Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर: सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न (चामल) निर्यात गरिरहेको छ। सुदूरपश्चिमका पहाडी जिल्लाका डिपो र बिक्री केन्द्रका लागि चालु आर्थिक वर्षको सुरुको कोटा ४० हजार क्विन्टल चामल रहे पनि चालु आव सुरु भएको दुई महिना बितिसक्दा पनि चामल ढुवानीको ठेक्का प्रक्रिया सकिएको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख इन्जिला बस्नेतले चामल पठाउनका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको जनाउँदै हाल पछि स्वीकृत हुने र भाडा दिनेगरी आवश्यक जिल्लामा चामल पठाउने काम जारी रहेको बतए। कैलाली र कञ्चनपुरमा धान खरिद गरी पहाडी जिल्लामा चामल…

Read More

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले शिक्षक आन्दोलनका कारण विद्यालय नै बन्द नगर्न आग्रह गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलन प्रति ऐक्यबद्धता रहेको जनाउदै विद्यालय नै बन्द नगर्न आग्रह गरेको हो। शिक्षकहरुले उठान गरेका जायज मागहरुप्रति गाउँपालिकाको समर्थन रहेको भएपनि विद्यालय नै बन्द गरी गरिने आन्दोलनले बालबालिकाहरुको नियमित पठनपाठनमा बाधा पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ। 

Read More

एजेन्सी: एक ३५ वर्षीय युवकले ७० वर्षकी वृद्धासँग बिहे गरेका छन्। प्पाकिस्तानका ३५ वर्षका नईम शहजाद आफ्नो उमेरभन्दा दोब्बर महिलासँग प्रेममा परेका थिए। ७० वर्षीया मेरी क्यानडाकी थिइन्। उनीहरुको फेसबुकमार्फत भेट भएको थियो। दुवैजना मायाजालमा परेपछि अन्ततः उनीहरूले लगनगाठो कसेका छन्। दुवैले लगातार ३ वर्ष एकअर्कालाई बुझेका थिए।

Read More

बाजुरा : शिक्षकहरुको आन्दोलनका कारण बाजुराका ५४ हजार बालबालिकाको पढाई प्रभावित भएको छ । शिक्षकहरू आन्दोलित भएपछि बाजुराका सामुदायिक विद्यालयहरु बन्द गरेपछि बालबालिकाको पढाई प्रभावित भएको हो। शिक्षकहरु आन्दोलन गर्न काठमाडौंँ गएपछि विद्यार्थीहरू निराश हुदै घर फर्किएका छन्। सामुदायिक बिद्यनलयहरूमा केही शिक्षकहरु बाहेक कोही छैनन्। कक्षाकोठामा विद्यार्थीलाई पढाउन छाडेर देशभरका शिक्षकहरु आन्दोलित हुँदा सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । जिल्ला सदरमुकाम मार्तडी स्थित मालिका मावि, बालमन्दिर लगायत जिल्लाभरका २ सय ३९ सामुदायिक विद्यालय सुनसान बनेका छन् । सरकारले संसदमा प्रस्तुत गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध शिक्षक, विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन । सो प्रस्तावित…

Read More

काठमाडौँ: शिक्षक आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। काठमाडौंको थापाथली, माइतीघर, सिंहदरवार, नयाँ बानेश्वर लगायतका क्षेत्रमा सवारी आवागमन ठप्प भएको हो। शिक्षा विधेयकको विरोधमा बुधबारदेखि थालिएको प्रर्दशन बिहीबार समेत जारी छ। बुधबार शान्तिपूर्ण रूपमा उत्रिएका शिक्षकहरू बिहीबार भने केही उग्र देखिएका छन्। आन्दोलनका कारण काठमाडौँका सबैजसो स्थानमा सुस्तरुपमा सवारीसाधन गुडेका छन्।

Read More

काठमाडौं: काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डाइभर्ट गरिएको छ। बिहान पौने ९ बजे उडेको विमान नवलपरासी पुगेपछि समस्या देखिएको थियो। त्यसपछि चालकले उडान नम्बर एसएचए ४३१ विमानलाई उडेको २५ मीनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ फर्काएका थिए।

Read More

बैंग्लुरु: भारतको बैंगलुरुमा निसास्सिएर ४ जना नेपाली कामदारको मृत्यु भएको छ। डोडाबेलाभांगालामा अवस्थित एक पोल्ट्री फर्ममा काम गर्ने एकै परिवारका ४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ६० वर्षीय काले सरेरा, ५० वर्षीया लक्ष्मी सरेरा, ४० वर्षीया उषा सरेरा र १६ वर्षीया फूल सरेरा रहेका छन्। केही हप्ता अघि मात्र नेपालदेखि त्यहाँ पुगेका उनीहरु पोल्ट्री फार्म नजिकै एउटा सानो झुपडीमा बस्दै आएक थिए। त्यहाँ उनीहरूले टिनको भाडामा काठ बालेर लामखुट्टे भगाउन धुवाँ पारेका थिए। तर, उक्त झुपडीमा भेन्टिलेसन राम्रो नभएका कारण अक्सिजनको कमी उनीहरूको मृत्यु भएको जानकारी दिइएको छ।

Read More

धनगढीः कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिकास्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने पक्राउ परेका हुन्।  आक्रमणमा परेका अहेब नरेन्द्रप्रसाद गैरेको जाहेरीपछि बुधबार रामबहादुर खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। खड्कामाथि प्रहरीले दुर्व्यवहारको मुद्दा चलाएको छ। बिहिवार म्याद थप गरिएको प्रहरीले बताएको छ। मंगलबार राति स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा बिरामीको उपचार गरिरहेका अहेव नरेन्द्रप्रसाद गैरेमाथि हातपात भएको थियो। राति साढे ११ बजे डयुटीमा रहेको अवस्थामा आफूमाथि कुटपिट भएको भन्दै पीडित स्वास्थ्यकर्मी गैरेले प्रहरीमा उजुरी दिएका थिए। 

Read More

बैतडी: भारतको दिल्लीमा काम गर्दै आएका बैतडीका एक युवकले आफैलाई चक्कु प्रहार गरेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ मड घर भएका अन्दाजी २५ वर्षीय सुरेन्द्र धामीले चक्कुले आफ्नै घाँटी रेटेका हुन्।  चक्कुले घाँटी रेटेपछि उनी गम्भीर घाइते भएका र उनको दिल्लीस्थित जेपी हस्पिटलमा उपचार भइरहेको छ।  उनले आफैलाई आफूले किन चक्कु प्रहार गरे भन्ने कुरा खुलेको छैन्।

Read More

काठमाडौं: अस्ति राति कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीमाथि ड्युटीमै रहेका बेला हातपात भयो। बिरामीको उपचारमा खटिएका अहेब नरेन्द्र प्रसाद गैरेको घाँटी नै च्यापेको सीसीटिभी फुटेज सार्वजनिक भएको थियो। सोही घटनाको बिरोध गर्दै स्वास्थ्यकेन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले दोषीलाई कारबाही नभएसम्म आज असोज ४ गतेदेखि आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाहरु ठप्प पारेका छन्। ‘सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं। घाइते स्वास्थ्यकर्मीलाई शीघ्र स्वास्थ्य लाभको कामना,’ उनीहरुले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ। आफ्नो न्यायका लागि लडिरहेका स्वास्थ्यकर्मीले सेवा ठप्प पारेका बेला नेपाली कांगेसले भने हातपात गर्ने रामबहादुर खड्काकै पक्ष लिंदै विज्ञप्ति निकालेको छ। नेपाली कांग्रेस बेलौली नगर कार्यसमितिका सभापति पेपुराम चौधरी, प्रदेश…

Read More