सिटी हलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित निर्माण भैरहेको सिटी हलको उद्घाटन कार्यक्रम रहेको नेपाली काँग्रेस कैलाली सचिव नृपबहादुर सुनारले जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवा चैत २४ गते धनगढी आउँदैछन्। भूमिहीनलाई लालपूर्जा वितरणका लागि उनी यहाँ आउन लागेको नेपाली काङ्ग्रेस कैलालीले जानकारी दिएको छ।प्रधानमन्त्री देउवा विहान जहाजमार्फत धनगढी पुग्ने जनाइएको छ। संघीय सरकारको २५ करोड २६ लाख रुपैयाँ लगानीमा सिटी हल निर्माण कार्य पूरा भएको भएको छ ।ठूला सभा, सम्मेलन आयोजना गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिका–८ मा सिटी हल निर्माण गरिएको हो। सिटी…

Read More

कैलाली-कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनका लागि गृह कार्य सुरु भएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक सल्लाह तथा सुझाव सङ्कलनका लागि समिति गठन गरेको छ। मन्त्रालयका सह–सचिव एवं प्रवक्ता डा टोकराज पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल सदस्य सचिव तथा पर्यटन बोर्डका निर्देशक हिक्मतसिंह ऐर, नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर निलविक्रम थापा र विशेषज्ञका तर्फबाट सुरेन्द्र बोहरा सदस्य रहेको मन्त्रालयले जनाएको छ । उक्त समितिले गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्थलगत अध्ययन गर्ने तथा सो क्षेत्रका स्थानीयवासी, नागरिक समाजलगायतसँग छलफल र परामर्श गरी प्रतिवेदन बुझाउने…

Read More

महोत्तरी-पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हर्कतलाई ठेगान लगाएको उल्लेख गर्दै आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्ने बताएका छन्। अध्यक्षले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताउँदै भने, ‘आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुनेछ।’ बर्दिबास नगरपालिका-११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आसन्न स्थानीय तह निर्वाचनसम्म मात्र नभएर अब हुने संसदीय निर्वाचनसम्म प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धन कायम रहने स्पष्ट पारे। अध्यक्ष प्रचण्डले विगतमा आफू नेतृत्वको जनयुद्धताकाको ऐतिहासिक ठाउँ खयरमारा प्राविधिक शिक्षाको केन्द्र…

Read More

तनहुँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासका नाममा अनावश्यक खर्च गरिएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका २ को सिमलटार खानेपानी आयोजनाको आज आइतवार उद्घाटन गर्दै डा. कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यु टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिए । ‘विकासका लागि पैसा छैन भन्छौँ, भ्यु टावरमा अनावश्यक खर्च गरिरहेका छौँ, मधेसमा जानुभयो सडक सडकमा गेट बनाइराखेका छन्’, उनले भने, ‘यस्तो काम रोकिनुपर्छ ।’ कांग्रेसका नेता तथा कार्यकर्ताले घोषणापत्र बनाउँदा भ्यु टावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘चुनाव आउँदैछ, भ्यु टावर…

Read More

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । कञ्चनपुरको वेदकोट नगरपालिका(३ दैजीमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेयर चन्दसहितका जनप्रतिनिधिलाई पार्टीमा स्वागत गरे । वेदकोटमा एमालेले मेयर, उपमेयरसहित १० वटा वडामध्ये ८ वटामा वडाध्यक्ष जितेको थियो । उपमेयर सुशीला सिंह भने एमालेमै छिन् । उनी एमालेको वेदकोट नगर कमिटी इन्चार्ज हुन् ।

Read More

सल्यान- जंगलमा लाग्ने डढेलो नियन्त्रण गर्न सल्यानमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको छ। सल्यान डढेलो जोखिमको दोस्रो स्थानमा रहेको  छ। डढेलो नियन्त्रण सल्यानमा डिभिजन वन कार्यालय मातहत रहेका ८ सब डिभिजन स्तरमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको हो। कुल क्षेत्रफलको ६५.६८ प्रतिशत अर्थात् १ लाख २८ हजार २०५ हेक्टर क्षेत्रफल वनले ढाकेको छ। जिल्लाको अधिकांश वन सल्लाको मात्र भएकाले सल्यान डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले बताए। डढेलो नियन्त्रण गर्न स्थानीय सामुदायिक वन र उपभोक्तालाई नै धेरै जवाफदेही बनाउने उद्देश्यका साथ सञ्जाल गठन गरिएको गिरीको भनाइ छ। उनले भने, ‘डढेलो नियन्त्रणका लागि कार्यालयले काम गरिरहेको…

Read More

काठमाडौं – दरबारमार्गस्थित एउटा बिजुली पसलमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृतक ४४ वर्षीय सन्तकुमार मिश्र रहेका छन्। उनको आज दिउँसो १ बजे कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । बिजुली मर्मत गर्दा मिश्रको मृत्यु भएको बुझिएको छ। करेन्ट लागेलगत्तै प्रहरीले उनलाई अस्पताल पुर्‍याएको थियो।

Read More

काठमाडौँ– सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीको भाडा १० प्रतिशतले बढाएको हो । यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरूले सवारी साधनको भाडा बढाउन माग गर्दै आएका थिए । यसअघि गत असारमा पनि लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा २० देखि २८ प्रतिशतले वृद्धि गरिएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले २७ असारमा पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई…

Read More

काठमाडौं – पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको प्रस्तावमा राष्ट्रिय सभा विघटनलाई अनुमोदन गरेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको संविधानको धारा ५८(१) अन्तर्गत राष्ट्रिय सभा भंग गर्ने सिफारिसलाई स्वीकार गरेका हुन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतबार देशलाई सम्बोधन गर्दै आफूले राष्ट्रपति आरिफ अल्वीलाई संसद् भंग गर्न सिफारिस गरेको र जनताले अब चुनावको तयारी गर्नुपर्ने बताएका थिए । राष्ट्रियसभामा आफूविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका थिए । आइतबार उक्त प्रस्तावमा मतदान हुनुअघि संसद्का उपसभामुख कासिम सुरीले यसलाई असंवैधानिक भन्दै खारेज गरेका थिए…

Read More

दार्चुला – सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले दुर्गम गाउँपालिका पुगेर बजार अनुगमन गरेकी छन्। उनी नेतृतवको एक टोलीले सडक सञ्जालले नजोडिएको दुर्गम अपी हिमाल गाउँपालिकामा पहिलो पटक बजार अनुगमन गरेकोे बताइएको छ । उक्त गाउँपालिकाको सदरमुकाम खण्डेश्वरी बजार क्षेत्रका दुई दर्जनभन्दा बढी पसल अनुगमन गर्दा पाइएका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको सहायक प्रजिअ साउदले सारथी खबरलाई जानकारी दिनु भएको छ । अनुगमनका क्रममा म्याद नाघेका मिठाई, गुँद पाप्पड, जुस, सुपारी, सुजी मसाला भुजा, चाउचाउलगायत २४ थरी सामग्री बरामद गरिएको बताइएको छ । दुर्गम क्षेत्रमा म्याद नाघी समान ढुवानी हुने गरेको र उपभोक्ताले पनि म्याद नहेरी सामान खरिद बिक्री…

Read More