धनगढी: कैलालीमा झन्डै २० लाख मूल्य पर्ने चोरीको ब्रेजा कार बरामद गरिएको छ। गत २६ चैतमा भजनी नगरपालिका–५ लालबोझीमा प्रहरीले बा. प्र. ०१–०२६ च७९९४ नम्बर टासेको ब्रेजा कार शंकास्पद रुपमा फेला पारेको थियो। यातायात कार्यालयमा बुझ्दा उक्त नम्बरको कारको इन्जिन नम्बर र चेसिस नम्बर मेल नखाएको पाइएपछि कार चोरीको भएको पुष्टि भएको थियो। उक्त कारलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: धनगढीमा सुविधासम्पन्न होटेल सञ्चालनमा आएको छ। युवा व्यवसायी सुरेन्द्र पन्तले धनगढी उपमहानगरपालिका–२ स्थित भन्सार रोडमा ‘होटेल देव इन’ सञ्चालनमा ल्याएका हुन्। होटेलको संचालक सुरेन्द्र पन्तकी आमा डम्वरीदेवी पन्तले रिवन काटेर होटेलको उद्घाटन गरेकी हुन्। होटेलमा सुविधासम्पन्न १९ कोठाहरू छन्। होटेलमा चार वटा लग्जरियस रुम र बाँकी १५ वटा डिलक्स रुम छन्। होटेलको बाहिरी बनोट र सुविधासम्पन्न रुमहरूले बाह्य पर्यटकलाई पनि आकर्षित गर्ने संचालक पन्तको विश्वास छ। होटेलमा हल, डाइनिङ रेष्टुरेन्ट र बार रहेका छन्। होटेलमा लिफ्टको सुविधा छ। यस्तै, अन्डरग्राण्ड र बाह्य पार्किङको व्यवस्था पनि रहेको सञ्चालक पन्तले जानकारी दिए।
काठमाडौं: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अपराध अनुसन्धान समूहका प्रमुख समेत रहेका वरिष्ठ सई बासुदेव अवस्थीसहित ६१ जना इन्सपेक्टर बढुवाका लागि सिफारिस भएका छन्। नेपाल प्रहरीका ६१ जना वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई)लाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस गरिएको हो। आइतबार साँझ बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ६१ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो। यस अगाडि बढ्दो चलखेलका कारण बढुवा प्रभावित हुँदै आएको थियो।
धनगढी: दार्चुलामा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–५ सैकेबगर स्थित कुलेश्वर नौगाड सडकखण्डमा बा३ क ३०९९ नम्बरको ट्याङकरको ठक्कर दिदा सोही ठाउँका ५५ वर्षीय हरीसिह एैरको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो। चालक संखुवासभा घर भएका सुरत तामाङ र ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनगढी: कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने अन्दाजी २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर मृत्यु भएको हो। कुँवरलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेको हो। घाइते भएकी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएपछि डाक्टरले मृत घोषणा गरेका थिए। उक्त घटनामा विमलाका तीन वर्षीय छोरा प्रजल कुँवर घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
धनगढी: कैलालीको गाेदावरी नगरपालिका-१ काे अत्तरियामा भेटिएको शवकाे पहिचान खुलेकाे छ। दुर्गा मन्दिरकाे पछाडि हत्या गरेकाे अवस्थामा बुधबार फेला परेकाे शव डडेल्धुराको अमरगढी नगरपालिका-७ का ३५ वर्षीय जगदीश कैनीको भएको खुलेकाे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार कैनीका दाजु रामले शवको सनाखत गरेका हुन्। उनकाे शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। परीक्षणपछि परिवारकाे जिम्मा लगाइनेछ। घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएकाे छ। प्रहरीले हत्या भएको भन्दै अनुसन्धान जारी राखेको जनाएको छ। स्रोतका अनुसार एकजना जनयुद्धका पूर्व लडाकुले आफ्नो पत्नीलाई गिद्दे नजर लगाउने गरेको भन्दै हत्या गरेको बयान दिएका छन्। तथापि उनले भनेअनुसार हत्यामा प्रयोग भएको सामग्री भने म्याच…
काठमाडौं: नेपाल प्रहरीका भूतपूर्व महानिरीक्षक प्रदीपसमशेर जंगबहादुर राणाको निधन भएको छ। जबराको गएराति ७८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदै छ।जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म नेपाल प्रहरीको महानिरीक्षक थिए। उनी नेपाल प्रहरीका १७ औँ महानिरीक्षक हुन्। केही समययता उनी गम्भीर बिरामी थिए।
धनगढी: सुदूरपश्चिम प्रदेश कराते महासंघको आयोजनामा धनगढी रंगशालामा सञ्चालन भएको ‘प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता २०८१’ शनिबार सम्पन्न भएको छ। चैत्र २७ गतेदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका करिब ७०० कराते खेलाडीहरू, ५० जना रेफ्री, प्रशिक्षक तथा व्यवस्थापकसहित ८०० भन्दा बढीको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कैलाली जिल्लाले २५ स्वर्ण पदक सहित प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै कञ्चनपुरले १८ स्वर्ण पदकसहित दोस्रो स्थान प्राप्त गर्यो भने अछाम जिल्ला ३ स्वर्ण पदकसहित तेस्रो स्थानमा रह्यो। कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका थिए। उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त र नेपाल कराते महासंघका संस्थापक अध्यक्ष दावा…
काठमाडौं: सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले उपसचिव र अधिकृत सातौं तहका पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले खुला र बढुवा प्रतियोगितामार्फत् पदपूर्तिका लागि विज्ञापन खुलाउँदा पहिलोपटक थारू कोटा पनि छुट्याएको छ। आयोगले लेखा समूहको उपसचिव पदका लागि ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि २ जना र कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि ३ जनाका लागि विज्ञापन खुलाएको छ। यसैगरी खुला तथा समावेशीमार्फत् गरिने पदपूर्तिका लागि ४ जनाका लागि विज्ञापन खुलेको छ। यसैगरी लेखा र शिक्षा सेवा तर्फका अधिकृत पदका लागि ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि अप्राविधिकतर्फ ११ जना, कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि १४ जना र प्राविधिकतर्फ…
धनगढी: धनगढीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले एक लाखभन्दा बढी नगदसहित १३ जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–३ स्थित भाटभटेनी सुपरमार्केट नजिकै रहेको सुप रेष्टुरेन्ट एण्ड लज मा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मार्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। कैलालीका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय खडक कुँवरसहित धनगढी–३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षीय नवीन थापा, ३० वर्षीय मनोज चन्द, झलक रावल, धर्म रोकाया, मिनबहादुर चन्द र घोडाघोडी नगरपालिका–२ का ४१ वर्षीय दुर्गा अधिकारी रहेका छन्। त्यस्तै, बझाङको छविस पाथिभेरा गाउँपालिका–२ का ३८ वर्षीय उधव कठायत, सुर्य कठायत, धनसिंह…