Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमले कार्यालय प्रमुख नपठाउँदा सामाजिक विकास कार्यालय डडेल्धुरा कार्यालय प्रमुख विहीन रहेको छ। सामाजिक विकास कार्यालय डडेल्धुराका निमित्त कार्यालय प्रमुख प्रयागराज जोशीको बझाङ सरुवा गरेको मन्त्रालय गत असोजदेखि कार्यालय प्रमुख नपठाएको हो। कार्यालय प्रमुख नहुँदा कार्यालयमा कार्यरत कर्मचारीले तीन महिनादेखिको तलब खान पाएका छैनन्। कार्यालयका अन्य कामकाज समेत ठप्प रहेको कार्यरत कर्मचारी बताउँछन्। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमले भने मन्त्रालयमा कर्मचारी नभएर समस्या भइरहेको जनाएको छ। डडेल्धुरामा आठौं तहको कार्यालय प्रमुख रहने व्यवस्था छ। मन्त्रालय स्रोतकाअनुसार डडेल्धुरामा कर्मचारी पठाउन अहिले मन्त्रालयले कर्मचारी खोजिरहेको छ।

Read More

काठमाडौं : महोत्तरीमा आफ्नै प्रहरी जवानलाई गोली हान्ने असइ निलम्बनमा परेका छन्। महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो। आइतबार अपराह्न असइ यादवलाई प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले निलम्बन गरेको कार्यालयका प्रवक्ता एसएसपी प्रविन पोखरेलले जानकारी दिए। कार्तिक ३० गते राति ११ बजे मारुवाही प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक असइ बच्चा यादवले प्रहरी जवान राजेश साहलाई गोली हानेका थिए। घुमुवाबाट उठाइएको रकम मागेका सिपाही साहलाई गोली हानेर घटना लुकाउने खोजेका थिए। सम्बन्धित समाचार :असइ बच्चाले आफ्नै सिपाहीलाई गोली हाने, उपचार गराउन भारत पठाए

Read More

काठमाडौं : केपी ओली कप टी–२० क्रिकेटमा मधेस प्रदेश विजयी भएको छ। आज बिहान पोखरामा भएको खेलमा मधेसले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५८ रनको सामान्य लक्ष्य पछ्याएको मधेसले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । मधेसका ओपनर अनिल शाहले २५ रनको विष्फोटक इनिङ खेले। ११ बल खेलेका शाहले ३ चौका र २ छक्का प्रहार गरे। इम्रान शेखले ९ बलमा १७ र पवन सराफले ५ बलमा अविजित १७ रन बनाए। बलिङमा सुदुरपश्चिमका गजेन्द्र बोहराले २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १५ ओभर ५ बलमा ५८…

Read More

बैतडी : बैतडीको पाटन नगरपालिका–८ खोड्पे बजारमा ग्लोबल आइएमई बैंकको एटीएम सञ्चालनमा आएको छ। सोमबार एक कार्यक्रमकाबीच डडेल्धुरा शाखा अन्तरगतको खोड्पे उपशाखाले खोड्पे बजारमा एटीएम सञ्चालनमा ल्याएको हो। ग्राहकहरूको सहजताको लागि एटीएम सञ्चालनमा ल्याइएको ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखाका प्रबन्धक प्रकाशदत्त भट्टले जानकारी दिए। बैतडी, बझाङ्ग र दार्चुलाको प्रवेश द्वारको रूपमा रहेको खोड्पे बजारमा एटीएम सेवा सञ्चालनमा आएसँगै ग्राहकलाई सहज हुने भट्टले विश्वास व्यक्त गरे। देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको एकमात्र बैंकको रूपमा रहेको ग्लोबल आइएमई बैंकले ग्राहकहरुलाई अत्याधुनिक सुविधा प्रदान गर्ने उद्धेश्यले एटीएम स्थापना गरिएको बैंकले जनाएको छ।

Read More

दैलेख : दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ। मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनकी श्रीमती सीता योगीले भाँडा प्रहार गरेपछि चोट लाग्न गई उनको मृत्यु भएको हो। श्रीमान्–श्रीमतीबिचको आपसी झगडा बढेपछि सीताले भड्डु प्रहार गरेको उनको भनाइ छ। ‘भड्डुमा ढिँडो पकाएको रहेछ। भीमले पहिला हात छाडेका रहेछन्, त्यसपछि श्रीमतीले पनि त्यही भाँडाले हिर्काएछिन्। टाउकोमा चोट लागेर धेरै रगत बगेपछि भीमको मृत्यु भयो,’ लम्सालले भने। सीतालाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

बैतडी : बैतडीमा जीप दुर्घटना भएको छ। जिल्लाको पाटन नगरपालिका–१० को ठाँटाबाट सिगास गाउँपालिका–३ तर्फ गइरहेको सु प प्र ०४००१च००४३ नम्बरको जीप सिगास गाउँपालिका –३ को डुँडै नजिक सोमबार बिहान दुर्घटनामा परेको हो। जीपमा चालक धर्म कुँवर मात्रै रहेका र उनी सकुशल रहेका प्रहरीले जनाएको छ। जीप सडकबाट करीब तीनसय मिटर तल खसेको छ। जीपमा भने पूर्ण क्षति पुगेको छ। ब्रेक फेल भएर जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । यात्रु लिनका लागि गइरहेको जीप दुर्घटनामा परेको उनले बताए।

Read More

काठमाडौं : नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि गत कात्तिक ११ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो। एक महिनाको अवधिमा सुनको मूल्यले पुनः रेकर्ड तोडेको हो। आज सुन प्रतितोला एक लाख १७ हजार चार सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा चार सय रूपैयाँ बढी हो। अघिल्लो दिन अर्थात् आइतबार तोलामा छ सय रूपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।…

Read More

पिथौरागढ: भारतको उत्तराखण्डस्थित पिथौरागढको वड्डामा भारतीय महिलाको हत्या भएको छ। सुवाकोटकी ६५ वर्षीया माधवीदेवी चिलकोटीको हत्या घटनामा नेपाली युवकमाथि भारतीय प्रहरीको शंका गरेको छ। सञ्चारमाध्यमका अनुसार ती महिलाको शव आइतबार बिहान कोठामा भेटिएको थियो। उनको घाँटी थिचेर हत्या गरिएको आशंका छ। ती महिला परिवारसँग भारतको राजधानी दिल्लीमा बस्थिन्। केही दिनअघि मात्रै उनी पिथौरागढ आएको खुलेको छ। भारतीय प्रहरीका अनुसार मृतक महिलाको पिढौरागढमा पनि घर छ। पिथौरागढको घर उनले मजदुरहरुलाई भाडामा दिएकी छन्। प्रहरीले मृतकको घरमा भाडामा बस्ने मजदुरसँग सोधपुछ गरिरहेको छ। घरको सीसीटीभी फुटेज पनि सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। सीसीटीभी फुटेजमा भाडामा बस्ने एक नेपाली युवक देखिएकाले…

Read More

कञ्चनपुर : कञ्चनपुरको क्यारिङ्गकर्ता आन्दोलित भएका छन्। भन्सार कार्यालय गडड्डाचौकीले भन्सार काटन् छाडेपछि उनीहरु आन्दोलित भएका हुन्। आइतबार क्यारिङ्गकर्ताले भन्सार क्षेत्रमा बिरोध प्रर्दशन गर्दै भन्सार काटेर समान ल्याउँछौँ भन्दा पनि नमानेपछि आन्दोलनमा उत्रिएको बताएका छन्। कञ्चनपुर भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्लेले साईकलमार्फत समान ल्याएर भन्सार प्रज्ञापन काट्न नपाउने नेपालभर नियम भएकाले रोकेको बताए।

Read More

डडेल्धुरा : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डडेल्धुरा आउने भएका छन्। ओली मंसिर १५ गते डडेल्धुरा आउन लागेको एमाले डडेल्धुराका प्रचार विभाग प्रमुख सुन्दर जैरुले जानकारी दिएका छन्। जैरुका अनुसार ओली डडेल्धुरा आउने भएपछि मंसिर १५ गते बिहान १० बजे जिल्ला सदरमुकाम बसपार्कमा सन्देश सभा कार्यक्रम राखिएको छ। बसपार्कमा हुने उक्त कार्यक्रममा उनले सम्बोधन गर्ने छन्। एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ यही मङ्सिर १४ गतेदेखि शुभारम्भ हुँदैछ। यात्राको शुभारम्भ ओलीले गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका जिल्ला कमिटी उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए। अध्यक्ष ओलीले मंसिर १४ गते झुलाघाटबाट बिहान ८ बजे नेपाली झण्डा झण्डोत्तोलन…

Read More