धनगढी : केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा रहेका व्यवसायी अरूण चौधरी र अजितनारायण सिंह थापालाई चिरायु अस्पताल लगिने भएको छ। बिहीबार पक्राउ परेका उनीहरूलाई प्रहरीले जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनीहरूलाई नियमित जाँचका लागि चिरायु अस्पताल लग्न लागिएको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। ‘नर्मल चेकअप चिरायुमा हुन्छ। हामी त्यहीँ लग्छौं,’ उनले भने, ‘यो नियमित प्रक्रिया हो।’
Author: महेन्द्रनगर पोष्ट
धनगढीः सुदूरपश्चिममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि प्रहरीले धमाधम कारबाही गर्न थालेको छ। प्रहरीले आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पौष मसान्तसम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २ हजार ४२ जना र लागूपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने २५ जनालाई कारबाही गरेको छ। प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे चेकिङलाई प्राथमिकतामा राखेको छ। चालकले मापसे गरी सवारीसाधन चलाउँदा आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाएको छ। सीसीटीभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिएको छ। मापसे…
धनगढी : धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ । बिहीबार धनगढी रङ्गशालामा भएका फाइनल चरणका २ खेल सम्पन्न भए सँगै ‘सिसिएस प्लस टु’ कप फुटबलको सेमी फाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो । सिसिएस प्लस टु’ बी, र अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुल सिसिएस प्लस टु’ फुटबल कपको उपाधिका लागी भिड्ने छन् । फाइनल चरण अन्तर्गत आज भएको पहिलो खेलमा सिसिएस प्लस टु’ बी ले धनगढी स्थित त्रिनगर माध्यमिक विद्यालयलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधिका लागी आफूलाई उभ्याएको छ । प्रतियोगिताको सेमी फाइनल पुगेको त्रिनगर माध्यमिक विद्यालयले भने फाइनल चरणको…
धनगढी : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको दुई डीआईजीको विशेष दरबन्दी थप्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले साइबर ब्यूरो र केनाइमा दुई डीआईजीको विशेष दरबन्दी थप्ने निर्णय गरेको हो। यस्तै, एमटी र संगीत विद्यालयमा रहेको १(१ एसएसपी र एसपीका दरबन्दी जनपदतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको छ। योसँगै साइबर ब्यूरोका एसएसपी नविन्द अर्याल र केनाईनकी एसएसपी डा देउती गुरूङलाई डीआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले तयारी गरेको छ। हाल यी दुई ईकाइ प्राविधिक प्रहरीतर्फका एसएसपीको नेतृत्वमा रहेको थियो। अब प्रहरीमा एक एसएसपी र १० एसपी पद रिक्त रहेको छ।
धनगढी : दार्चुलामा १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता माघ २५ गते देखि संञ्चालन हुने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको प्रतियोगिता व्यवस्थापन निर्देशन समितिको बैठकले यस वर्षको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता महाकाली नगरपालिका–वडा ४ शिवनगर खेलमैदानमा संञ्चालन गर्ने निर्णय गरेको हो । प्रतियोगिता यहीँ माघ २५,२६ र २७ गते तीनदिन शिवनगर खेल मैदानमा आयोजना गरिएको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख श्यामराज अवस्थीले जानकारी दिए । जिल्ला खेलकुद विकास समितिले जिल्लाका सबै स्थानीय तहका विद्यालयहरुलाई पालिकास्तरमा छनोट भएका विद्यार्थी खेलाडीहरुलाई सहभागी गराइदिन आग्रह गरेको छ । प्रतियोगितामा खेलाडी पोषक र आ–आफनो स्थानीय तहको झण्डा अनिवार्य ल्याउन…
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बदमासलाई कारबाही नगरे कुर्सी छाड्ने बताएका छन् । बिहीबार एक टेलिभिजन कार्यक्रममा बोल्दै मुख्यमन्त्रीमा शाह कृषि भित्रको अनुदानको बेतिथिलाई रोक्ने र कारबाही गर्न नसके कुर्सी छाड्ने बताएका हुन । ‘अनुदानमा कतै बदमासी भएको छ भने सूचना दिनुहोला त्यो निकायलाई मैले कारबाही गर्नै सकिन भने यो कुर्चीमा बस्दिन उनले भने, ‘त्यो हिम्मत र साहसका साथ म आएको छु ।’ उनले सुदूरपश्चिममा विकासका थुप्रै कामहरू भइरहेको दाबी गरे । ‘पश्चिम सेती पञ्चेश्वर एसआर सिक्स अगाडी बढ्दै छ । पश्चिम सेतीमा टनेल निर्माण गर्न शिलान्यास गरेको छु । पञ्चेश्वरको काम पनि अगाडी बढेको छ ।…
धनगढी : बझाङ जिल्ला सदरमुकाम जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत जयपृथ्वी नगरपालिका ७ माल्लालाग्ने भिर नजिकै सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो। आज दिउँसो ३ बजेको समयमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । अहिले पहिरो पन्छ्याउन जेसिवि परिचालन गरिएको भएपनि पहिरो ठुलो भएकाले तत्काल बाटो खुल्ने सम्भावना छैन ।
धनगढी : सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियामा विक्री गरिएको नक्कली टीकट ठेलीको घटनालाई मिलापत्र गर्न खोजिएको भिडिओ संवाद बाहिर आएको छ। अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहराले महासचिव शंकर बोहरालाई रातिको समयमा फोन गरेर मिलापत्र गर्नुपर्ने भन्दै गरिएको संवाद बाहिरिएको हो। जिल्ला प्रहरी कार्यालय, धनगढीमा बुधवार महासचिव बोहरासहितका चार जनाका विरुद्ध जाहेरी दर्ताका लागि पुगेका बोहराले राति उनै महासचिवलाई फोन गरेर मिलापत्र गर्नुपर्ने बताए। फोनमार्फत अध्यक्ष कल्याण बोहराले भनेका छन्, ‘तिमि पनि केही नगर, मिलाउनुपर्छ, यसलाई, अन्यथा नलिनु, सेफ ल्यान्डीङ्का लागि गरेको हो।’ अध्यक्ष बोहराले पार्टीको केन्द्रबाट फोन आएको बताएका छन्। उनले अत्तरिया उद्योग वाणिज्य संघलाई बचाउन मिलापत्र गर्नुपर्ने समेत…
धनगढी: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियाेगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई हराएकाे छ। मूलपानीमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिमलाई ७८ रनले हरायो। पुलिसले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३७ ओभर १ बलमा १ सय २० रनमा अल आउट भयो। सुदूरपश्चिमका गजेन्द्र बोहराले सबैभन्दा धेरै ३० रन बनाए। पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ७ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको पुलिस ४७ ओभर ५ बलमा १ सय ९८ रन बनाउँदा अल आउट भयो। पुलिसका शङ्कर रानाले ४६ र दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए। सुदूरपश्चिमका शेर मल्लले ३ विकेट लिए। प्रतियोगितामा पुलिसको यो लगातार नवौँ जित हो। पुलिस यसअघि नै…
कञ्चनपुर: कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका-८ फुलेलीका ३२ वर्षीय शेरबहादुर ऐर रहेका छन्। २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनी बुधवार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। उनीविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ।