Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : ललितपुरको बालकुमारीमा मन्त्रीको गाडी आगजनी गरेको घटनामा प्रहरीले ५४ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो बालकुमारी सडक खण्डमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि प्रहरीले ५४ जनालाई नियन्त्रणमा लिएको हो। इपिएसका परीक्षार्थीहरूले मन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए। एसपी कार्कीका अनुसार प्रहरीले अझै पनि घटनामा संलग्नको खोजी गरिरहेको छ। प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्यास र गोलीसमेत चलाएको थियो। बल प्रयोग गर्दा घाइते भएका एक जनाको इमाडोलस्थित किष्ट अस्पतालमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर…

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो। अदालतले दुबै पक्षलाई छलफलमा आउन समेत आदेश दिएको छ। गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै बिहीबार सर्वोच्चमा रिट दायर भएको थियो। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई गभर्नर नियुक्त गरिएको भन्दै अधिवक्ता दीपकराज जोशी, प्रताप सिंह ठकुरी, दामोदर तिम्सिना र यमप्रसाद भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका हुन्।…

Read More

दार्चुला : दार्चुलामा सडकबाट खसेर एक युवकको ज्यान गएको छ। शुक्रबार विहान ९ बजेतिर जिल्लाको अपि हिमाल गाउँपालिका-६ का १८ वर्षीय अशोकसिह धामीको ज्यान गएको हो। सिप्टी तपोवन सडकखण्डमा ग्वालेक निर्माण सेवा कम्पनीको बा ३ क ४१९८ नम्बरको स्काइभेटर हेल्परका रुपमा काम गर्दै आएका धामीको सडकबाट खसेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए। शुक्रबार बिहान सोही सडकमा हिँडिरहेका बेला अचानक लडेर धामीको घटनास्थलमै मृत्यु भएको भण्डारीले बताए। मृतक धामी सडकबाट ५ सय मिटर तल खसेका थिए। मृतकको शव लटिनाथ स्वास्थ्यचौकीमा राखिएको छ। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं : ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी एक जना घाइतेको अवस्था गम्भीर छ। प्रहरीको गोली लागेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो। ती प्रदर्शनकारीको आईसीयूमा उपचार भइरहेको पाटन अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीले बताए। यसअघि प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको सनाखत भएको छ। उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत रहेका छन्। राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। राउतको छातीमा निलडाम देखिएको चिफ अपरेटिङ अफिसर अमिश पाठकले बताए। राउतको शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो। अस्पताल पुर्‍याएपछि उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो।

Read More

काठमाडौं : ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो। मृतक पुरुष हुन्। तर, उनको पहिचान खुलिसकेको छैन्। किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याइएका एक पुरुष घाइतेको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे।

Read More

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जेलमा सहयोग गरेको उपलक्ष्यमा उपसचिव बसन्तराज पुरीले स्वकीय सचिवको उपहार पाएका छन्। पुरीले रेशम चौधरीलाई जेलमा सहयोग गरे बाफत भूमी व्यवस्था मन्त्री रन्जिता श्रेष्ठ चौधरीको स्वकीय सचिवको उपहार पाएका हुन्। पुरी डिल्लीबजार कारागारको जेलर हुँदा रन्जिताका श्रीमान रेशम सोही जेलमा थिए। सो समयमा उनले जेलभित्र सहज वातावरण बनाइदिनेदेखि भेटघाटमा पुरीले सहजीकरण गरिदिएका थिए। त्यही कारण रन्जितासँगको उनको राम्रो चिनजान भयो। त्यतीबेला सहयोग गरेबापत रन्जिताले पुरीलाई आफ्नो सचिवालयमा राखेकी हुन्। पुरी तीनै हुन्, जो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा लमजुङको सिडिओ बनेका थिए। तर, नारायणकाजीले तीन महिनामै उनलाई ताने। त्यसपछि…

Read More

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई गाडीबाट निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएको खुलेको छ। आफूलाई निकालेर गाडीमा आगो लगाइएको मन्त्री ज्वालाले बताएका हुन्। उनले आफूसहित दुईजना पिएसओ र चालक सकुशल निस्किए पनि मन्त्रालयका कागजात जलाएको बताए। ‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिए। हतारमा पनि थिएँ। बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ। मलाइ थाहा थिएन। उनीहरू आन्दोलन गरिरहेका थिए। प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ। हाम्रो गाडीलाई बीचमा पारिहाले। निशानामा हामी पर्‍यौं,’ उनले भने। रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले शुक्रबार मध्याह्न ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाइदिएका हुन्।

Read More

काठमाडौं : जागिरको प्रलोभन देखाएर मान्छे ठग्दै हिँड्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सल्ल्यानको कालिमाटी गाउँपालिका–२ कट्विरका भोला पुनलाई ठगीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। ६ जनाबाट ३ लाख ठगेको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनलाई त्रिवेणी गाउँपालिका–६ लुहामबजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। भोलाले कालिमाटी–२ टाट्केका सुशिल कुमार पुन, योगेन्द्र थापा, जनक केसी, सुरेश खत्री, नेत्रलाल केसी र महेश कुमार केसीलाई ृप्रहरी जवान र असईमा जागिर मिलाइदिने विश्वास दिलाएर प्रतिव्यक्ति ५० हजारका दरले ३ लाख असुली गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका उच्च पदस्थ अधिकारीसँग आफ्नो राम्रो सम्पर्क रहेको र पहिले पनि धेरै जनालाई जागिर लगाई सकेकाले शतप्रतिशत…

Read More

काठमाडौं : ललितपुरको बालकुमारी क्षेत्रमा जलाइएको गाडी भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको रहेको खुलेको छ। आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ। यद्यपि आगजनीबाट कुनै मानवीय क्षति भने भएको छैन। राजधानीको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेका हुन्। यसैबीच, बालकुमारीमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए।

Read More

काठमाडौं : ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले त्यहाँ आन्दोलन गरिरहेका छन्। उनीहरूले एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन्। बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्। ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले गाडीमा आगो लगाएको खबर आएपछि प्रहरी टोली घटनास्थल पुगेको जानकारी दिए।

Read More